काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् ।
टेकुस्थित लिमिटेडको कार्यालयको मूलढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत मात्र सेवा प्रवाह गरिँदा सेवाग्राहीको काम समयमा हुन सकेको छैन । चौतारा साँगाचोकगढी नगरपालिका इर्खुकी मञ्जु कार्की डिम्याट खाता खोल्न सुरक्षाकर्मीलाई फाराम बुझाएको तीनदिनसम्म पनि खाता नं पाउन नसकेको गुनासो गर्छन् ।
कार्कीजस्तै सयौँ सेवाग्राही लिमिटेडमा समयमा काम नहुने गरेको दुःखेसो पोख्छन् । कार्यालयमा जी फोर सेक्युरिटी कम्पनीबाट खटिएका सुरक्षाकर्मी रघु विष्टले मन लागेका सेवाग्राहीलाई छिराउने र मन नलागेका सेवाग्राहीलाई भित्र जान पाइँदैन भनी फर्काउने गरेका छन् । सुरक्षाकर्मी विष्टले केही ब्रोकरको इसारामा सेवाग्राहीलाई भित्र नछिराउने गरेको सेवाग्राहीको गुनासो छ ।
ब्रोकरले सेवाग्राहीसँग काम लिन लिमिटेडका कर्मचारीलाई प्रभावमा पारेर एकाधिकार जमाएको डिम्याट खाता नं लिन तीन दिनदेखि धाएका समरबहादुर श्रेष्ठको गुनासो छ । मालपोत, यातायातलगायत सरकारी कार्यालयमा जस्तै लिमिटेडले पनि दलालमार्फत् काम गराउने प्रवृत्तिलाई प्रोत्साहन गर्न ग्राहक नछिराएको उनको भनाइ छ ।
लिमिटेडका सूचना अधिकारी सिर्जना बाँस्कोटा भने केही दिनअघिसम्म टोकन दिएर सेवाग्राहीलाई कार्यालय छिराएर सेवा दिएको दाबी गर्छन् । कोरोना जोखिमका कारण टोकन पनि दिन बन्द गरेको उनको भनाइ छ । सुरक्षाकर्मीसँग कुस्ती खेलेर कार्यालयमा छिर्ने सेवाग्राहीले समेत कर्मचारीबाट सेवा पाउँदैनन् । सेवा लिन फाइलसहित फेरि निजी कम्पनीका सुरक्षाकर्मीकहाँ फर्कनुपर्छ । कर्मचारीले सेवाग्राहीबाट पैसा लिएको भौचरसमेत दिँदैनन् । पैसा फाराममै ‘स्टिच’ गरेर सुरक्षाकर्मीलाई बुझाउनुपर्ने बाध्यता सिर्जना गरिएको छ । यसो गर्दा सेवाग्राहीको फाराम हराएमा दाबी गर्न उसँग कुनै प्रमाण हुँदैन ।
कार्यालयको यस्तो बेथितिका विषयमा कर्मचारीसँग गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुने गरेको दुःखेसो सेवाग्राहीको छ । कार्यालय परिसरमा कतै नागरिक बडापत्रसमेत भेटिँदैन । एउटा खाता नं लिनकै लागि सेवाग्राही हप्ता दिनसम्म धाउनुपर्ने वातावरण कार्यालयमा बनाइएको छ । सूचना अधिकारी बाँस्कोटा भने सेवाग्राहीले फाराम पेश गरेको आधा घण्टादेखि एक घण्टाभित्रमा खाता नं दिने गरेको दाबी गर्छन् ।
मेरो शेयर फारम भरेका सेवाग्राहीलाई इमेलमा जानकारी पठाउने प्रतिबद्धता कर्मचारीले व्यक्त गर्ने गरे पनि लामो समयदेखि त्यस्तो इमेल नपाएको भन्दै सेवाग्राही कार्यालयमै पुग्ने गरेका छन् । कार्यालय प्रमुख बद्रीप्रसाद प्याकुरेल कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई सेवा दिने बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - २१:०९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...
आषाढ़ १९ गते, २०८३ - २१:०८
एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै
आषाढ़ १९ गते, २०८३ - २१:०१
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...
आषाढ़ १९ गते, २०८३ - १९:२६
दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी...
आषाढ़ १९ गते, २०८३ - १९:१६
काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय ...
आषाढ़ १९ गते, २०८३ - १९:१३
काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने ...
आषाढ़ १९ गते, २०८३ - १९:१२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयो...
आषाढ़ १९ गते, २०८३ - १९:०३
जनकपुरधाम । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्...
आषाढ़ १९ गते, २०८३ - १८:५८
काठमाडौं । कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्याल...
आषाढ़ १९ गते, २०८३ - १८:५४
काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ ...



प्रतिकृया लेख्नुहोस्: