काठमाडौँ । नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूपू गोर्खाको सम्बन्धमा २०५५ र २०७७ सालमा सरकारलाई महत्वपूर्ण सुझाव दिएको तर त्यसबारेमा अहिलेसम्म जवाफ नआएको बताए ।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले १० दिनदेखि समान कामको असमान ज्यालालगायतका विषयमा आफ्ना माग राखेर गोर्खा भूपू सैनिक आमरण अनशनमा बसेको हुँदा उनीहरुको कामको योगदानको कदर गर्दैै माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । सांसद मोहनप्रसाद पाण्डेले पूर्व गोर्खाको शिर उच्च बनाउन भूमिका खेलेको हुनाले उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भाषा परीक्षा पास गरेका नागरिकलाई दक्षिण कोरिया जाने व्यवस्था मिलाउन आग्रह गरे । कांग्रेसका रामबहादुर विष्टले अछाममा भारी वर्षाका कारणले विस्थापित भएका परिवारको उद्धार र उपचारमा ध्यान दिन सरकारसँग माग गरे । उनले पहिरोका कारण बस्ने ठाउँ नै नभएको र गाउँ नै छाडेर जानुपर्ने भएको हुनाले ठूलो समस्या परेको जानकारी गराउँदै पालमा बसेकालाई हातमुख जोड्न धौधौ भएको बताए ।
नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भूमि आयोगलाई व्यवस्थित बनाइ भूमिहीन, सुकुम्बासीको समस्याको समाधान गर्नुपर्ने र त्यसका लागि विगतको सरकारले गठन गरेको आयोगले स्थानीय तहसँग मिलेर गरेको कामलाई मान्यता दिन आग्रह समेत गराए ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादवले अफगानिस्तानमा अलपत्र परेका नेपालीको अवस्था सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानकर्षण गराए ।
नेमकिपाका पे्रम सुवालले वाग्मती सरसफाइ अभियानअन्तर्गत अर्बौ खर्च भए पनि फोहरमैला व्यवस्थापन अहिलेसम्म नभएको बताए । उनले भू–माफियाले जथाभावी डोजर चलाएर वनजङ्गल, खोलानालासमेत मासेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
एमालेका प्रेमप्रसाद तुलाचनले अफगानिस्तानमा रहेका नेपालीको समस्याबारेमा परराष्ट्र र श्रममन्त्री तत्काल नियुक्ति गरी उनीहरुको उद्धारका लागि काम गर्नुपर्ने माग गराए । नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले सरकारले अफगानिस्तानमा रहेका नागरिकको अवस्था पत्ता लगाइ तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । एमालेका महेश बस्नेतले सूर्यबिनायक–धुलिखेल सडक विस्तारका लागि विगतको सरकारले छुट्ट्याएको बजेट सरकारले हटाउन लागेकोप्रति आपत्ति व्यक्त गर्दै उक्त कार्य नगर्न सरकारको ध्यानाकर्षण गराए ।– रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: