Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

मेलम्चीका बाढीपीडित फेरि विस्थापित, जोखिम घट्ने स्थिति छैन

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पुर्याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र  करोडौं मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् ।

हेलम्बु– १ का आशा लामा भन्छिन्,  “बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ यहाँ पनि जोखिम बढ्यो अब कहाँ बस्ने रु” उनीजस्तै ९० परिवारको घर असार १ को पहिराले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन् । हेलम्बुकै सरस्वती मगर घाम र पानीका बेला पालमा जीवन गुर्जान गाह्रो  भएको गुनासो गर्छन् ।

मेलम्ची बजारवासीको पनि उस्तै पीडा छ । केही आफ्ना घर पसल सफा गरी सरिसकेका थिए तर शनिबारको बाढीपछि उनीहरु फेरि सुरक्षित स्थानतर्फ लागेका छन् । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घरटहरा बगाएको छ । बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ । पक्की र कच्ची गरी २० घर टहरा बगाएको र तीन घर डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।


उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर फेरी गएरातिको बाढीले बगाएको हो । ती घर खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीय हस्त पण्डितले दिएको जानकारीअनुसार राति ७: ४५ बजे पुल बगाएको हो ।  मेलम्ची– ७ र ८ पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पको यो पुल  थियो । पुल बगाएसँगै अब यो भेगमा सवारी साधानको आवतजावत बन्द भएको छ ।

त्यस्तै ग्यालथुमको एउटा झोलुङ्गे पुल बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अहिले ग्याल्थुमका ४० घर जोखिममा परेका छन् ।अब मेलम्ची बजारदेखिमाथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । खोलामा लेदोसहितको बाढी आएको र “बाढी घट्ने, बढ्ने भइरहेको उनको भनाइ थियो । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बुमा सवारीसाधन जान नसकेको त्यहाँका नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए ।

बजारबासी आन्दोलित
नगरपालिकाले नदी नियन्त्रण गरी बस्ती जोगाउन चासो नदिएको भन्दै मेलम्ची बजारबासी आन्दोलित भएका छन् । आइतबार उनीहरुले नगरप्रमुख र त्यहाँका पदाधिकारी नदी नियन्त्रण गरी बस्ती जोगाउन उदासिन रहेको भन्दै नाराबाजी गरे । बाढी आएको दिनदेखि नगरका प्रतिनिधि आफ्नो क्षतिग्रस्त बस्तीमा नआएको स्थानीय बाढी प्रभावित एवं मेलम्ची पुन:निर्माण समितिका अगुवा सागर श्रेष्ठले बताए ।
 
जोखिम घट्ने स्थिति छैन स् शेर्पा

बाढ़ीग्रस्त क्षेत्रको मुहान हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौँ फर्किएका गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले तत्काल पहिरोको जोखिम घट्ने स्थिति नभएको बताए । मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुको विकल्प नभएको उनको भनाइ थियो । लेदो भीमथाङबाट बग्नेक्रम जारी छ, वैकल्पिक बसोबासका लागि म प्रयासरत छु,  यही क्रममा गृहमन्त्रीसँग वस्तुस्थितिको जानकारी गराइसकेको छु । “प्रधानमन्त्रीसँग समेत भेटेर जानकारी गराउनेछु”, उनले भने, “त्यहाँको पहिरो रोक्नका लागि सरकारले विज्ञ पठाएर अनुसन्धान गर्नुपर्ने उनको माग थियो ।

विज्ञसहितको टोली भेम्राथाङ पठाइने

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिएका छन् । बाग्मती प्रदेशसभा सदस्य निमा लामाका अनुसार पहिरोको उद्गमस्थल पुगेर त्यहाँको अवस्थाबारे अध्ययन गर्न राष्ट्रिय विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई गृहमन्त्री खाँणले बिहानै निर्देशन दिएका हुन् ।

चनौटेमा तत्काल बेलिब्रिज निर्माण गरिने

हेलम्बु गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने चनौटेको रातो पुलको स्थानमा तत्काल बेलिब्रिज निर्माण गरिने भएको छ । बाढीले आइतबार बिहान सो पुल बगाएको थियो । नेपाली काँग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारको सहयोगमा तत्काल आवतजावतका लागि सहजीकरण गर्ने उद्देश्यले बेलिब्रिज निर्माणका लागि पहल गरिने बताएका हुन् । बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री तथा गृहमन्त्रीलाई जानकारी गराइएको बताउँदै उनले तत्काल पुल निर्माण शुरु गरिने प्रतिबद्धता व्यक्त गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा एमाले–नेकपाको सरकार गठनको नयाँ मोडेल: मन्त्रालय बाँडफाँटमा ‘पालैपालो’ प्रणाली

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...

महेन्द्रनगरमा कटुवा पेस्तोलसहित चार युवक पक्राउ

कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...

व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...

मन्त्रिपरिषद्का ५ निर्णय, एनसेल प्रतिवेदन सार्वजनिकदेखि एम्बुलेन्स र शव वाहनमा कर छुटसम्म

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...

सुनसरी र सिरहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला

काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...

विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन कार्यदल गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजीमा प्रहरी

रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...

विशेष भेलामा सहभागी हुँदै शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...

चितवनमा बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending