काठमाडौँ- अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन तथा कोभिडकोे रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन सरकारी सक्रियता बढाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणलाई आज उहाँकै कार्यकक्षमा भेटेर समाजका सभापति गोविन्द खनाल नेतृत्वको प्रतिनिधिमण्डलले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ अलपत्र परेका सबै नेपाली नागरिकहरुको उद्धार र सकुशल नेपाल फिर्तीका लागि अन्य मुलुकहरुसँग समन्वय र सहकार्य गर्न तथा कोभिडको महामारीबाट जोगाउन सबै नेपाली नागरिकलाई यथाशक्य चाँडो खोपको व्यवस्था गर्न अनुरोध गरेको हो ।
साथै प्रमण्डलले आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन/निर्माण एवं भण्डारणलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि शीघ्र अनुमोदनका निम्ति आग्रह गरेको छ ।
प्रतिनिधिमण्डले गृहमन्त्रीसमक्ष १० बुँदे ध्यानाकर्षणपत्र प्रस्तुत गर्दै लागू औषध÷मदिरा दुव्र्यसन रोकथामविरुद्ध राष्ट्रिय अभियान सञ्चालन, सन् १९९७ मा जारी भएको मानवविरुद्ध लक्षित बारुदी सुरुङको प्रयोग, भण्डारण, उत्पादन तथा ओसारपसारमाथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धि तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधान अनुमोदन गर्न ध्यान आकर्षित गरेको छ ।
यसैगरी जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय संरक्षण अभियानलाई राज्यको उच्च प्राथमिकतामा पार्नुपर्ने र चुरेको चरम दोहनले मरुभूमिकरणको जोखिम बढाएकाले चुरे संरक्षणतर्फ विशेष ध्यान दिन पनि अनुरोध गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: