काठमाडौँ । नेकपा एमालेले सभामुख अग्नि सपाकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । उनीहरुले सभामुख निष्पक्ष नभइ पार्टी फुटाउन उद्धत रहेको आराेप लगाएका छन् । एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई तत्काल पदमुक्त गराउन निरन्तर दवाव दिए पनि त्यसमा सभामुख रमिते बनेको र उल्टै एमाले फुटाउन लागि परेको आरोप एमालेको छ ।
यसअघि सरिता गिरीको २४ घण्टा भित्र नै छिनोफानो र टोपबहादुर रायमाझी लगायतको ४८ घण्टा भित्र टुंग्याएका सभामुखले अहिले किन यति समय लिएको भन्दै यसमा एमालेले आफ्नो शक्ति प्रदर्शन गर्ने समेत उल्लेख गर्दै सचिवालयलाई संकेत दिएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमालेको हकमा निर्वाचन आयोगले पार्टी फुटाईसकेपछि मात्रै निर्णय लिन्छु भनेजसरी बस्नु भएको छ । त्यसरी बस्न उहाँलाई कानुन त मिल्दैन । पार्टी सिफारिस गरेपछि उहाँले त्यो बारबाही नगरी हुँदै हुँदैन । छनौट गर्ने अधिकार पनि छैन ।’
सचेतक भट्टराईले थप अघि भने, 'यतिबेला उहाँको शैली हेर्दा असहज देखिन्छ तर पनि हामी महाअभियोग लगाउने तर्फ छैनौँ । यो विषयमा उहाँ अघि नबढे संसद् चल्न भने दिने छैनौँँ । तर, अहिले नै महाअभियोगको बारेमा सोचेका छैनौ । उहाँले १४ जनालाई पदमुक्त गरिएको सूचना टाँस गर्नु पर्ने हुन्छ । त्यस्तो सूचना टास भएन भने हामी उहाँका विरुद्ध गतिविधि गर्नेछौ । त्यसमा बाध्य नपार्न सुझाउँछु ।’
सभामुखको दलप्रति गर्ने व्यवहार ठीक भएन भन्दै उनले भने,’ ‘कानुनमा दलको निर्णय बमोजिम सांसद् पद मुक्तिको निर्णय गर्नुपर्नेछ भनि उल्लेख भएकाले त्यसबाट भाग्न मिल्दैन । गर्ने वा नगर्ने छनौट नै छैन । उहाँले जसरी विलम्ब गर्दै हुनुहुन्छ त्यो हामीविरुद्धको षडयन्त्र हो । एमाले फुटाउने उहाँको उद्देश्य हो । यो प्रकारको भूमिका सभामुखलाई सुहाउँने कुरै होइन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: