Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

सभामुखमाथि यस्तो छ एमालेको आरोप

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेले सभामुख अग्‍नि सपाकोटाले निष्‍पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । उनीहरुले सभामुख निष्‍पक्ष नभइ पार्टी फुटाउन उद्धत रहेको आराेप लगाएका छन् । एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई तत्काल पदमुक्त गराउन निरन्तर दवाव दिए पनि त्यसमा सभामुख रमिते बनेको र उल्टै एमाले फुटाउन लागि परेको आरोप एमालेको छ । 

यसअघि सरिता गिरीको २४ घण्टा भित्र नै छिनोफानो र टोपबहादुर रायमाझी लगायतको ४८ घण्टा भित्र टुंग्याएका सभामुखले अहिले किन यति समय लिएको भन्दै यसमा एमालेले आफ्नो शक्ति प्रदर्शन गर्ने समेत उल्लेख गर्दै सचिवालयलाई संकेत दिएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमालेको हकमा निर्वाचन आयोगले पार्टी फुटाईसकेपछि मात्रै निर्णय लिन्छु भनेजसरी बस्नु भएको छ । त्यसरी बस्न उहाँलाई कानुन त मिल्दैन । पार्टी सिफारिस गरेपछि उहाँले त्यो बारबाही नगरी हुँदै हुँदैन । छनौट गर्ने अधिकार पनि छैन ।’ 

सचेतक भट्टराईले थप अघि भने, 'यतिबेला उहाँको शैली हेर्दा असहज देखिन्छ तर पनि हामी महाअभियोग लगाउने तर्फ छैनौँ । यो विषयमा उहाँ अघि नबढे संसद् चल्‍न भने दिने छैनौँँ । तर, अहिले नै महाअभियोगको बारेमा सोचेका छैनौ । उहाँले १४ जनालाई पदमुक्त गरिएको सूचना टाँस गर्नु पर्ने हुन्छ । त्यस्तो सूचना टास भएन भने हामी उहाँका विरुद्ध गतिविधि गर्नेछौ । त्यसमा बाध्य नपार्न सुझाउँछु ।’

सभामुखको दलप्रति गर्ने व्यवहार ठीक भएन भन्दै उनले भने,’ ‘कानुनमा दलको निर्णय बमोजिम सांसद् पद मुक्तिको निर्णय गर्नुपर्नेछ भनि उल्लेख भएकाले त्यसबाट भाग्‍न मिल्दैन । गर्ने वा नगर्ने छनौट नै छैन । उहाँले जसरी विलम्ब गर्दै हुनुहुन्छ त्यो हामीविरुद्धको षडयन्त्र हो । एमाले फुटाउने उहाँको  उद्देश्य हो । यो प्रकारको भूमिका सभामुखलाई सुहाउँने कुरै होइन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending