Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पुर्‍याउने पहल

खबरडबली संवाददाता
काठमाडौँ । सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पुर्‍याउन पहल थालेको छ । 
 
पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पुर्‍याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो ।
 
गत असारको क्षति मर्मत गरेको भए पनि यही साउन १६ गतेको बाढीले पुन: अर्को ठाउँमा दुई वटा टावर बगाएको थियो । मेलम्चीका जनता अँध्यारोमा बस्नुपरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिनुभएको हो । 
 
उहाँले विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीराम राज पाण्डे र ग्रीड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई आज मन्त्रालयमा बोलाउनुभएको थियो ।
 
मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार मेलम्ची खोलाको करिडोरमा बाटो र पुल बगाएको छ । उनका अनुसार पहिलो बाढीमा ४१४ वटा पोल बगाएको थियो र शनिबारको बाढीले झण्डै ४०र५० वटा पोल बगाएको छ । हाल मेलम्ची नगर र इन्द्रावती गापमा विद्युत् आपूर्ति गरिएको भए पनि पाँचपोखरी र हेलम्बुमा विजुली पुर्‍याउन सकिएको छैन । 
 
उहाँहरूले साँखु–जरसिंहपौवा–मेलम्चीको ११ केभी, बनेपा सिपाघाट इन्द्रावती हुँदै मेलम्ची र नुवाकोटको समुन्द्रटार मेलम्ची जोड्ने उपाय सुझाएका थिए । त्यसमा समुन्द्रटारबाट लैजानका केही समस्या देएिको बताएका थिए । 
 
उनले केही दिनमा वैकल्पिक बाटो प्रयोग गरेर विद्युत् जोड्न सकिने भए पनि क्यूलमा भने पोल पुर्‍याउन समस्या हुने मन्त्रीलाई जानकारी गराएका थिए । त्यसपछि मन्त्री भुसालले ऊर्जा सचिव देवेन्द्र कार्कीमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई सोलार जोड्न निर्देशन दिएका छन्। 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलम...

कामपाका सहकारीमा सूचना अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको ...

सन्तानब्बे वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मग...

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

ललितपुर । गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्...

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

बागलुङ । बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्...

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ । एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी- २० को उपाधि जितेको छ । एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्...

काठमाडौँ महानगरको सार्बजनिक सुनुवाई: डुबानबाट जोगाउन, पार्किङ् मिलाइदिन माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल निकास र व्यापारीले पार्किङ् व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् । ...

उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका...

वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटे

बारा । बाराको कोल्हवी सव डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् । ...

टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।    गाउँपालिकाभित्रका सबै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies