Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

खबरडबली संवाददाता

वीरगञ्‍ज । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरियामल उपलब्ध गराउने भए पनि थप दुई हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन सम्बन्धित कार्यालयमा आइपुगेको वीरगञ्ज कार्यालयका प्रदेश प्रबन्धक गोरखनाथ केसीले राससलाई बताए । उनका अनुसार शुरुमा बङ्गलादेशले दिने ५० हजार मेट्रिकटन युरिया मलबाहेक थप दुई हजार मेट्रिकटन मलसमेत दिने सम्झौता भएपछि जम्मा ५२ हजार मेट्रिकटन मल केही दिनअघि नेपाल भित्रिएको हो ।

 दुवै देशका सरकारबीच भएको सम्झौताअनुसार नेपाल सरकारले साउन महिनाभित्र सबै मल प्राप्त गरिसक्नुपर्नेमा विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भए पनि अहिले सबै मल आइसकेकाले किसानलाई मलको अभाव नदेखिने प्रबन्धक केसीले भने ।

अघिल्लो वर्षसम्म मलको अभाव खेपिरहेका किसानलाई यस वर्ष समयमा मल पाउँदा र चाँडै रोपाइँ शुरु भएकाले पर्सा जिल्लामा यस वर्ष ३० प्रतिशतले बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र पर्साका बालीविज्ञ सुरेशप्रसाद चौरसियाले बताए । 

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया, डिएपी र पोटास मल मौज्दात अवस्थामा रहेको छ । उक्त मल पहिलो चरणको धान खेतीका लागि पर्याप्त भएको देखिन्छ । सो कार्यालयले आफ्ना १३१ जना थोक बिक्रेतामार्फत सिधै किसानसम्म मल पुर्‍याउने गरेको छ । एक पटकमा एक थोक बिक्रेतालाई बढीमा एक पटकको लागि १३० बोरासम्म मल दिने गरेको छ । सो मल बिक्रेताले स्थानीय तहले तोकेको मूल्यमा मल बेच्नुपर्ने प्रावधान रहेको छ । कतिपय बिक्रेताले मल ल्याउँदा ढुवानी खर्च बढी लाग्ने, बाटोमा प्रहरीले रकम माग्ने गरेकाले बढी खर्चको बहानामा किसानलाई चर्को मूल्यमा मल बेचेर कालोबजारी गर्ने गरेको किसानको आरोप छ ।
   
धान लगाउने सिजन शुरु भएपछि किसानलाई सोझै कार्यालयले मल उपलब्ध नगराई थोक बिक्रेतामार्फत मल उपलब्ध गराउने गरेकाले चर्को मूल्यमा मल खरिद गर्न बाध्य रहेको रामगढवाका किसान विजय पण्डितको गुनासो छ । पर्सा जिल्लामा ९० प्रतिशत किसानले धानखेती गर्दै आएका छन् । पर्सामा कूल ४६ हजार ६०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । चौध स्थानीय तह रहेको जिल्लामा हालसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।  रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...

१२५ ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गरायो काठमाडौं महानगरले, सहभागीले भने– ‘मन हलुका भयो’

काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...

घरजग्गा व्यवसाय संकटमा, नीतिगत सहजीकरण गर्न व्यवसायीको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...

भाडाका सवारी साधनमा करको भारी बोझ, वार्षिक कर २ हजार ५ सय रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...

साताभर देशभर वर्षाको सम्भावना, कोशी–बागमतीमा भारी वर्षा हुन सक्ने

काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...

घर भत्काउने निर्णयविरुद्ध संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...

बजेट ‘गैरजिम्मेवार र हावादारी’ रहेको एमालेको निष्कर्ष, संसद् नियमावली संशोधनको प्रतिरोध गर्ने

काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...

राप्रपामा विभाजनको चर्चा बीच पूर्वअध्यक्षहरूको आह्वान– ‘पार्टी नछाडौँ, संगठन निर्माणमा जुटौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...

सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending