काठमाडौं । निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सेचञ्जका अनुसार नेप्से ४९.१८ बिन्दुले ओरालो लागेर तीन हजार ४४.८६ बिन्दुमा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८.५७ बिन्दुले घटेर ५६२.८८ मा ओर्लेको छ । कूल २२७ कम्पनीको दुई करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर रु १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज वित्त उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर २१.८८ अङ्कले बढ्दा बैंकिङ ३०.०५, व्यापार ६२.१६, होटल तथा पर्यटन ३१.७१, विकास बैंक ५३.१९, जलविद्युत् ८९.२६, निर्जीवन बीमा २५३.०७, उत्पादन ३८.४८, अन्य ३६.६२, लघुवित्त ११५.२, जीवन बीमा ३०४.२, सामूहिक लगानी कोष ०.०६ र लगानी १.६३ बिन्दुले ओरालो लागेको छ ।
आइतबारको कारोबारपछि बजार पुँजीकरण रु ४२ खर्ब ५४ अर्ब ३२ करोड १९ लाख दुई हजार ८४६ बराबर कायम भएको छ । कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ बराबरको कारोबार भयो । अरुण काबेली पावर रु ८७ करोड नौ लाख २४ हजार ४८२, जीवन विकास लघुवित्त रु ७४ करोड ९२ लाख ४६ हजार १५९, आइसिएफसी फाइनान्स रु ३८ करोड २८ लाख २१ हजार १३२ र हिमालयन डिस्टिलरी रु ३४ करोड २१ लाख ९९ हजार ७२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै अरुण भ्याली हाइड्रोपावर ७।५६, जानकी फाइनान्स ६.९९ र सिभिल लघुवित्तका शेयरधनीले ६.३० प्रतिशतले कमाए । त्यसैगरी, रुरु जलविद्युत् परियोजना १०, सिंगटी हाइड्रोपावर ७.३५, गुर्खाज फाइनान्स ५.७४, सिइडिबी हाइड्रोपावर ५.२६ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ५.२४ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: