रसुवा । घरमाथिबाट आएको पहिराका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ ।
हिरोमा परेर गलानकी श्रीमती ३२ की कमला गलानको मृत्यु भएको छ। उनको शव पहिरोबाट बाहिर निकालिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए।
आमा कमला र कान्छी छोरी ८ वर्षकी सुकमाया गलानको शव फेला परिसकेको पाण्डेले बताए।
अर्की छोरी ११ वर्षीय शोविता गलान र छोरा ७ वर्षका आशिष गलान भने अझै बेपत्ता छन्। उनीहरू पहिरोमा परेको आशंकामा खोजी कार्य जारी छ।
सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिण दूरी पर ठूलोभोर्ले र धुसेनी गाउँको बिच भागमा उक्त घटना भएको हो । बेपत्ता रहेकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...
आषाढ़ १७ गते, २०८३ - १५:३३
काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक ...
आषाढ़ १७ गते, २०८३ - १५:१९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोग र लेखा आयोगमा पुरानै टिमलाई जिम्मेवारी निरन्तरता दिएको छ। पार्टी केन्द्रीय समितिको ब...
आषाढ़ १७ गते, २०८३ - १४:५१
काठमाडौं। सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न आफू प्रतिबद्ध ...
आषाढ़ १७ गते, २०८३ - १४:३६
धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा फेला परेको छ। उनी विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएक...
आषाढ़ १७ गते, २०८३ - १४:२८
काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुस...
आषाढ़ १७ गते, २०८३ - १३:५७
बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...
आषाढ़ १७ गते, २०८३ - १३:४५
न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...
आषाढ़ १७ गते, २०८३ - १३:३७
तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...



प्रतिकृया लेख्नुहोस्: