Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

नदी कटान रोक्न सामूहिक प्रयास

सांकेतिक
खबरडबली संवाददाता

कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ । तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका  समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिइने भएको छ । 

नदीमा पानीको बहाव बढेपछि यसअघि रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध भत्काएको छ । गत वर्ष निर्माण भएको तटबन्ध अब डेढ मिटरमात्र बाँकी छ । यो तटबन्ध भत्किएमा नदी बस्तीमा पस्ने जोखिम छ । नदी बस्तीमा पसेमा टीकापुरका वडा नं ६, ७, ८ र ९ प्रभावित हुनेछन् । नगरस्तरीय विपद् व्यवस्थापन समितिका बैठकले तत्कालै तटबन्ध कार्य शुरु गर्नुपर्ने तयारी गरेपछि नेपाली सेनाको टोलीले कटान भइरहेको स्थल अध्ययन गरिसकेको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । 'तत्कात तटबन्धका लागि आवश्यक सामग्री जुटाएर काम थाल्ने निर्णय गरेका छौँ, सम्भवत आजैबाट तटबन्धको काम शुरु हुन्छ, जनशक्ति सिँचाइ कुलाका उपभोक्तालाई काममा लगाउने सहमति भएको छ', नगर प्रमुख रावलले भने, 'समयमै नदी नियन्त्रण गर्न नसके बस्ती सखाप हुन्छ ।'

तटबन्ध भत्कन थालेपछि नियन्त्रणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत ठूला ढुङ्गा प्रयोग गरी नदी नियन्त्रणको कार्यसमेत भइरहेको छ । चिसापानी र मोहन्याल क्षेत्रबाट ठूला ढुङ्गा ल्याएर तटबन्ध भइरहेको छ तर ढुङ्गा पाउन समस्या भएपछि जैविक तटबन्धसमेत गर्ने तयारी गरिएको रावल बताउनुहुन्छ । 'गत वर्ष रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गरेको तटबन्ध यस वर्ष भत्किसकेको छ । नदी कटानले करिब डेढ मिटर मात्र तटबन्ध भत्कन बाँकी छ । नदीले धार परिवर्तन गर्दा अघिल्लो वर्षको तटबन्ध अर्को वर्षसम्म टिक्नै मुस्किल भएको छ', उहाँले भन्नुभयो, 'यो तटबन्ध यस वर्ष कटान रोक्नका लागि मात्रै हो । अब नियन्त्रणका लागि विकल्प र दीर्घकालीन तटबन्धबारे योजना बनाउन आवश्यक छ ।'

तटबन्ध गर्न बाँसलगायतको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ । त्यस्तै आवश्यक नाइलन जाली, खाली बोरालगायत अन्य आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गर्नेछ । आवश्यक रबोट बोट (डुङ्गा), र लाइफ ज्याकेटलगायत सुरक्षा सामग्रीको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा र टीकापुर नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी बल तालिम शिक्षालयले उपलब्ध गराउने र प्राविधिक जनशक्ति व्यवस्थापन जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने निर्णय भएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए ।

कर्णाली नदी कटानको जोखिम बर्सेनि रहन्छ । नदी नियन्त्रणका लागि सिँचाइ आयोजनाले दर्जनौँ ठाउँमा बर्सेनि तटबन्धको काम समेत गर्दै आएको छ तर निर्माणाधीन अवस्थामै रहेको तटबन्ध भत्कँदै जाँदा आयोजनालाई समेत काम लम्बाइरहनुपर्ने समस्या छ । नदी कटानले कैलाली र बर्दिया जोड्ने टीकापुर–८ फाँटागाउस्थित कर्णाली पुलको बर्दिया क्षेत्रको उत्तर र दक्षिणतर्फ बनेको तटबन्ध नदीमा भासिन थालेको छ । तटबन्ध भासिन थालेपछि पुलसमेत जोखिममा परेको छ । त्यहाँसमेत समयमै तटबन्ध पुनःनिर्माण कार्य शुरु नगरे बर्दियातर्फ ठूलो क्षति हुने देखिएको स्थानीय लोकसिंह धामीले बताए ।

बर्सेनि त्रासमा बस्न बाध्य तटीय क्षेत्रका नागरिकलाई सुरक्षित राख्न तटबन्धको स्वरुप परिवर्तन गरी दिगो समस्या समाधानतर्फ ध्यान दिन आवश्यक रहेको तटीय क्षेत्रका नागरिक बताउँछन् । 'भत्कने खालको तटबन्ध किन बनाउनु ? दिगो हुने खालको तटबन्ध निर्माणमा ध्यान दिनुपर्छ', स्थानीय रामकृष्ण चौधरी भन्नुहुन्छ, 'हरेक वर्ष तटीय क्षेत्रका नागरिकको बर्सातमा भागाभाग हुने अवस्था आउँछ ।' रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी

मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...

गाजर किन सुन्तला रंगको हुन्छ ?

काठमार्डौं । गाजर  एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...

सलाह चम्किँदा इजिप्ट शीर्षमा, न्यूजिल्यान्डको अग्रता खेर

काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...

बाँदर र बारीबीचको युद्ध : वालिङका किसानको पीडा र समाधानको खोजी

वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...

वडाध्यक्षमाथि मुक्का प्रहार गरेको आरोपमा पत्रकार पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता

धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

तालीभन्दा चेतावनी धेरै : रास्वपा मञ्चबाट गगनले सुनाएको इतिहास, अहंकार र लोकतन्त्रको कथा

काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन उत्सवको माहोलमा चलिरहेको थियो। मञ्चमा नयाँ राजनीतिक शक्तिको आत्मविश्वास थियो। हलभरि निलो झण्डा फहराइरहेका थिए। का...

चितवनमा सुकीला–मुकीलाहरूको जमघट !

चितवन । नेपाली राजनीतिक कार्यक्रमहरूमा सामान्यतया देखिने दृश्य फरक हुन्छ—खादा, दौरा–सुरुवाल, पुराना अनुहार र औपचारिक भाषण। तर चितवनमा जारी राष्ट्रिय स...

रास्वपाको महाधिवेशनमा दुई अनुहार : परिवर्तनको आवेग र परिपक्वताको सन्देश

काठमाडौँ । चितवनको गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन भइरहँदा मञ्चमा केवल एउटा राजनीतिक कार्यक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending