Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाए

खबरडबली संवाददाता

झापा । झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम शीर्षकमार्फत उनीहरुले घर पाएका हुन् । आर्थिक वर्ष २०७७/०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको झापा क्षेत्र नं १ का सांसद राम कार्की (पार्थ)ले जानकारी दिए।

जनता आवास कार्यक्रम र तराई मधेश समृद्धि कार्यक्रमले समेट्न नसकेका शहीद परिवार, राज्य व्यवस्था परिवर्तनका लागि योगदान दिएका, एकल महिला, वृद्धवृद्धा, विपन्न, आदिवासी–जनजातिलगायतलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको उनले बताए । यो कार्यक्रमअन्तर्गत मेचीनगर–११ का शहीद गणेश लम्सालकी धर्मपत्नी मैया आचार्य लम्साललाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । लम्सालले माओवादी जनयुद्धताका २०६१ फागुन २ गते मोरङको जाँतेमा जनमुक्ति सेना र तत्कालीन शाही सेनाबीच भएको दोहोरो भिडन्तमा सहादत प्राप्त गरेका थिए । 

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मुकुलचन्द्र राजवंशीले शहीदलाई विभिन्न कार्यक्रममा एक मिनेट मौन धारणमै सीमित गरिएको बताउँदै भने, “शहीद परिवारको घर बन्नु उदाहरणीय कार्य हो, शहीदप्रतिको सम्मान हो ।” उनले व्यवस्था परिवर्तनका लागि सहादत प्राप्त गर्नेका परिवार र जीउँदा शहीदलाई हेर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सोही कार्यक्रमअन्तर्गत झापा विद्रोहका योद्धा मेचीनगर–१० का ७० वर्षीय सानो दुर्गा अधिकारीले नयाँ घर पाए । भाडाको घरमा बस्दै आएका उनको आफ्नै घरमा बस्ने सपना पूरा भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीसँगै विसं २०३० मा पक्राउ परेका अधिकारीले १७ वर्ष लामो कठोर जेल जीवन बिताएका थिए । अध्यक्ष ओलीभन्दा तीन वर्ष बढी समय जेलनेल भोगर उनी विसं २०४६ मा जेलमुक्त भएक थिए।

प्रजातन्त्र प्राप्तिमा जीवनका उर्वर समय अर्पण गर्ने अधिकारीको आर्थिक अवस्था भने कमजोर छ । “बूढेसकालमै भए पनि घर पाएपछि बस्नलाई सजिलो भयो”, उनले भने, “अब राज्यका तर्फबाट भरणपोषणको व्यवस्था भए अरु केही चाहिँदैनथ्यो ।” लम्साल र अधिकारीसँगै मेचीनगर नगरपालिकाका २० र बुद्धशान्ति गाउँपालिकाका सात परिवारले घर पाएका छन् ।

मेचीनगर–१ का ख्याम तामाङ, २ की मिठुमाया रेग्मी, ३ का हरिभक्त अधिकारी, ४ का सहदेव माझी र भीमबहादुर खत्री, ५ का दलबहादुर बस्नेत, ६ का कृष्णप्रसाद खनाल, ७ की मैयादेवी गुरुङ, लीलाराम गौतम र लिदलबहादुर कुमाल, ९ का वेदप्रकाश राई, यादव चापागाईं र नवीन पौडेल, १२ का केशव दनुवार र प्रवास धिमाल, १३ का हरिमान थेवे, १४ की मिना बिर्जा र १५ नं वडाका कमल भण्डारीले घर पाएको सांसद कार्कीका स्वकीय सचिव शिबु बुढाथोकीले जानकारी दिए ।

मेचीनगरमा निर्माण भएका घरहरुको लागत प्रतिघर रु तीन लाख ४५ हजार र रु ७० हजार बराबरको श्रमदान गरी कूल रु चार लाख १५ रहेका बुढाथोकीले बताए । बुद्धशान्तिमा निर्माण गरिएका घरको लागत रु तीन लाख र रु ७० बराबरको श्रमदान रहेको छ । कार्यक्रमअन्तर्गत दुई कोठा र बरण्डा भएको घर निर्माणका लागि बजेट आए पनि अधिकांश लाभग्राहीले स्थानीयवासी र अन्य दाताको थप सहयोगबाट तीन कोठाको घर बनाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending