डोटी । विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च (काम) गर्न नसकिँदा जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज हुँदै आएको छ ।
जिल्लामा ठूलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने, काममा ढिलासुस्ती गर्ने गरेका कारण समयमै काम गर्न नसकिँदा वर्षेनी बजेट फ्रिज हुँदै जाने गरेको कर्मचारी बताउँछन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा रु एक अर्ब ६९ करोड ८१ लाख १३ हजार ६३९ विकास बजेट फ्रिज भएको छ । जसअन्तर्गत सङ्घीय सरकारको बजेटबाट रु ५४ करोड एक लाख २२ हजार ४३ र प्रदेश सरकारको बजेटबाट रु एक अर्ब १५ करोड ७९ लाख ९१ हजार ५९६ फ्रिज भएको हो ।
आव २०७७/७८ मा सङ्घीय कार्यालयमार्फत जिल्लामा चालूतर्फ रु छ अर्ब आठ करोड ४२ लाख ५४ हजार ८६९ र पूँजीगततर्फ एक अर्ब १९ करोड ३८ लाख ५७ हजार बजेट विनियोजन भएको थियो । तीमध्ये चालूतर्फ पाँच अर्ब ७७ करोड ४३ लाख २६ हजार ३२४ र पूँजीगततर्फ रु ९६ करोड ३६ लाख ६३ हजार ५०० खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सङ्घीय सरकारको बजेटको ९२.५७ प्रतिशत खर्च हुन सकेको छ । सङ्घीय कार्यालयको चालूतर्फ झण्डै ९५ प्रतिशत र पूँजीगततर्फ ८०.७१ प्रतिशत रकम खर्च भएको देखिएको छ ।
सो अवधिमा प्रदेश सरकारको बजेट भने झण्डै २७ प्रतिशत फ्रिज भएको पाइएको छ । चालूतर्फ रु दुई अर्ब १३ करोड ७१ लाख ३१ हजार ५०० विनियोजन भएकामा रु एक अर्ब ४९ करोड एक लाख ३० हजार १३७ खर्च भएको पाइएको छ । उक्त रकम चालूतर्फ विनियोजित कूल रकमको ६९.७३ प्रतिशत हो । यसैगरी पूँजीगततर्फ रु दुई अर्ब १७ करोड ९५ लाख ८२ हजार विनियोजन गरिएकामा रु एक अर्ब ६६ करोड ८५ लाख ९१ हजार ७६७ मात्रै खर्च भएको देखिएको छ ।
कूल पूँजीगत अनुदानको ७६.५५ प्रतिशत मात्रै खर्च भएको पाइएको छ । आव २०७७/७८ मा जिल्लामा जम्मा रु ४५ करोड सात लाख २१ हजार १७२ राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सङ्घीय कार्यालयमार्फत रु ४१ करोड १५ लाख ३६ हजार ९१८ र प्रदेश कार्यालयअन्तर्गत रु तीन करोड ९१ लाख ८४ हजार २५४ राजश्व सङ्कलन भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ११:४१
विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...
पौष ७ गते, २०८२ - ११:३३
सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...
पौष ७ गते, २०८२ - ११:११
काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...
पौष ७ गते, २०८२ - ११:०३
काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...




प्रतिकृया लेख्नुहोस्: