Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

बाजुरामा भाइरल ज्वरोका बिरामी बढे, पाँच वर्षमुनिका बालबालिका सबैभन्दा प्रभावित

खबरडबली संवाददाता

बाजुरामा भाइरल ज्वरोका बिरामी बढे, पाँच वर्षमुनिका बालबालिका सबैभन्दा प्रभावित
बाजुरा । जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए। गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र  अझै सङ्क्रमणदर नघटेको जनाइएको छ ।

उनले भने “बालबालिकामा देखिएको सङ्क्रमण दर वढ्दो , अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको छ ।” अनमी विष्णुकुमारी रावलले जिल्ला अस्पतालमा उपचार हुन नसकेका चार  बालबालिकालाई रिफर गरिएको जानकारी दिए  । 

मौसमी सङ्क्रमणजस्तो देखिए पनि ज्वरो र निमोनियाको सङ्क्रमणका बिरामी वृद्धिहुँदै गएको छ । अस्पतालमा दैनिक १५ देखि २० बिरामी उपचारमा आउने सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा १० भन्दा बढी बिरामी भर्ना भइ  उपचाररत छन् ।  खप्तड छेडेदह गाउँपालिका पनि  भाइरल ज्वरोका बिरामी बढेको आटीचौर स्वास्थ्यचौकीका इन्चार्ज रमेशबहादुर ओलीले जानकारी दिए । यसैगरी पूर्वी उत्तरी भेगको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीको सङ्ख्या बढेका छन् । 

एक सय देखि १०५ डिग्रीसम्म ज्वरो आएका र निमोनिया, खोकी र पखालाका कारण थला परेका बिरामी दिनप्रतिदिन धान्नै नसकिने गरी आउने गरेको जिल्ला अस्पतालका स्टाफ नर्स निशा रोकायाले बताउनुभएको छ । उनीहरुलाई अक्सिजनका सहयोगमा उपचार गर्ने गरेको उहाँले जानकारी दिए ।

ज्वरोका बिरामी सरकारी स्वास्थ्य संस्थामा मात्र नभई निजी मेडिकलमा पनि उल्लेख्यनीय मात्रामा उपचारमा आउने गरेका छन् । मार्तडी सञ्चालन भइरहेका निजी क्षेत्रको खप्तड फार्मेसीका अमरराज जोशीले  मेडिकलमा दैनिक ४० देखि ५० जना उपचार गर्ने गरेको बताउनुभयो । विद्यालय जाने बालबालिकाबाटै सङ्क्रमण फैलिएको उहाँको भनाइ छ ।

सङ्क्रमण दुई महिनादेखि पाँच वर्षमुनि उमेर समूहका बालबालिकामा बढी देखिए पनि १० वर्षसम्मका बालबालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालले चार वर्षयताकै जटिल सङ्क्रमण देखिएको पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा जानकारी गराइसकेको छ । एकै महिना धेरै सङ्ख्यामा बालबालिका बिरामी भएर उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना हुनु निकै जोखिम र खतराको अवस्था देखिएको अस्पतालका प्रमुख डा जोशीको तर्क छ । 

जिल्लामा गत साउन दोस्रो सातादेखि सङ्क्रमण फैलिएको हो । कोरोना जाँचमा नेगेटिभ देखिए पनि लक्षण सबै कोरोनासँगै मिल्ने गरेकाले थप जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ । अस्पतालले समयमै बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याउन र उपचारमा ध्यान दिन सार्वजनिक अपिलसमेत गरेको छ । सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने, खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

सङ्क्रमणलाई नै मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयले यही भदौ १ गतेबाट निषेधाज्ञालाई थप कडाइ गरेको छ । बजार क्षेत्रमा मास्कबिना हिँडडुल गर्न र बिना काममा  भीडभाड गर्ने कार्य रोक्न प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending