बलेवा । बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्दछन् । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् ।
उनले फार्ममा दिनको आठ घण्टा काम गर्नुपर्छ । त्यसरी काम गरेबापत आफूलाई चित्तबुझ्दो पारिश्रमिक पाएको उनले बताए । “घर नजिकै बाख्रा फार्म सञ्चालन भएर म दैनिक रुपमा काम गर्न थालेको ६ महिना भयो,” उनले बताए, “काम गरेअनुसार पारिश्रमिक पनि राम्रो नै पाइरहेको छु, काम पनि ठिकै छ ।”
उनको काम भनेको दैनिक रुपमा घाँस काट्ने, खुवाउने र चराउन लैजाने हो । गाउँमा आएर फार्म खोलेर राम्रो गरेको उनको भनाइ छ । “फार्म सञ्चालन गरेर हामीलाई त गाउँमा नै काम गर्न पाएका छौ,” उनले थपे, “गाउँमा बसिरहेकाहरुलाई रोजगारी मिलेको छ, यस्तै फार्महरु सञ्चालन भएपछि अरू थप विकासका कामहरु पनि सँगसँगै हुने भएकाले गाउँको विकासका लागि पनि धेरै राम्रो भएको छ ।”
उनीसँगै सो फार्ममा उनको श्रीमान् सरोज पनि काम गर्दछन् । उनको काम फार्ममा भएका सबैखाले काममा ध्यान दिनु हो । काम गर्ने समय आठ घण्टा भएपनि स्थानीय बासिन्दा नै भएकाले बेलाखबत अन्य काम पनि गरिरहनुपर्ने र भैपरि आउने काममा रेखदेख र सहयोग गर्नु परेको कोइरालाको भनाइ छ ।
सोही फार्ममा सात महिनादेखि काम गर्ने बनेपा नगरपालिका–१२ भैँसेपाटीका उमेश विष्टले सोही फार्ममा काम गर्दै आएका छन् । फार्म सुरु गरेदेखि नै काम गर्दै आएका उनले भने, “सुरु भर्खरै भएकाले उत्पादनभन्दा लगानी बढी देखिएको छ, यसलाई निरन्तर अगाडि बढाउने योजना छ, अरू संरचना बन्दैछन । ”
नजिकैको साथी भएकाले उनकै आग्रहमा त्यहाँ पुगेर काम गर्न थालेको विष्टको भनाइ छ । “त्यसअघि भैँसेपाटीमा नै पसल चलाइरहेकामा त्यसबाट राम्रो आम्दानी नभएर बसिरहेको अवस्थामा यता आएर काम गर्न थालेको हँु,” विष्टले भने, “पसल चलाउनुभन्दा फार्ममा काम गर्नु धेरै फाइदा भइरहेको छ ।”
रातिको समयमा सबै रेखदेख गर्ने काम उनले गर्दछन् । सो फार्ममा अहिले एक सयवटा बाख्रा पालिएको छ । अहिलेका लागि करिब २० वटा स्थानीय जातको बाख्रा, ३० वटा खसी र बाँकी बोयर जातको बाख्रा मात्रै रहेको फार्म रेखदेख गर्ने प्रमुख लक्ष्मण सापकोटाले बताए । विशेषगरी बोयर जातको बाख्रा उत्पादन गरी पालनका लागि बिक्री गर्ने उद्देश्यले सञ्चालन गरेको सो फार्ममा चार सय वटा बाख्रा पुर्याएपछि मात्रै बिक्री सुरु गर्ने योजनामा रहेको उनले सुनाए ।
काठमाडौँका सुवास अमात्यले त्यहाँ पुगेर जग्गा खरिद गरी करिब ६ करोड लगानीमा इलाम एग्रो फार्म प्रालि सञ्चालन गर्न थालेपछि स्थानीय बासिन्दासँगै बनेपा र रयाले विहाबरका युवाहरुले पनि त्यसैमा रोजगारी पाएका छन् । त्यसरी काम गर्ने मात्रै सो फार्ममा १० जना छन् जसमध्ये दुई गोरखाको, विहाबर र बनेपाको गरी तीन तथा बाँकी त्यहीँका स्थानीय बासिन्दा रहेकोमा विहाबरका लक्ष्मणले फार्मको सबै रेखदेख गर्ने जिम्मा पाएका छन् । अहिले सो फार्ममा बाख्रासँगै गाई र भैँसी दुईदुईवटा पाल्न सुरु गरिएको फार्मका लेखापाल नवराज सापकोटाले बताए ।
कृषि र पशुपालनको कामलाई व्यवस्थित ढङ्गले व्यावसायिकता प्रदान गर्ने उद्देश्यले सुरु गरेको फार्ममा बर्खाका कारण सामान ढुवानी गर्न र आवश्यक दाना लानसमेत समस्या भएको सापकोटाले बताए । ठाउँ उपयुक्त भएकाले सुरु गरेको फार्मलाई थप व्यवस्थित गर्न त्यहाँ पुगेको विद्युत् प्रसारण लाइनको क्षमता कम भएकाले दाना बनाउने मेशिन नचलेर थन्क्याउनु परेको बताउँदै त्यसका लागि वडा कार्यालय र विद्युत् प्राधिकरणसँग कुरा भइरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: