Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

मेलम्चीका बाढीपीडित फेरि विस्थापित, जोखिम घट्ने स्थिति छैन

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पुर्याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र  करोडौं मूल्यका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढीपीडित फेरि विस्थापित भएका छन् ।

हेलम्बु– १ का आशा लामा भन्छिन्,  “बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ यहाँ पनि जोखिम बढ्यो अब कहाँ बस्ने रु” उनीजस्तै ९० परिवारको घर असार १ को पहिराले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन् । हेलम्बुकै सरस्वती मगर घाम र पानीका बेला पालमा जीवन गुर्जान गाह्रो  भएको गुनासो गर्छन् ।

मेलम्ची बजारवासीको पनि उस्तै पीडा छ । केही आफ्ना घर पसल सफा गरी सरिसकेका थिए तर शनिबारको बाढीपछि उनीहरु फेरि सुरक्षित स्थानतर्फ लागेका छन् । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घरटहरा बगाएको छ । बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ । पक्की र कच्ची गरी २० घर टहरा बगाएको र तीन घर डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।


उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर फेरी गएरातिको बाढीले बगाएको हो । ती घर खाली थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीय हस्त पण्डितले दिएको जानकारीअनुसार राति ७: ४५ बजे पुल बगाएको हो ।  मेलम्ची– ७ र ८ पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पको यो पुल  थियो । पुल बगाएसँगै अब यो भेगमा सवारी साधानको आवतजावत बन्द भएको छ ।

त्यस्तै ग्यालथुमको एउटा झोलुङ्गे पुल बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अहिले ग्याल्थुमका ४० घर जोखिममा परेका छन् ।अब मेलम्ची बजारदेखिमाथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । खोलामा लेदोसहितको बाढी आएको र “बाढी घट्ने, बढ्ने भइरहेको उनको भनाइ थियो । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बुमा सवारीसाधन जान नसकेको त्यहाँका नगरप्रमुख डम्बर अर्यालले जानकारी दिए ।

बजारबासी आन्दोलित
नगरपालिकाले नदी नियन्त्रण गरी बस्ती जोगाउन चासो नदिएको भन्दै मेलम्ची बजारबासी आन्दोलित भएका छन् । आइतबार उनीहरुले नगरप्रमुख र त्यहाँका पदाधिकारी नदी नियन्त्रण गरी बस्ती जोगाउन उदासिन रहेको भन्दै नाराबाजी गरे । बाढी आएको दिनदेखि नगरका प्रतिनिधि आफ्नो क्षतिग्रस्त बस्तीमा नआएको स्थानीय बाढी प्रभावित एवं मेलम्ची पुन:निर्माण समितिका अगुवा सागर श्रेष्ठले बताए ।
 
जोखिम घट्ने स्थिति छैन स् शेर्पा

बाढ़ीग्रस्त क्षेत्रको मुहान हेलिकप्टरमार्फत पुगेर अनुगमन गरी काठमाडौँ फर्किएका गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले तत्काल पहिरोको जोखिम घट्ने स्थिति नभएको बताए । मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुको विकल्प नभएको उनको भनाइ थियो । लेदो भीमथाङबाट बग्नेक्रम जारी छ, वैकल्पिक बसोबासका लागि म प्रयासरत छु,  यही क्रममा गृहमन्त्रीसँग वस्तुस्थितिको जानकारी गराइसकेको छु । “प्रधानमन्त्रीसँग समेत भेटेर जानकारी गराउनेछु”, उनले भने, “त्यहाँको पहिरो रोक्नका लागि सरकारले विज्ञ पठाएर अनुसन्धान गर्नुपर्ने उनको माग थियो ।

विज्ञसहितको टोली भेम्राथाङ पठाइने

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिएका छन् । बाग्मती प्रदेशसभा सदस्य निमा लामाका अनुसार पहिरोको उद्गमस्थल पुगेर त्यहाँको अवस्थाबारे अध्ययन गर्न राष्ट्रिय विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई गृहमन्त्री खाँणले बिहानै निर्देशन दिएका हुन् ।

चनौटेमा तत्काल बेलिब्रिज निर्माण गरिने

हेलम्बु गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने चनौटेको रातो पुलको स्थानमा तत्काल बेलिब्रिज निर्माण गरिने भएको छ । बाढीले आइतबार बिहान सो पुल बगाएको थियो । नेपाली काँग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारको सहयोगमा तत्काल आवतजावतका लागि सहजीकरण गर्ने उद्देश्यले बेलिब्रिज निर्माणका लागि पहल गरिने बताएका हुन् । बाढीबाट भएको क्षतिबारे प्रधानमन्त्री तथा गृहमन्त्रीलाई जानकारी गराइएको बताउँदै उनले तत्काल पुल निर्माण शुरु गरिने प्रतिबद्धता व्यक्त गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending