Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

भीम आचार्यलाई प्रश्न : तपाईलाई मुख्यमन्त्री बनाउने आश्वासनपछि माधव नेपाललाई छाड्नु भएको हो ?

'व्यक्तिगत टकरावले एमाले जोगाउन सकिएन, अझै नसच्चिए ठुलो क्षति हुन्छ'

खबरडबली संवाददाता

२०५४ सालमा पार्टी विभाजनको मार खेपेको एमाले २४ वर्षपछि फेरि फुटेको छ । त्यतिबेला एमालेका महासचिव माधव नेपाल थिए भने उनलाई वर्तमान अध्यक्ष केपी शर्मा ओलीले बलियो साथ दिएका थिए ।

छिमेकी मुलुक भारतसँग भएको महाकाली सन्धि राष्ट्रघाति भएको आरोप लगाउँदै वामदेव गौतमको नेतृत्वमा, साहना प्रधान, सीपी मैनाली, राधाकृष्ण मैनाली, योगेश भट्टराई, रविन्द्र अधिकारीलगायत चर्चित नेताहरू समेतको ठुलो पंक्ति एमालेबाट अगल भएका थिए । 

तर, अहिले परिस्थिति फेरिएको छ । अध्यक्ष ओलीको कार्यशैली पार्टीको विधि, विधान, सिद्धान्त, पद्धति र आचरण विपरीत एकलौटी ढंगले अगाडि बढेको आरोप लगाउँदै तत्कालिन महासचिव माधव कुमार नेपालले नै बुधबार ओलीसँग विद्रोह गरी नेकपा एमाले (समाजवादी) पार्टी गठन गरेका छन् ।

विघटित नेकपामा रहँदै रोपिएको विभाजनको आगो सर्वोच्च अदालतले गत फागुन २३ मा एमाले ब्यूँताउँदा समेत निभ्न सकेन । परिणामस्वरुप झण्डै आधा शताब्दी देखिएको यी दुई शीर्ष नेताबीचको सहकार्य र संघर्ष बुधबारबाट औपचारिक रुपमा तिक्ततापूर्ण विछोड भएको छ । ओलीविरुद्धको संघर्षमा सुरूदेखि नै नेपाललाई साथ दिँदै आएका कार्यदलका सम्पूर्ण सदस्य अर्थात दोस्रो पुस्ता भनिएका सबैले अन्तमा नेपालको साथ छोडेका छन् । माधव नेपालका विश्वासपात्र भनिएर चिनिएका दोस्रो तहका हस्तिहरूले नै अप्ठ्यारोमा किन माधवको साथ छाडे ? एमालेको अव भविष्य के हुन्छ ? यसै विषयमा नेकपा एमाले सचिव भीमप्रसाद आचार्यसँग खबरडबलीका संवाददाताले गरेको कुराकानीका सम्पादीत अंश :

पार्टी एकताको पक्षमा तापाईंले अन्तिम समयसम्म गरिएको प्रयासको बाबजुद पनि एमाले विभाजन भयो, यसलाई कसरी लिनुभएको छ ? 
पार्टी फुट्नु दुभाग्य हो । यसले सकैलाई पनि फाइदा पुग्दैन । फुटले एमालेको तल्लो तहसम्म असर गरेको छ । राष्ट्रिय राजनीतिमा गम्भीर असर पर्ने देखिन्छ । तल्लो तहदेखि संघीय सरकारसम्म फुटले असर गर्छ । हामी निर्वाचनको सम्मुखमा रहेकाले चुनावमा ठुलो क्षति ब्यहोर्न सक्छ । त्यसैले हामी चिन्तित छौं ।

पार्टीभित्र दोस्रो पुस्ता भनिएका तपाईंहरूले एकताको नाममा कार्यदल स्तरको १० बुँदे सहमति गर्नुभयो । दुवै पक्षका कमिटीले उक्त सहमतिलाई अनुमोदन पनि गर्यो तर हातालाग्यो शून्य भयो, पार्टी कहाँ चुक्यो ? 
फुटाउनेले नफुटाई छोड्नि भनेपछि हामीले मात्र चाहेर के हुन्छ ? माधव नेपालका कारण पार्टी फुट्यो । उहाँको भूमिका पार्टी एकताभन्दा पनि फुटाउनतर्फ अग्रसर हुनुभयो । त्यसैले पार्टी फुट्यो । पार्टी एकतालाई जोगाउन अन्तिम अवस्थासम्म हामीले दुवै पक्षलाई दबाब दिएका थियौं । व्यक्तिगत टकरावले पार्टीलाई जोगाउन सकिएन । यसमा दुःख लागेको छ ।

तपाईंको विचारमा पार्टी फुट्नुमा सबै भन्दा दोषी अध्यक्ष केपी ओली हुन् वा माधव नेपाल ? 
पार्टीको एउटा जिम्मेवार अध्यक्ष भएपछि ओलीले सबैलाई मिलाएर राख्न सक्नुपथ्र्यो, त्यसमा अध्यक्ष चुक्नुभयो । माधव नेपाल पनि पार्टी निर्माणमा लामो समय नेतृत्व तहमै रहेका हुनाले उहाँ पनि पार्टी विभाजनको भागिदार हुन् । पार्टी फुट्नुमा जुनजुन तहका नेताले जिम्मेवारी लिएका छन्, त्यी सबैले विभाजनको जिम्मा लिनुपर्छ ।

कतिपयले दोस्रो पुस्ता भनिएका नेताहरूले माधव नेपाललाई ओलीविरुद्ध उक्साए र अन्त्यमा आएर साथ छोडे भन्ने आरोप छ नि ?
यसमा कुनै सत्यता छैन । कुनै कालखण्डमा  नेतृत्वलाई पार्टीको नीति, विधान, पद्धतिमा हिडाउन दबाब दिन माधव नेपाललाई साथ दिएको हो । पार्टी फुटाउने तहसम्मका लागि होइन । उहाँलाई हामीले साथ दिएको पार्टीभित्र न्याय र राम्रोका लागि हो । एजेण्डाका लागि हामी एक ठाउँ उभिएको हो । तर उहाँ पहिल्यैदेखि नै पार्टी विभाजनका साथ अगाडि बढ्नुभएको रहेछ । यसमा हाम्रो कुनै दोष छैन । उक्त आरोपमा कुनै सत्यता छैन । फुटका लागि हामी लडेका होइनौं । फुटको एजेण्डामा कुरा नमिलेपछि हामीले उहाँको साथ छोडेको हो ।

तपाई अब के गर्नुहुन्छ ? संस्थापन पक्षमै बस्नुहुन्छ कि नयाँ पार्टीमा जानु हुन्छ ? 
हिजो हामी जहाँ थियौं, अहिले त्यहीँ रहने हो । हामी एमालेमै छौं । पार्टी फुटाउन कसैसँग सम्झौता गरेको पनि होइन । यो सामूहिक नेतृत्वमा चलेको पार्टी हो । व्यक्तिगत टकरावमा कुरा नमिलेर पार्टी फुटाउनेहरूसँग सहमत हुने कुरा भएन ।

पछिल्लो समय एमालेका नेताहरू विधि, विधान र पद्धति भन्दा पनि अराजकता, भ्रष्ट्रिकरण, व्यक्तिगत स्वार्थ तथा अराजकतर्फ केन्द्रीत देखिन्छन्, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हैन, पार्टीभित्र एउटा नीति र विधिमा हिड्यो भने सबै कुरा व्यवस्थापन हुन्छ । त्यस विपरित व्यक्ति-व्यक्तिको स्वार्थमा हिड्यो भने पार्टी लथालिङ्ग दिशातिर जान्छ । यी कुराहरूमा पार्टी नेतृत्व चुकेको हुनाले आज समस्या आएको हो । अझै पनि सच्चिएर अघि नबढे पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने स्थिति आउन सक्छ ।

अघिल्लो चुनावमा तपाईंहरू एमाले र माओवादी पार्टीबीच तालमल र एकता गर्छौ, मुलुकमा आमुल परिवर्तन ल्याउँछौं भनेर भोट माग्नुभएको थियो । अब कुन मुख लिएर जनताकाबीच जानुहुन्छ ? 
यो बीचमा हामीले जति गल्ति गरेका छौं, जनतासँग माफ माग्नुपर्छ । जनतासामु हामीले जुन खालको कमिट्मेन्ट गरेका थियौं, त्यो पुरा हुन सकेन । त्यसमा हामीले माफि माग्नुपर्छ ।

तपाईंहरूको विगतको व्यवहार हेर्दा अब जनताले पत्याउने अवस्था छ ? 
जनताको जनादेशलाई हामीले विश्वासघात गरेका हौं । पार्टी नेतृत्व तहका व्यक्तिगत अहंकार र दम्भले पार्टीलाई विभाजनको अवस्थामा पुर्यायो । हामीसँग जनतासँग माफी मागेर जानुको विकल्प अरु के छ ?

आगामी चुनाव अघि पार्टी एकताको सम्भावना सकियो हैन त ? कि अझै पनि पार्टी एकताको डम्फु बझाउन छोड्नु भएको छैन ?
पार्टी एकता हुने नहुने प्रश्न होइन । हरेक चिजले एउटा कोर्स लिन्छ । औपचारिकरुपमा पार्टी नै विभाजन भइसकेपछि चुनाव यता पार्टी एकता सम्भव छैन । आगामी चुनावको परिणामले दुवै पक्षलाई पार्टी एकता गर्नुपर्ने बाध्यता सिर्जना हुन सक्छ । सम्भावना कायमै छ ।

माधव समूहका चर्चित नेतारुलाई रोक्न अध्यक्ष ओलीले विभिन्न पदको प्रलोभन पार्नुभएको भनिएको छ । बुधबारमात्रै उहाँले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएका छन् । यस्तै प्रदेश १ मा पनि तपाईलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएको भन्ने छ, यसमा कत्तिको सत्यता छ ? 
विल्कुल होइन । यसमा कुनै सत्यता छैन । पछि के निर्णय हुन्छ, त्यो छुट्टै कुरा हो । पार्टीको निती र सिद्धान्त मुख्य कुरा हो । हामीले हिजो कार्यकर्ता भेला गर्दा पनि यही कुरा प्रष्ट राखिएको थियौं । कार्यकर्ताकै म्याण्डेट अनुसार हामी अघि बढेका हौं । अहिले पनि हामी त्यसमै अडिक छौं । कार्यकर्ताकै रोडम्यापका आधारमा हामीले १० बुँदे सहमति गर्यौं । त्यो सम्भव नभएपछि पार्टीले यो परिणाम भोग्यौँ । हामी व्यक्तिको पछाडि लागेका होइनौं । नितीका पछाडि लागेका हौं । नितीका पछाडि नेताहरू लागेन भने सबै एक ठाउँमा हुँदैन  । अहिले त्यहि भएको हो । 

अन्त्यमा, आगामी दिनमा एमालेको भविष्य र पार्टीले गर्नु पर्ने तत्कालका कामहरू के के छन् ? 
नेतृत्वले पार्टीलाई  एकताबद्ध बनाएर जनताकोबीचमा जानुपर्थ्यो, त्यो स्थिति गुमायौं । अब  जनताकाबीच कमिकमजोरी स्वीकार गरेर जानुपर्छ । संगठन विस्तार गर्दै जानुपर्ने हुन्छ । जनताकाबीचमा जुन प्रतिबद्धता व्यक्त गरेका थियौं त्यसलाई इमान्दारीतका साथ पालना गर्नुपर्छ । नत्र जनताले माफी दिने पक्षमा छैनन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending