Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

ओलीले भेट्न खोज्दा पनि अस्वीकार गर्ने माधव नेपाल अहिले भेट्‍न कसरी भए तयार ?

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउने क्रममा अधिकार बाँडफाँटबारे छलफल सुरु भएको छ। नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उठाएका विषयलाई सम्बोधन गर्ने गरी अधिकार बाँडफाँटबारे छलफल सुरु भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले दुवैतर्फबाट कार्यदलमा रहेका नेताहरूलाई अधिकार बाँडफाँटको बारेमा खाका ल्याउन आग्रह गरेको र कार्यदलमा रहेका नेताहरूले त्यसबारेमा छलफल थालेका हुन्।  

एक नेताका अनुसार बजारमा आएजस्तो संयुक्त हस्ताक्षरको पनि खास अर्थ नभएकाले महाधिवेशन सम्म कसरी जाने र त्यसविषयमा दुवै पक्षका नेता कार्यकर्ताहरूलाई गरिने व्यवहारमा पक्षपात नहोस भन्ने नै हो। ‘संविधान त एमालेको महाधिवेशन चाँडै गर्नुपर्छ आगमी माघभित्र महाधिवेशन गर्नुपर्ने भएकाले संयुक्त हस्ताक्षरको विषय पनि गौण हुनसक्छ भावनात्मक विषय त हुनसक्ला तर त्यसको अर्थ रहन्न। खासगरी महाधिवेशनसम्म दुवै पक्षका नेता कार्यकर्तालाई अन्याय नहोस् भन्नेबारेमै सचेत रहनेगरी अघि बढ्ने हो,’ स्रोतले भन्यो। दोस्रो अध्यक्षमा नेपालको रुची नभए पनि कार्यदलका नेताहरू अधिकार बाँडफाँटकै विषयमा केन्द्रित भएर छलफल गरिरहेका छन्। यसका लागि मंगलबार बिहान सुवास नेम्बाङ, विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डेको संयुक्त बैठक बस्ने भएको छ।  

आजको नागरिकमा खबर छ-अधिकार बाँडफाँटको कुरा मिलेपछि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच संवाद हुने बताइएको छ। नेपालले आफूलाई दोस्रो अध्यक्षको आवश्यकता नभएको तर नेता कार्यकर्तालाई अन्याय नहुने गरी अधिकार बाँडफाँट हुनुपर्ने बताउँदै आएका थिए। ओली पक्षले दोस्रो अध्यक्षको प्रस्ताव गर्दा नेपालले अहिले दोस्रो अध्यक्षको कुरा नगरौँ अन्याय नहुनेगरी अधिकारको मात्रै कुरा गरौ भनेका थिए। तर नेपाल पक्षका नेताहरूले दोस्रो अध्यक्षमा जानुपर्ने दबाब दिइरहेका छन्। ‘हामीले अधिकारसहितको दोस्रो अध्यक्ष भनेका छौँ, ओलीतिरबाट अधिकारको कुरा प्रष्ट भएको छैन दोस्रो अध्यक्षको कुरा प्रष्टै आएको छ, नेपालले भने विधानमा नभएको विषयमा कुरा नगरौँ भन्नुभएको छ,’ नेपाल पक्षका एक नेताले भने । उनका अनुसार अधिकारमा कुरा मिल्ने अवस्था आएको बिफ्रिङपछि नेपाल सकारात्मक बनेका थिए।  

ओली पक्षबाट कार्यदलमा रहेका सुवास नेम्बाङले पनि विवाद निरूपणको प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताए। मैले तपाईंहरूलाई पहिलादेखि नै भन्दै आएको छु, एमालेमा अब यो पक्ष वा त्यो पक्ष छैन भनेर। अब दुई नेताहरूको चाँडै नै भेटघाट हुन्छ, संवाद हुन्छ, चाँडै भनेको भोलि पनि हुनसक्छ समय र ठाउँ एकिन नभएको मात्रै हो,’ नेता नेम्बाङले भने । तर नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेल कुनै पनि विषयमा सहमति भइनसको बताएका छन्। उनले सबैजना एकताकै पक्षमा रहेको दाबी गर्दे दुई नेताबीच मंगलबार भेटघाट हुने संकेत गरे। ‘सहमति भएको छैन, भोली बिहान हामी चारजना नेता बस्छौं अनि मात्रै दुई नेता संवादमा बस्नुहुन्छ,’ पाण्डेले भने।  

सोमबार नेपाल पक्षका नेताको बैठकले समेत दुई नेताहरूबीच संवाद गर्ने निर्णय गरेको थियो। कार्यदलका सदस्यको बिफ्रिङपछि ओलीसँगको भेटका लागि नेपाल ‘तयार’ भएका हुन्। ओलीले भेट्न खोज्दा पनि ‘अस्वीकार’ गर्दै आएका नेपाल पछिल्लो समय भने भेटका लागि तयार भएका हुन्। नेपालपक्षीय स्थायी कमिटी सदस्य रघुजी पन्तले अध्यक्ष ओली र नेपालबीचको भेटवार्ता चाँडै हुने संकेत पाएको बताए। ‘उहाँहरू (ओली र नेपाल)को भेटघाट र छलफल छिट्टै हुन्छ, मिति नसोध्नुहोस्, तर त्यो भेटघाट हुन्छ भन्ने मैले बुझेको छु,’ सोमबार नेपालपक्षीय स्थायी कमिटी सदस्यको भेलापछि पन्तले भने। पन्तले सोमबारको भेलाबाट पार्टी एकतामा दूरी बढाउने गतिविधि नगर्न सबैलाई आग्रह गरिएको पनि बताए। ‘सार्वजनिक रूपमा अभिव्यक्ति दिँदा शब्द चयनमा मर्यादा र शिष्टतामा ध्यान दिनुपर्ने विषयमा छलफल भयो,’ नेता पन्तले भने, ‘पार्टी एकता टुंगोमा पुर्‍याउन दुवै पक्ष संयमित, जिम्मेवार, संवेदनशील भएर गम्भीर हुने कुरा भएको छ। ’पार्टी एकताका लागि यसअघि गठन भएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यले सोमबारको बैठकमा एकताका लागि हालसम्मका प्रयास र प्राप्त ‘उपलब्धि’का बारेमा ‘रिपोर्टिङ’ गरेका थिए। ‘दुवै नेताको निर्देशन र चाहना अनुरूप बढिरहेको एकता प्रक्रिया भएको हुनाले बाहिर कसले कहाँ के बोल्यो भन्ने कुरा त्यति महत्‍वपूर्ण हैन, दुई नेतासँग छलफल गरेर जसरी एकता प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ, त्यो महत्‍वपूर्ण कुरा हो,’ पन्तले भने। पन्तका अनुसार वार्तामा भइरहेका कुराहरू महत्‍वपूर्ण भएको र वार्ता र ती कार्यदलमा हुने छलफलको सबै जानकारी पार्टी अध्यक्ष ओली र नेपाललाई पनि थाहा भएको तथा उनीहरूकै जानकारीमा छलफलबाट विवाद निरूपणको कार्यहरू भइरहेका छन्।  

नेपाल पक्षलाई पनि ठाउँ राख्दै विभाग गठन  
नेकपा एमालेको जारी स्थायी कमिटी बैठकले पार्टी विवादलाई चाँडै निरूपण गर्ने जनाउँदै २२ साउनबाट पार्टीको विधानबारे खुला छलफल आरम्भ गर्ने निर्णय गरेको छ। दसाैँ महाधिवेशन गर्ने समयनजिक आउँदै गर्दा पार्टीले विधानबारे खुला छलफल गर्ने निर्णय गरेको हो। बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्कूल विभागको जिम्मेवारी दिँदै विभिन्न ९ ओटा विभाग गठन गरेको छ। पार्टी अध्यक्ष ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभाग गठन गरेको हो। पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न नेताहरूको नेतृत्वमा ९ ओटा विभाग गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनका अनुसार विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग बनाइएको छ।  

यस्तै, सुवास नेम्बाङको नेतृत्वमा १४ सदस्यीय संसदीय विभाग विष्णु रिमालको नेतृत्वमा दुई सदस्यीय आर्थिक विभाग, प्रदीप ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको नेतृत्वमा १५ सदस्यीय पर्यटन प्रवद्र्धन विभाग, राजन भट्टराईको नेतृत्वमा १४ सदस्यीय विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा ६ सदस्यीय निर्वाचन विभाग बनाइएको छ। यस्तै देवेन्द्र दाहालको नेतृत्वमा १४ सदस्यीय स्थानीय तह विभाग बनाइएको छ। पहिला विदेश विभाग प्रमुखमा माधव नेपाल रहेका थिए भने आर्थिक विभागमा सुरेन्द्र पाण्डे रहेका थिए। अब गठन हुने विभाग माधव नेपाल पक्षका लागि राखिएको एमालेका एक नेताले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवाद नगरी निर्वाचन आयोगमा नियुक्ति अघि बढाइयो, प्रधानमन्त्रीको शैलीप्रति आङ्देम्बेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...

एमाले-नेकपा एकता : सम्भावना कि सपना ?

एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै

१०० स्थानमा बर्डफ्लु, मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...

कर्णालीमा खसेको गाडी अझै बेपत्ता, पाँच यात्रुको खोजीमा ड्रोन र गोताखोर परिचालन

दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी...

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय ...

ब्लु बसको कार्यविधिमा ट्रान्सजेन्डर यात्रुको व्यवस्था समेटिने

काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने ...

विद्यालयलाई राजनीतिक कब्जाबाट मुक्त गर्नुपर्छ’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयो...

सप्तरी कारागार ड्युटीमा रहेका प्रहरीलाई गोली लाग्यो, सहकर्मी नियन्त्रणमा

जनकपुरधाम  । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्...

त्रिभुवन विश्वविद्यालय लगायतका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, को कहाँ ?

काठमाडौं । कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्याल...

प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार ठगी

काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending