जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए ।
उनले भने, 'प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएको छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, सोहीअनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्नु पूर्ण लाइनसमेत परीक्षण गरिएको थियो, प्राधिकरणले प्रसारण लाइन जोडेपछि विद्युत्को समस्या केही हल हुने छ ।'
सांसद गजेन्द्रबहादुर महतले लामो सङ्घर्षपछि जुम्लामा प्रसारण लाइन जोडिएकामा खुशी व्यक्त गर्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताए । उनले लामो समयदेखि संसद्मा विद्युत् प्रसारण लाइन जुम्लामा जोड्न माग गर्दै आउनुभएको थियो । सदरमुकाममा बत्ती बलिसकेको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ मा चाँडै जोड्न काम गरिने भएको छ । प्राधिकरणले दशैँसम्म यहाँका आठवटै स्थानीय तहका मुख्य स्थानमा विद्युत् पु¥याउने लक्ष्य लिएको वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणका अनुसार दैलेखको चुप्रा दुल्लु १५० किमी, दुल्लु कालीकोट ६० किमी र कालीकोट–जुम्ला ८० किलोमिटरमा ३३ केभीको लाइन जोड सफल भएको विद्युत् वितरण केन्द्रले जनाएको छ । सो लाइन सदरमुकाम खलङ्गामा नपुग्दा यहाँका झण्डै तीन हजार ३०० उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका थिए । प्रसारण लाइन समयमै पुयाउने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वितरण शाखाका प्रमुख पाण्डेले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - २१:०९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...
आषाढ़ १९ गते, २०८३ - २१:०८
एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै
आषाढ़ १९ गते, २०८३ - २१:०१
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...
आषाढ़ १९ गते, २०८३ - १९:२६
दैलेख । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको दोस्रो दिन बितिसक्दा पनि गाडी...
आषाढ़ १९ गते, २०८३ - १९:१६
काठमाडौँ । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय ...
आषाढ़ १९ गते, २०८३ - १९:१३
काठमाडौं । महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लु बस’ सेवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेन्डर) यात्रुले यात्रा गर्न पाउने वा नपाउने भन्ने ...
आषाढ़ १९ गते, २०८३ - १९:१२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीमा देखिएको सबैभन्दा ठूलो समस्या दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयो...
आषाढ़ १९ गते, २०८३ - १९:०३
जनकपुरधाम । सप्तरीको राजविराजस्थित कारागार सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दाअर्का सहकर्...
आषाढ़ १९ गते, २०८३ - १८:५८
काठमाडौं । कूलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्याल...
आषाढ़ १९ गते, २०८३ - १८:५४
काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ ...



प्रतिकृया लेख्नुहोस्: