काठमाडौं । टोखा नगरपालिकाले चार वर्षमा ५१ किलोमिटर सडक ढलान सम्पन्न गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको उक्त नगरपालिकामा विसं २०७४ जेठ १० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि आएसँगै विकासले मुहार फेरेको हो । चार वर्षमा नगरपालिकामा ३१ किलोमिटर सडक कालोपत्र हुनाका साथै चार किलोमिटर सडक ग्राभेल गरिएको हो ।
नयाँ जनप्रतिनिधि निर्वाचित हुनुपूर्व विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले क्षति पुर्याएका संरचना पुन:निर्माण गर्ने चुनौतीसमेत थियो । नगरपालिकाले चार वर्षमा विभिन्न आठ सामुदायिक विद्यालयका ६० कक्षाकोठा पुन:निर्माण गरिसकेको छ भने एक हजार ५०० भन्दा बढी घर पुन:निर्माणका लागि रकम उपलब्ध गराइसकेको छ ।
मेलम्ची खानेपानी आयोजनालाई नगरपालिकाका जनतासमक्ष पुर्याउनका लागि जनप्रतिनिधिको अथक प्रयासमा १० किलोमिटर खानेपानीको पाइपलाइन विस्तार सम्पन्न गरिएको छ । वडा नं १ र २ बाहेक सबै वडावासीलाई मेलम्चीको खानेपानी पुर्याउने लक्ष्य राखिएको छ ।
नदी नियन्त्रणका लागि सात किलोमिटर रिटेनिङ वाल लगाउने काम सम्पन्न गरिएको र पाँच किलोमिटर ह्युमपाइप विस्तार गर्नाका साथै पाँच डिपबोरिङ खन्ने कामसमेत सम्पन्न गरिएको छ । नगरपालिकामा सानाठूला नौ पार्क बन्दैछन् । त्यसमा सात पार्कको निर्माण कार्य सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र वितरण, कृषकलाई चार हजार ७७३ फलफूलका बिरुवा वितरण, पशुपालक किसानलाई आवश्यक औजार वितरण, सहकारी सञ्चालकलाई आवश्यक तालिम प्रदान गरेको छ ।
नगरपालिकाले ‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत अधिकाशं सडकमा सडकबत्ती जडानको कार्यलाई सम्पन्न गरेको छ । नगर प्रमुख प्रकाश अधिकारी मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखाभर एक हजार ९२० बत्ती जडान गरेको र बाँकी बत्ती जडानको क्रममा रहेको बताउछन् । “दाहालगौँडादेखि कृष्णमन्दिर र ग्रिनल्याण्ड, सामाखुशीदेखि ग्राण्डी अस्पताल हुँदै झोरसम्म, गोँगबुचोकदेखि बानियाटार हुँदै भुतखेलचौरसम्म, नयाँ बसपार्कदेखि भत्केकोपुल, सामाखुशी खोलादेखि देउराली जनतासम्मको बाटामा सडक बत्ती जडान गरिसकेका छौँ”, नगरप्रमुख अधिकारी भन्छन् ।
नगरवासीको सुरक्षाका लागि नेपाल प्रहरीको सहकार्यमा विभिन्न ५७ मुख्य चोकमा सिसी क्यामरा जडानसमेत गगरिको छ । चार वर्षमा रु तीन करोड ४२ लाखमा मनोहर तीर्थ पुल निर्माण सम्पन्न गरेको सो नगरपालिकाले प्रशासनिक भवन, वडा नं ९ र ११ को भवन निर्माणलाई अगाडि बढाएको छ ।
यस्तै रु तीन करोड ६० लाखमा वौडेश्वर बालमैत्री पार्क तथा शौचालय निर्माण कार्य सम्पन्न गरेको नगरपालिकाले कल्की मन्दिर परिसर तथा पार्क, शहरी स्वास्थ्य केन्द्र भवन र लाम्पाखा पार्क तथा सामुदायिक भवन निर्माण गरिरहेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण दर बढेसँगै नगरपालिकाले चीनको नाग्छु शहरसँग भगिनी सम्बन्ध स्थापना गरि करोडौँ मूल्य बराबरका स्वास्थ्य सामग्री ल्याएर नागरिकको जीवनरक्षामा काम गरेको थियो । उक्त शहरबाट अहिले पनि सहयोग आदानप्रदान हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: