Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

यी स्मार्ट तरिकाले थाहा पाउनुस् आफ्नो आहारमा मिसावट त छैन

खानेकुरामा मिसावट स्वास्थ्यको लागि हानिकारक हुने गर्दछ । त्यसकारण यसबाट सावधान रहन जरुरी छ । तर, जानकारीको अभावमा हामी यसको पहिचान गर्न सक्दैनौं । आज हामी तपाईंलाई यस्तो तरिका बारे बताउँदैछौं जसलाई अपनाउँदा तपाईं आफ्नो घरमा बसेर नै यी मिसावट चिजको पहिचान सजिलै गर्न सक्नुहुन्छ । \"adulterated१. मिसावट आहारको पहिचानः आजकाल खानेकुरामा मिसावट निकै आम कुरा हो । एक सर्वेको रिपोर्टका अनुसार, नेपालमा खोलिएका जति खानेकुरा बिक्रि हुन्छन् तीमध्ये लगभग ६४ प्रतिशत खानामा मिसावट हुने गर्दछ । दुध, पनिर, चिया र तेलदेखि मसालामा मिसावट हुने गर्दछ । यो मिसावट स्वास्थ्यको लागि निकै हानिकारक हुनसक्छ । त्यसकारण यसबाट सावधान रहन निकै आवश्यक छ । तर जानकारीको अभावमा हामी यसको पहिचान गर्न सक्दैनौं । आज हामी तपाईंलाई यहि तरिका बारे जानकारी दिँदैछौं । \"tea२. चियाः बिहानको समय चियाको चुस्की लिन कसलाई मनपर्दैन र ? तर के तपाईंलाई थाहा छ, जुन चिया तपाईं पिउनुहुन्छ त्यो सिधै इलामको खेतबाट आउँदैन । त्यसकारण चियाको मिसावटको जाँच गर्नु निकै जरुरी हुन्छ । चियापत्ती चिसो पानीमा हाल्दा यदि पानी खैरो रङमा परिवर्तन भयो भने थाहा पाउनुस् तपाईंको चियापत्तिमा मिसावट छ । \"Frozen३. फ्रोजन मटरः हामी आफ्नो फ्रिजमा धेरैजसो फ्रोजन मटरको प्याकेट स्टक राख्दछौं । तर के तपाईंलाई थाहा छ, कुनै प्याकेटमा मेलाकाइट ग्रीन नामक डाई तत्व पाइने गर्दछ जसमा पेटसम्बन्धी गम्भीर रोग (अल्सर, ट्यूमर आदि) हुने खतरा रहन्छ । फ्रोजन मटरमा पाइने मिसावट जाँच गर्नका लागि मटरको एउटा दानालाई पानीमा राखेर आधा घण्टाको लागि छोडिदिनुस् । यदि पानी रंगीन हुन्छ भने त्यसमा मिसावट भएको बुझ्नुहोस् । \"Cinnamon४. दालचीनीः मसालाको रुपमा प्रयोग गरिने दालचीनीमा पनि मिसावट हुने कुरा तपाईंमध्ये धेरैलाई थाहा नहोला । हो, दालचीनीमा अम्बाको बोक्रा मिसाइएको हुन्छ  यदि तपाईं दालचीनीमा मिसावटको परिक्षण गर्न चाहनुहुन्छ भने यसलाई हातमा रगडेर हेर्नुहोस्, यदि यो शुद्ध हो भने तपाईंको हातमा रङ आउनेछ । \"turmeric५. पिनेको बेसारः खानामा बेसारको प्रयोग लगभग हामी सबै गर्छौं । तर बेसारलाई धेरै चम्किलो र राम्रो क्वालिटीको देखाउनको लागि यसमा लेड क्रोमेट मिसाउने गरिन्छ । यसले क्यान्सर, शरिरभित्र विष बन्नु, हृदय विकार र छालासम्बन्धी रोग हुनसक्छ । यसमा मिसावटको जाँच गर्नको लागि बेसारको धुलोमा पाँच थोपा हाइड्रोक्लोरिक एसिड एचसीएल र पाँच थोपा पानी हालेर गर्न सक्नुहुन्छ । यदि बेसारमा गुलाबी रङ देखियो भने बेसार मिसावटी भएको भन्ने बुझ्नुहोस् । \"Apples६. स्याउः भनिन्छ, दिनमा एउटा स्याउ खाँदा तपाईं डाक्टरबाट टाढा रहनुहुन्छ । तर पालिस गरिएको स्याउ खाँदा यस्तो सम्भव हुँदैन । तर मैनले पालिस गरिरे ताजा देखाउने स्याउ तपाईंको स्वास्थ्यको लागि हानीकारक हुनसक्छ । स्याउमा मिसावट भएको छ छैन भन्ने थाहा पाउन निकै सजिलो छ । यसका लागि मात्र एउटा ब्लेड  लिनुहोस् र हल्का हल्का बाहिरी भाग खुर्कनुहोस्  । यदि त्यसमा सेतो पदार्थ निस्किए त्यो मैन भएको बुझ्नुहोस् । \"Black७. कालो मरिचः कालो मरिचमा पनि मिनरल ओइलको मिसावट हुने गर्दछ । कालो मरिचमा मिसावट भए नभएको सजिलै थाहा पाउन सकिन्छ किनभने मिसावट गरिएको मरिचको दानामा निकै चमक हुने गर्दछ र यसमा मट्टितेलजस्तो गन्ध आउने गर्दछ । \"Cumin८. जीराः जीरा दैनिक आहारमा प्रयोग हुने महत्वपूर्ण हिस्सा हो । तर यसलाई चारकोल डस्टले रंगाइएको हुन्छ । जिरामा मिसावटको जाँचको लागि थोरै जिरा लिनुहोस् र त्यसलाई राम्रोसँग माँड्नुहोस् । यदि जीरा कालो भएमा यो मिसावटको संकेत हो । \"red९. रातो खुर्सानीः खानामा पिरो स्वाद दिने रातो खुर्सानी पाउडरमा ईंट्टाको पाउडर प्रयोग गरिएको हुन्छ । यसमा मिसावटको जाँच गर्नको लागि पानीमा रातो खुर्सानी पाउडर हाल्नुहोस् । यदि पाउडर पानीमा तैरियो भने त्यसमा कुनै प्रकारको मिसावट नभएको बुझ्नुहोस्  यदि ईंट्टाको पाउडर पानीमा डुब्यो भने थाहा पाउनुस्, यसमा मिसावट छ । \"Milk१०. दूधः दूध बेच्ने मानिसले दूधमा पानी मात्र मिसाएर तपाईंलाई मुर्ख बनाउँदैनन्, उनीहरुले यसमा डिटर्जेन्ट र सिन्थेटिक मिल्क पनि मिसाउने गर्दछन् । दुधमा मिसावट थाहा पाउनको लागि १० मिलिलिटर दूधमा त्यतिमात्रामा नै पानी हाल्नुहोस् । यदि फिँज निस्कियो भने त्यसमा डिटर्जेन्ट हुनसक्छ । सिन्थेटिक दूध पत्ता लगाउनको लागि दूधलाई उमाल्नुहोस् । यदि तातो गर्दा पहेंलो रङ अथवा औंलाको बिचमा लिएर रगड्दा साबुनजस्तो महसुस भए त्यसमा सिन्थेटिक दुध हुनसक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending