Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

निर्माण सम्पन्न भएको तीन वर्ष हुँदा समेत किन सञ्चालनमा आएन टेकु पुल ?

खबरडबली संवाददाता

काठमाडौं । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ । पप्पु कन्सट्रक्स प्रा.लि.ले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेको सडक विभागले बताउँदै आएको छ । पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा समस्या देखिएपछि विभागले अहिले सो पुलमा सवारीसाधन र यात्रुलाई हिँड्न दिएको छैन । 

उक्त पुल भत्काउन पनि रकम माग गर्ने योजना बनाइएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपाीले बताए । डिभिजन र निर्माण कम्पनीबीच विवाद भएपछि अहिले सो विषय कानूनी प्रक्रियामा छ । मुद्दा प्रक्रियामा रहेकाले अन्तिम सुनुवाइ पर्खिएको उनले बताए ।

 उनले भने, ‘व्यवसायी र डिभिजनको कुरा मात्रैभन्दा कानूनी झमेलामा फसेको विषय हो, निर्णय आउनासाथ अघि बढिनेछ ।’ अहिले हिँड्न र सवारीसाधन चल्न नदिइएको उक्त पुल कति भागसम्म भत्काउने वा कसरी बलियो बनाउने बनाउने भनी अहिले नै टुङ्गो लागिसकेको छैन । डिभिजन र निर्माण कम्पनीबीच जुन कुरामा विवाद भएको थियो त्यो टुङ्गो लागेपछि मात्रै विकल्पका बारेमा छलफल हुनसक्ने प्रमुख नेपालीले बताउनुभयो । सो मुद्दा अदालती प्रक्रियामा गएको एक वर्ष भइसकेको छ । उनले भने, ‘कोभिडका कारण नियमित सुनुवाइ नभएकाले टुङ्गो लागिसकेको छैन ।’

सो पुल निर्माणका लागि सरकारले २०६९/७० को ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले तीन वर्ष पहिले पुल सम्पन्न गरे पनि अहिले बन्द गरिएको छ । निर्माण सम्पन्न भएपछि केही समयसम्म पुल सञ्चालन गरिए पनि कम गुणस्तरको भएकाले बन्द गरिएको डिभिजनले जनाएको छ । अहिलेसम्म डिभिजनले सो पुलको जिम्मेवारी लिइसकेको छैन । ठेक्का तोडिएपछि सवारीसाधनलाई चल्न नदिने गरी बन्द गरिएको प्रमुख नेपालीले बताए ।

 जिम्मा लिएपछि पुलमा कुनै समस्या आउँदा त्यसको जिम्मेवारी आफ्नो हुने भए पनि अहिलेसम्म सो पुल निर्माण व्यसायीको जिम्मेवारीमा छ । तोकिएअनुसार (स्पेशिफिकेसन) अनुसार निर्माण नभएपछि पुल स्वीकार नगरिएको डिभिजनले जनाएको छ । पुल कति बलियो छछैन भन्दा पनि कसरी गर्ने सहमति भएको थियो त्यो अनुसार नभएको प्रमुख नेपालीले बताए ।

 यो क्षमताको हुनुपर्छ भनेको पुल त्योभन्दा केही कम क्षमताको भए पनि स्वीकार गर्न नसकिने उहाँको भनाइ छ । उनले भने, ‘२० टन बोक्न सक्ने हुनुपर्नेमा १९ मात्र बोक्नसक्ने क्षमता हुँदा त्यसले तत्काल काम त दिन्छ तर त्यो सम्झौताअनुसार हुँदैन ।’

अहिलेसम्म हेर्दा पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा मात्रै समस्या देखिएको छ । परामर्शदाता कम्पनीले अध्ययन गर्दा पनि माथिल्लो भागको जुन खण्डमा समस्या छ त्यो मात्रै भत्काए पुग्छ भन्ने राय दिएको डिभिजनले जनाएको छ । ‘सुपर स्ट्रक्चर’ को एउटा खण्ड बाहेक र त्योभन्दा तलको भागमा अहिलेसम्म समस्या भएको नपाइएको प्रमुख नेपालीले जानकारी दिए । 

उनका अनुसार पहिले नै इञ्जिनीयरले प्रमाणित गरेको भाग भत्काउनु पर्दैन । उनले भने, ‘अहिले समस्या देखिएको भाग भत्काउँदा अरु भागमा पनि समस्या छ भने देखिन सक्छ ।’ निर्माण कम्पनीले सम्पन्न भएको भने पनि डिभिजनले निर्माण कम गुणस्तरको भएको भन्दै स्वीकार गरेको थिएन । डिभिजनले स्वीकार नगर्ने भागको व्यवसायीलाई भुक्तानी असुल गर्न पर्दैन । 

देशभरमा एक हजारभन्दा बढी पुल निर्माणाधीन छन् । सडक बनिसकेका स्थानमा पुल नहुँदा सडक सञ्चालनमा आउन सकेको छैन । सङ्घीय राजधानी काठमाडौँको केन्द्रमा रहेको यो पुल भने सम्पन्न भएको वषौं बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । यस क्षेत्रमा हिँड्ने कतिपयलाई पुलका बारेमा थाहा छ भने थाहा नहुने बनिसकेको पुल किन चल्न नदिइएको भन्नेमा अन्योल हुने गरेका छन् । सोही कम्पनीले जिम्मेवारी लिएको तीन कुनेस्थित वाग्मती पुल पनि समस्याग्रस्त छ । पटकपटक अवधि थप हुँदा पनि निर्माण सम्पन्न नभएपछि विभागले पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत पुल निर्माण अघि बढाइरहेको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल जापानमा

जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो ?

बालुवामा सुनका कण भेटिनुको अर्थ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते

दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE