तनहुँ । तनहुँमा भदौ १५ गतेसम्म अहिलेकै लकडाउनले निरन्तरता पाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सोमबार राति १२ बजेदेखि अन्त्य भएको निषेधाज्ञालाई १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । सोमबार बसेको बैठकले साविककै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
उनका अनुसार यस अगाडि बिहान ५ देखि १० बजेसम्म खुल्दै आएका खाद्यान्न तथा तरकारी पसल अब बिहान ५ देखि ११ बजेसम्म खुल्नेछन् । त्यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्दै आएकामा अब १२ बजेदेखि ६ बजेसम्म खुल्ने निर्णय भएको छ ।
सार्वजनिक तथा निजी सवारी साधनलाई जोर–बिजोर लागू गरिएको छ । जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछ । जिल्लामा बिहान ६ देखि साँझ ६ बजेसम्म सवारी सञ्चालनको अनुमति दिइएको छ ।
प्रशासन कार्यालयले अब जिल्लामा स्मार्ट लकडाउनको तयारी गरेको छ । स्थानीय तहमा कोभिड सङ्क्रमणको जोखिमलाई हेरेर स्थानीय तहको सिफारिसबमोजिम स्मार्ट लकडाउन गरिने बरालले बताए । “अहिले सबै ठाउँबाट तथ्याङ्क नआएकाले साविककै लकडाउनलाई निरन्तरता दिइएको छ, बीचमा स्थानीय तहले सिफारिस गरे सोहीअनुसार निर्णय हुन्छ”, बरालले भने ।
सरकारले गत साउन १५ गते जारी गरेर भदौ १ गतेदेखि लागू हुने गरी स्मार्ट लकडाउन कार्यविधि लागू गरेको छ । सङ्क्रमण, मृत्यु, अस्पतालको पूर्वाधार, जनस्वास्थ्य मापदण्ड कार्यान्वयनको अवस्थालाई हेरेर कार्यविधिमा चार रङमा विभाजन गरिएको छ । जसमा रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गर्ने कार्यविधिमा उल्लेख छ ।
सङ्क्रमितको सङ्ख्या ६५ प्रतिशतभन्दा माथि भए रेड जोन, ३१ देखि ६५ प्रतिशत भए एम्बर, १६ देखि ३० प्रतिशतमा भए पहेँलो सङ्केतमा सफ्ट लकडाउन, १५ प्रतिशतभन्दा कम भए हरियो अर्थात् मिनीमल लकडाउनको नियम ल्याइएको छ । तनहुँमा सोमबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३३३ रहेको छ । गत वैशाखयता तनहुँका चार हजार ९०५ जनामा सङ्क्रमण भएको छ भने चार हजार ४६६ जना निको भएका छन् । त्यस्तै १०६ जना सङ्क्रमितको मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...
श्रावण २८ गते, २०८३ - १६:५६
दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...
श्रावण २८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...
श्रावण २८ गते, २०८३ - १५:५३
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...
श्रावण २८ गते, २०८३ - १५:४९
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...
श्रावण २८ गते, २०८३ - १५:४३
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...



प्रतिकृया लेख्नुहोस्: