Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

गलत प्रवृत्तिका विरुद्ध सतिसालझै उभिन अखिल फोर्सलाई नेपालको निर्देशन

खबरडबली संवाददाता
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र र परिवर्तनको खम्बाका रूपमा स्थापित विद्यार्थी सङ्गठनलाई गलत प्रवृत्तिका विरुद्धमा सतिसालझै उभिन निर्देशन दिएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आज यहाँ आयोजित अखिल फोर्र्स बृहत् भेलामा उनले अहङ्कारले मानिसलाई पतन गराउने भएकाले निरंकुश र स्वेच्छचारी प्रवृत्ति नियन्त्रणका लागि इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिए ।
 
वरिष्ठ नेता नेपालले भने, “राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको देशभक्त नेपाली विद्यार्थी अखिलबाट पुर्खाको सम्मान र इतिहासप्रति गौरव होस्, सङ्गठनको ओजलाई थप उचाइमा पुर्‍याउनुस्, सही विचार माक्र्सवाद हो, यसको अध्ययन गर्नुस् ।” लोकतान्त्रिक आन्दोलनको प्रभावलाई ठिक बाटोमा ल्याउने काममा सर्वोच्च अदालतबाट भएको निर्णयप्रति सम्मान व्यक्त गर्दै उनले प्रतिनिधिसभाका सदस्यहरूले संविधान र लोकतन्त्रको रक्षा गर्न खेलेको भूमिकाले आगामी दिनमा जालझेल र षड्यन्त्र गरेर प्रतिनिधिसभा विघटन  गर्ने दुष्प्रयास गर्न नसक्ने धारणा व्यक्त गरे।
 
सुसंस्कृत, सभ्य र मूल्य मान्यतामा आधारित समाज निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सुझाव दिँदै उनले लामो समयदेखि गलत बाटोमा गइरहेको कम्युनिष्ट आन्दोलनमा सही दिशामा हिँडाउन आवश्यक रहेको धारणा व्यक्त गरे । पूर्वप्रधानमन्त्री नेपालले  दार्चुलामा भएको घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन गरी अनुसन्धानको व्यवस्था गर्न सरकारलाई सुझाव दिए । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नेपाल समूहका अध्यक्ष सुरेश पराजुलीले राष्ट्रियता, लोकतन्त्र र परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको सङ्गठनले पार्टी र वाम एकताको पक्षमा निरन्तर लागिरहेको बताए।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending