Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

प्रस्तावित रेल्वे लिकका जग्गाधनी आन्दोलित

खबरडबली संवाददाता

महोत्तरी । पूर्वपश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे विस्तार परियोजनामा परेको जग्गाधनी उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलित भएका छन् ।

महोत्तरीको बर्दिबास १ र १४ का जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । गत बुधबारमात्र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जग्गाको मुआब्जा (मूल्य) निर्धारण समितिले गरेको निर्णयमा उचित मूल्य नतोकिएको जग्गावालााको भनाइ छ ।

“हाम्रो जग्गा सात वर्षदेखि रोक्का राखेर कुनै कारोबार गर्न दिइएन, अहिले हाम्रो कुरा नै नसुनी समितिले हचुवा मूल्य तोकेको छ”, आज बर्दिबास रेल्वे जग्गा मुआब्जा पीडित सङ्घर्ष समितिले बर्दिबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा जग्गावालाा डाकराज पोखरेलले भने, “पाइने मुआब्जाले अर्को ठाउँमा घर ठड्याउन सक्ने त हुन पर्यो नि !” कार्यक्रममा जग्गाधनीले मूल्य पुनरावलोकन नगरिए आन्दोलनको विकल्प नहुने बताएका छन् ।

“हामी रेल्वे विस्तारको प्रस्तावित आआफ्नो जग्गामा भोलि (शनिबार) कालो झण्डा गाड्ने छौँ”, कार्यक्रममा बर्दिबास रेल्वे जग्गा मुआब्जा पीडित सङ्घर्ष समितिका संयोजक राजु खड्काले भने, “जग्गावालाालाई एकवचन सोधीखोजी र वास्ता नगर्ने मूल्य निर्धारण समितिको निर्णय हामीलाई मान्य छैन ।” बर्दिबासमा मूल्य निर्धारण समितिले तोकेको न्यूनतम  रु सात लाख र अधिकतम रु ८० लाख प्रतिकट्ठाको मूल्याङ्कनलाई क्रमशः रु २० लाख र रु एक करोड २० लाख पुर्याउन पर्ने सङ्घर्ष समितिको माग छ ।

दुवैतर्फ (पूर्वपश्चिम रेल र बर्दिबास–जनकपुर–जयनगर रेल्वे) को साझा स्टेसन र लिक विस्तारका लागि बर्दिबास १ र १४ मा ५९ बिघा जग्गा नेपाल रेल्वे कम्पनीले सात वर्ष पहिलेदेखि नै रोक्का राख्दै आएको छ । मुआब्जा तोक्न सात वर्ष लगाउने निर्धारण समितिले अहिले जग्गाधनीलाई वास्तै नगरी रातारात हतारमा हचुवाको भरमा निर्णय गरेको बर्दिबास–२ का वडाध्यक्ष अभिराम प्याकुरेलले बताए । मूल्य निर्धारण समिति, नेपाल रेल्वे कम्पनी र सरकारले भर्खरै तोकिएको मूल्य पुनरावलोकन गरिदिनु पर्ने प्याकुरेलको भनाइ छ ।

सङ्घर्ष समितिको मागमा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापा र बर्दिबास–१ का  वडाध्यक्ष चूडामणि पोखरेलले पनि समर्थन जनाए ।  यसैबीच जिल्लास्थित जग्गा मूल्य निर्धारण समितिले भने मुआब्जा बुझ्ने प्रक्रिया थाली सकेको छ । “समितिको निर्णयानुसार सम्बन्धित जग्गावालाालाई निर्धारित मूल्यअनुसारको दाबी गर्न गोरखापत्रमा सूचना प्रकाशित भइसकेको छ”,  समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भन्नुभयो, “अब यही प्रक्रियामा अघि बढ्नु सबैको हितमा छ ।” 

आफ्नै ठाउँमा हुने राष्ट्रिय महत्वको परियोजनामा स्थानीयले केही खप्ने र चित्त बुझाउने बाटोमा लाग्नु ठीक हुने भट्टराईको भनाइ छ । लामो समयपछि मूल्य निर्धारण हुँदा अब चैँ रेल्वे विस्तारको कामले गति लिन्छ भन्ने विश्वास पालेका सर्वसाधारण भने काम अल्झने चिन्ताले पिरोलिएका छन् । “खै अब त मुआब्जा विवाद टुङ्गियो, काम बढ्ला भनेको त उल्झन बाँकी नै रहेछ”, एक पाका व्यक्तिले भने, “काम बढाउने कुरामा अब झमेला नगरौँ, जग्गाधनी के भन्दैछन्, त्यो पनि हाकिमले सुनुन् ।”

बर्दिबासमा मुआब्जा निर्धारण ठीक नभएको जग्गाधनीले बताउन थालेपछि गत वर्ष नै मूल्य निर्धारण भएका किसाननगर र भङ्गहाका जग्गावाला पनि आन्दोलनतिर जोडिन थालेका छन् । “हाम्रा बस्तीका जग्गावाला पनि मूल्य कम भयो भन्दैछन्”, बर्दिबास–७ (साविक किसाननगर गाविस क्षेत्र) का वडाध्यक्ष फाल्गुण सुसलिङ मगरले भने, “अब हामी पनि यही आन्दोलनमा जोडिन पर्छ क्या रे !” किसाननगर र भङ्गहाको मूल्य निर्धारण समितिले एक वर्षअघि नै गरिसकेको छ । मूल्य निर्धारण भए पनि जग्गावालााले मुआब्जा दाबी भने गरेका छैनन् ।

बर्दिबासमा जग्गाको मूल्यबारे किचोला नसकिँदा बर्दिबास–जनकपुर–जयनगर रेल विस्तार परियोजनाको तेस्रो खण्ड (भङ्गाहा–५ स्थित बिजलपुरा स्टेसनदेखि बर्दिबाससम्म) को १८ किलोमिटर दूरीमा रेल लिक निर्माण कार्य अझै अन्योलमै पर्ने हो कि भन्ने यस भेगका सर्वसाधारणमा चिन्ता बढेको छ । यो परियोजनाको प्रथम खण्ड (जयनगरदेखि धनुषाको कुर्थासम्म) को ३४ किलोमीटर दूरीमा सबै निर्माण कार्य सम्पन्न भएर रेल सेवा सञ्चालनको तयारीमा छ  । 

त्यसैगरी दोस्रो खण्ड (कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ बिजलपुरा स्टेसनसम्म) को १७ किमी दूरीमा पनि लिक र पुलपुलेसा निर्माण भइसकेर परीक्षणको तयारीमा छ ।   सन् २०१४ मा भारतीय सरकारको रु सात अर्ब २० करोड अनुदान सहयोगमा थालिएको जयनगर–जनकपुर–बर्दिबास रेल्वे स्तरोन्नतिको काम सन् २०१९ मै सकिनुपर्ने तालिका थियो । यद्यपि यसबीचका आन्दोलन (मधेश आन्दोलन), प्राकृतिक विपत्ति (भूकम्प र बाढी) र जग्गा मुआब्जा प्रक्रिया नटुङ्गिँदा परियोजना सम्पन्न गर्न ढिलाइ भएको रेल विभागले स्वीकार गरेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending