काठमाडौँ । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्चाउन माग गरेको छ ।
परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै सच्याउन माग गरिएको हो । एशियाका अध्यक्ष यमप्रसाद अधिकारीले आयोगमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएकाले आयोगले नतिजालाई पुन:विचार गर्नुपर्ने बताए । उनले कोटाअनुसार विद्यार्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्नसमेत समस्या परेको बताए ।
पहिलोपटक आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णका लागि ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको थियो । जसले गर्दा यसपटक तोकिएको कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् ।
“आयोगले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई केन्द्रित गरेर ५० प्रतिशत ल्याउनेलाई मात्र उत्तीर्ण गराइएको छ”, उनले भने, “अन्य चारवटा विश्वविद्यालयले नर्सिङ तथा पारामेडिक्स पढाउँछन् उनीहरू सबैको हेरेर त्यही अनुपातमा बनाउनुपर्ने थियो । उत्तीर्ण प्रतिशत ५० राख्नु व्यवहारिक होइन ।” यसअघि त्रिवि, पूर्वाञ्चल विश्वविद्याल, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले आ–आफ्ना कलेजलाई मेडिकल शिक्षाका लागि प्रवेश परीक्षा दिने गर्दथे ।
पोखरा विश्वविद्यालयअन्तर्गतका नर्सिङ तथा पारामेडिक्स कलेजहरूको सङ्गठनका अध्यक्ष नवराज पाण्डे प्रवेश परीक्षाका कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यवहारिक नहुने बताए । उनले प्रवेश परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थी भारत र बङ्गलादेशमा जाने गरेको बताए । “नेपालमा नै पारा मेडिकलको शिक्षा हामी उपलब्ध गराउँदै आएका छौँ । तर यसपटक आयोग कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण गराएर धेरै विद्यार्थी भारत र बङ्गलादेशमा पढ्न गइरहेका छन्”, उनले भने, “उत्तीर्ण प्रतिशत घटाएर विद्यार्थीलाई नेपालमै पढ्न पाउने वातावरण बनाउनुपर्दछ ।”
आयोगले लिएको परीक्षामा कोटाभन्दा दुई हजार १८५ जना कम परीक्षार्थी उत्तीर्ण भएका थिए । ती विषयमा चार हजार ६८ कोटा भए पनि एक हजार ८८३ मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए । बिपीएचमा एक हजार ४२० कोटामा ५६५, बिएस्सी नर्सिङ एक हजार १०० मा ५०४, बी फार्मेसीमा ९०२ कोटामा ५४७ जना मात्रै उत्तीर्ण भएका छन् ।
यस्तै फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटामा ११४, बीएस्सी एमआइटी रेडियोग्राफीमा ७१ जना कोटामा ३५, बिएस्सी एमएलटी ४२५ कोटामा ११८ जना मात्रै उत्तीर्ण भएका छन् । नर्सिङग कलेज सञ्चालक केपी सिंहले परीक्षामा भएको त्रुटिकै कारण कम विद्यार्थी उत्तीर्ण भएको बताए । उनले अधिकांश परीक्षार्थी पारामेडिक्सतर्फको भएको र प्रश्न प्लस टुतर्फबाट सोधेकाले धेरै फेल भएको बताए । उनले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुन:विचार नगरे आफूहरूले कलेजको साँचो आयोगलाई बुझाउने बताए ।
उनले तत्काल पुन: परीक्षाको सम्भावना नभएको हुँदा कोटा पूरा हुने गरी यसपटकलाई परीक्षा दिइसकेका विद्यार्थीलाई नै पढ्न पाउने अवसर दिनुपर्ने बताए । पाँच विद्यार्थी सङ्गठनले आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षामा कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण भएको भन्दै पुन: परीक्षाको मागसमेत गरिसकेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: