Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

टोखामा ५१ किलोमिटर सडक ढलान, ३१ किलोमिटर कालोपत्र

खबरडबली संवाददाता

काठमाडौं । टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो । 

नयाँ जनप्रतिनिधि निर्वाचित हुनुपूर्व विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले क्षति पुर्‍याएका संरचना पुन:निर्माण गर्ने चुनौतीसमेत थियो । नगरपालिकाले चार वर्षमा विभिन्न आठ सामुदायिक विद्यालयका ६० कक्षाकोठा पुन:निर्माण गरिसकेको छ भने एक हजार ५०० भन्दा बढी घर पुन:निर्माणका लागि रकम उपलब्ध गराइसकेको छ । 

मेलम्ची खानेपानी आयोजनालाई नगरपालिकाका जनतासमक्ष पुर्‍याउनका लागि जनप्रतिनिधिको अथक प्रयासमा १० किलोमिटर खानेपानीको पाइपलाइन विस्तार सम्पन्न गरिएको छ । वडा नं १ र २ बाहेक सबै वडावासीलाई मेलम्चीको खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ । 

नदी नियन्त्रणका लागि सात किलोमिटर रिटेनिङ वाल लगाउने काम सम्पन्न गरिएको र पाँच किलोमिटर ह्युमपाइप विस्तार गर्नाका साथै पाँच डिपबोरिङ खन्ने कामसमेत सम्पन्न गरिएको छ । नगरपालिकामा सानाठूला नौ पार्क बन्दैछन् । त्यसमा सात पार्कको निर्माण कार्य सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र वितरण, कृषकलाई चार हजार ७७३ फलफूलका बिरुवा वितरण, पशुपालक किसानलाई आवश्यक औजार वितरण, सहकारी सञ्चालकलाई आवश्यक तालिम प्रदान गरेको छ । 

नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत अधिकाशं सडकमा सडकबत्ती जडानको कार्यलाई सम्पन्न गरेको छ । नगर प्रमुख प्रकाश अधिकारी मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखाभर एक हजार ९२० बत्ती जडान गरेको र बाँकी बत्ती जडानको क्रममा रहेको बताउछन् । “दाहालगौँडादेखि कृष्णमन्दिर र ग्रिनल्याण्ड, सामाखुशीदेखि ग्राण्डी अस्पताल हुँदै झोरसम्म, गोँगबुचोकदेखि बानियाटार हुँदै भुतखेलचौरसम्म, नयाँ बसपार्कदेखि भत्केकोपुल, सामाखुशी खोलादेखि देउराली जनतासम्मको बाटामा सडक बत्ती जडान गरिसकेका छौँ”, नगरप्रमुख अधिकारी भन्छन् ।

नगरवासीको सुरक्षाका लागि नेपाल प्रहरीको सहकार्यमा विभिन्न ५७ मुख्य चोकमा सिसी क्यामरा जडानसमेत गगरिको छ । चार वर्षमा रु तीन करोड ४२ लाखमा मनोहर तीर्थ पुल निर्माण सम्पन्न गरेको सो नगरपालिकाले प्रशासनिक भवन, वडा नं ९ र ११ को भवन निर्माणलाई अगाडि बढाएको छ । 

यस्तै रु तीन करोड ६० लाखमा वौडेश्वर बालमैत्री पार्क तथा शौचालय निर्माण कार्य सम्पन्न गरेको नगरपालिकाले कल्की मन्दिर परिसर तथा पार्क, शहरी स्वास्थ्य केन्द्र भवन र लाम्पाखा पार्क तथा सामुदायिक भवन निर्माण गरिरहेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण दर बढेसँगै नगरपालिकाले चीनको नाग्छु शहरसँग भगिनी सम्बन्ध स्थापना गरि करोडौँ मूल्य बराबरका स्वास्थ्य सामग्री ल्याएर नागरिकको जीवनरक्षामा काम गरेको थियो । उक्त शहरबाट अहिले पनि सहयोग आदानप्रदान हुँदै आएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

सुनुवाइको लागि प्रस्तावित व्यक्तिको विवरणलाई समितिमा मात्रै सीमित नगरौँ: पद्या अर्याल

काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक ...

रास्वपाको निर्वाचन र लेखा आयोगमा पुरानै टिमलाई निरन्तरता, अनुशासन आयोगमा नयाँ नियुक्ति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग र लेखा आयोगमा पुरानै टिमलाई जिम्मेवारी निरन्तरता दिएको छ। पार्टी केन्द्रीय समितिको ब...

नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारको प्रतिबद्ध छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न आफू प्रतिबद्ध ...

कैलालीमा विद्यालयबाट फर्कने क्रममा बेपत्ता बालिकाको शव खोलामा फेला

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा फेला परेको छ। उनी विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएक...

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुस...

बाँकेका आठ स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु

बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...

क्रिप्टोकरेन्सी कारोबारबाट ट्रम्पको करिब १ अर्ब डलर आम्दानी

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...

त्रिशूली नदीमाथिको पुलको लट्ठामा हिँडिरहेका युवकको सकुशल उद्धार

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending