Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेपालमै अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि विदेश जान नपर्ने

खबरडबली संवाददाता

चितवन । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत यहीँ हुन थालेका हुन् ।
 
मुख्यरुपमा अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि भारतसहित विभिन्न देश जाने गर्दछन् । सबैभन्दा ठूलो सङ्ख्यामा भारतका दिल्लीलगायतका शहरमा बिरामी जाने गरेकामा पछिल्लो समय स्वदेशमै उपचार गर्ने प्रचलन बढेर गएको छ । कोभिडका कारण बाहिर जान सहज नभएपछि स्वदेशकै सुविधासम्पन्न अस्पताल र दक्ष चिकित्सकको खोजी हुन थालेको छ ।
 
निजी अस्पतालको छाता संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का महासचिव हेमराज दाहाल पछिल्लो समय विदेश उपचार गर्न जानेको सङ्ख्या घट्दै गएको बताउँछन् । सुविधासम्पन्न निजी अस्पताल र दक्ष जनशक्ति स्वदेशमै उपलब्ध हुने भएपछि बाहिर उपचार गर्न जानु नपरेको उनको भनाइ छ ।
 
सबैभन्दा बढी बिरामी जाने भारतमा हुने अधिकांश उपचार यहीँ हुने उनी बताउँछन् । उनले भने, “९५ प्रतिशतले अहिले नेपालमै उपचार गर्दछन् ।” विश्वमा दक्षिण एसिया र दक्षिण एसियामा नेपाल उपचारमा सबैभन्दा सस्तो भएको जनाउँदै उनले अस्पतालजन्य क्षेत्रमा रु तीन खर्बभन्दा बढी निजी क्षेत्रले लगानी गरिसकेको बताए।
 
अङ्ग प्रत्यारोपणमा नेपालमा सफलता मिलेकाले उनले मिर्गौला प्रत्यारोपण भारतमा भन्दा आधा सस्तोमा यही हुने गरेको जानकारी दिए । सरकारले निजी क्षेत्रलाई अत्याधुनिक उपकरण खरिदमा भन्सार र करमा छुट गरिदिएमा अझै गुणस्तरमा सुधार गर्न सकिने उनको भनाइ छ ।
 
उत्पादन भएको मुलुकबाट सोझै उपकरण ल्याउन पाएमा अस्पताललाई सहज हुने जनाउँदै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकेमा विदेशबाट यहाँ उपचारका लागि आउने बताए । उनले भने, “हामी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुँदै गएका छौँ ।” पहिलेदेखि नै बाहिर उपचार गरिरहेका अहिले पनि जाने गरेको भन्दै उनले नयाँ पिँढी कम मात्रै उपचार गर्न जाने गरेको बताए ।
 
ग्राण्डी इन्टरनेशनल अस्पतालका मेडिकल उपनिर्देशक एवं स्पाइनल विभाग निर्देशक डा विनोद बिजुक्छे स्पाइनलसम्बन्धी विश्वमा हुने जुनसुकै शल्यक्रिया र उपचार आफूले गर्न सक्ने दाबी गर्छन् । उनले भने, “हामीसँग आवश्यक आधुनिक उपकरण र दक्ष जनशक्ति छ ।” स्पाइनल सर्जन डा बिजुक्छेले मेरुदण्ड सिधा बनाउनेदेखि जटिल प्रकृतिका शल्यक्रिया आफ्नो नेतृत्वको समूहले गर्दै आएको बताए ।
 
उनले भने, “स्पाइनलसँग सम्बन्धित जुनसुकै शल्यक्रिया र उपचार अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने गरी हामीले गर्न सक्छौँ ।” यहाँ हुने उपचार भारतका कम अस्पतालमा मात्रै हुने उनको दाबी छ । भारत, थाइल्याण्ड, सिङ्गापुरलगायतका देशका अस्पतालमा पाइने स्वास्थ्य सेवा नेपालमै उपलब्ध हुने बिजुक्छेको भनाइ छ ।
 
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने भारतमा हुने सबै खालको उपचार यहीँ हुने बताउँछन् । नेपालबाट ६० प्रतिशत क्यान्सरका बिरामी र ४० प्रतिशत अङ्ग प्रत्यारोपणका बिरामी भारतलगायतका देशमा जाने गरेकामा पछिल्ला दिनमा यहीँका अस्पतालमा उपचार गर्ने गरेको उनले बताए । कतिपय व्यावसायिक संस्थाले कमिसनका नाममा बिरामी विदेश पठाउने गरेको उनको आरोप छ ।
 
उनले भने, “मैले फलानो देशमा यो अस्पतालमा उपचार गरेँ भनेर देखाउनका लागि विदेश जाने केही वर्ग छ ।” क्यान्सर रोगको पहिचान गर्ने पेटस्क्यान भित्र्याउन र सञ्चालनका लागि सरकारले सहजीकरण गरिदिएमा कुनै पनि बिरामी उपचारका लागि विदेश जान नपर्ने उनको भनाइ छ । आफ्नो मेडिकल कलेजमा राजधानी काठमाडौँदेखि विभिन्न जिल्लाबाट बिरामी आउने गरेका जनाउँदै उनले नेपालको शुल्कमा अन्यत्र कहीँ पनि उपचार सम्भव नभएको बताए । अङ्ग प्रत्यारोपणदेखि क्यान्सरको उपचार पनि नेपालमा सम्भव भएको जनाउँदै उनले सरकारले सरकारी र निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।
 
स्वास्थ्य र शिक्षामा निजी क्षेत्रको ठूलो लगानी भएकाले उपचार र स्वास्थ्य शिक्षाका लागि बाहिरिने ठूलो धनराशि रोक्न पनि राज्यले पहल गर्नुपर्ने उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending