काठमाडौँ । दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले देखाएको अमानविय व्यवहारप्रति नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)ले गम्भीर ध्यानाकर्षण गराएको छ । महाकाली नदीमा अवस्थित तुइनबाट यात्रा गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले तुइनको फलामे तार काटिदिएका कारण दार्चुलाको ब्यास गाउँपालिका-२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर बेपत्ता भएपछि वाइसीएलले विज्ञप्ति जारी गरेको छ ।
'सर्वप्रथम २१ औं शताब्दीको आधुनिक युगमा गरिएको यस प्रकारको जंगली बर्बरता र अमानवीय हर्कतको निन्दा गर्दै मृतक धामीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं एवं शोकसन्तप्त परिवारजन र आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दछौं ।
नेपाल र भारत भौगोलिक दृष्टिले छिमेकी हुनुका नाताले सीमा एवं आर्थिक-सामाजिक क्षेत्रमा बहुआयमिक सम्बन्ध रहिआएको छ । तर, छिमेकी मुलूकसँग समानता र स्वतन्त्रताका आधारमा भातृत्वपूर्ण सम्बन्ध स्थापित गर्नुपर्नेमा भारतीय संस्थापन पक्षले पटकपटक नेपाल र नेपाली जनतामाथि आक्रमण र ज्यादती गरिरहेको छ । नेपाल विश्वको एक स्वाधीन, स्वतन्त्र र गौरवशाली इतिहास बोकेको मुलूक हो' वाइसीएलद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'हाम्रो स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमान हाम्रा लागि प्राणभन्दा प्यारो छ । नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता एवं स्वाभिमानमाथि भारतीय सत्तापक्ष र सुरक्षा फौजले पटकपटक गर्दै आएको यस प्रकारको ज्यादतीले छिमेकी मुलूकहरूसँग भारतको सम्बन्ध दिनप्रतिदिन खस्किँदो छ । तसर्थ, हामी आफ्नो बिस्तारवादी हस्तक्षेप र अमानवीय ज्यादतीलाई रोकी छिमेकी मुलूक एवं नागरिकहरूप्रति समानताको व्यवहार गर्न भारतीय सत्तापक्ष र सम्वद्ध सबैसँग जोडदार माग गर्दछौं ।'
शुक्रबार भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति एवं राहतका निम्ति नेपाल सरकारसँग वाइसीएलले जोडदार माग गरेको छ । नेपाल सरकारका तर्फबाट भारतीय राजदूतावासलाई घटनाको स्पष्टीकरण लिन समेत माग गरेको गरेको छ । साथै यस प्रकारको ज्यादतीपूर्ण घटनाका विरुद्ध खबरदारी र देशको स्वाधीनताको पक्षमा एकीकृत संघर्षका लागि सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रजातान्त्रिक युवाहरूमा हार्दिक आव्हान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १२:२३
काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको ...
फाल्गुन १९ गते, २०८२ - १२:१७
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन १९ गते, २०८२ - १२:१६
काठमाडौं । लुटपाट गर्न खोज्ने दुई जना युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ९ स्थित चिल्मिलिया २१ ...
फाल्गुन १९ गते, २०८२ - १२:०४
काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख ...
फाल्गुन १९ गते, २०८२ - १२:००
एजेन्सी । युुनाइटेड स्टेट्स र इरानबीचको द्वन्द्व खुला सैन्य चरणमा प्रवेश गरेपछि यसको आर्थिक, सामरिक र रणनीतिक लागतबारे बहस तीव्र बनेको छ। अमेरिकी रा...
फाल्गुन १९ गते, २०८२ - ११:५१
काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि उकालो लागेको छ । सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज मंगलबार पनि २ हजार ५ सय रुपैयाँ बढेको ...
फाल्गुन १९ गते, २०८२ - ११:४९
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले ६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ ...
फाल्गुन १८ गते, २०८२ - २०:४८
अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...
फाल्गुन १८ गते, २०८२ - २०:४७
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...
फाल्गुन १८ गते, २०८२ - २०:३८
काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...



प्रतिकृया लेख्नुहोस्: