Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कुलमान ल्याउन प्रचण्डको पहलकदमी !

खबरडबली संवाददाता

काठमाडौं । सरकार गठनसँगै उर्जा मन्त्रालयको जिम्मेवारी माओवादी सांसद पम्फा भुसालले सम्हालिन । सरकारमा जाँदा भुसालको प्राथमिकता विपन्न र कम आय भएका जनतालाई विद्युत महसुलको भारबाट मुक्त पार्नु थियो । उनले कम्तिमा २० यूनिटसम्म उपभोग गर्ने जनतालाई महसुलमा पुरै छूट दिन गृहकार्य गर्ने घोषणा समेत गरिन ।

तर यसका लागि विद्युत प्राधिकरणमा जनपक्षीय र सक्षम नेतृत्व आवश्यक थियो ।

यता हालका निर्देशक शाक्यको कार्यक्षमतामाथि प्रश्न उठिरहेको थियो । विद्युत प्राधिकरण घाटामा जाने पो हो कि भन्ने आशंका बढेको थियो भने विद्युत उत्पादन, प्रसारण र व्यवस्थापनका चुनौती झनै थपिएका थिए ।

यो अवस्थामा प्राधिकरणमा पुनः कुलमान घिसिंगलाई नै ल्याउनुपर्ने आवश्यकता देखा परेको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को कार्यकाल समेत कुलमानलाई दिनुपर्ने भन्दै तत्कालिन नेकपा सरकारका प्रधानमन्त्री ओलीसँग बारम्बार आग्रह गरेका थिए । नेपालमा १८ घण्टासम्म लोडसेडिंग हुने अवस्था प्रचण्डकै पालामा अन्त्य भएको थियो । प्रचण्डले नै कुलमानलाई प्राधिकरणमा ल्याएका थिए । जनार्दन शर्मा उर्जामन्त्री भएको बेला देशले अँध्यारो युगबाट मुक्ति पाएको थियो ।

प्रचण्डको चाहना कुलमानले फेरी एक कार्यकाल काम गरुन भन्ने थियो । तर ओलीले प्रचण्डको आग्रह मानेनन् । कुलमानको स्थानमा शाक्यलाई ल्याइयो ।

तर सरकार फेरिएपछि कुलमानको पुनरागमन प्रचण्डका लागि प्राथमिकता बन्नु स्वभाविकै थियो ।

उनले विद्युत प्राधिकरणमा देखिएका चुनौती र सरकारले अघि सार्ने मार्गचित्रमा त्यहाँको नेतृत्वले खेल्नसक्ने भूमिकाका बारेमा देउवासँग कुरा गरे ।

सत्तारुढ गठबन्धनका मियो समेत रहेका प्रचण्डले प्रधानमन्त्रीसँग कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने कारणहरुको फेहरिस्त राखे । आफू प्रधानमन्त्री भएको बेला उर्जा क्षेत्रमा गरेका चमत्कारिक कामहरुको बारेमा समेत ब्याख्या गरे ।

अहिले सरकारले अघि सार्ने मार्गचित्रमा कुलमानको आवश्यकता भएको र उर्जाको बृहत्तर विकासका माध्यमबाट आर्थिक विकास र सामाजिक न्यायको प्रत्याभूति गर्न सकिने कुरामा देउवासँग कुरा गरे ।

अन्ततः देउवा र प्रचण्डबीच प्राधिकरणको नेतृत्व फेर्ने विषयमा सहमति भएपछि उर्जा मन्त्रीले निर्देशक शाक्यको कार्यक्षमतामाथि प्रश्न गरेकी थिइन ।

उर्जामन्त्रीले प्रधानमन्त्रीलाई समेत प्राधिकरणको अहिलेको अवस्थाका बारेमा जानकारी गराएपछि कुलमान आउने वातावरण बलियो बन्न पुगेको छ ।

यसरी प्रचण्डको प्रस्ताव, उर्जामन्त्रीको सक्रियता र प्रधानमन्त्री देउवाको सहमतिसँगै विद्युत प्राधिकरणले फेरी कुलमानको कुशल व्यवस्थापन देख्न पाउने वातावरण बन्न पुगेको हो ।

तर शाक्यले सहजै पद छोडलान त ? भन्ने जटिल प्रश्न भने अहिले पनि बाँकी नै छ । तर प्राधिकरणको अवस्था खस्किँदै गएको र कुशल व्यवस्थापन हुन नसकेका कैयन् तथ्य स्पष्टरुपमा देखिएको अवस्थामा शाक्यलाई नैतिकरुपमा आफ्नो पद निरन्तरता दिन भने कठिनाई नै पर्ने देखिन्छ ।
अर्कोतर्फ कुलमान आउने कुराले आम नेपालीमा उत्साह छाएको अवस्थामा जनमतलाई उपेक्षा गर्नुपनि शाक्यका लागि त्यति सहज हुने देखिन्न ।

जे होस्, राज्यसंयन्त्रमा सही र सक्षम मानिसहरु प्रचण्डकै शब्दमा राम्रा ब्रेनहरुको उपस्थिति मार्फत जनतामा सत्ताको प्रत्यक्ष अनुभूति गराउने प्रचण्डको यो प्रयास भने सराहनीय नै छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies