Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

यसकारण सरकारमा जाँदैन माधव नेपाल समूह

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूह तत्काल सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका केही सांसदले सरकारमा जान दबाब दिए पनि तत्काललाई बाहिरै बस्ने निष्कर्षमा नेपाल समूह पुगेको हो । 

नेता नेपालले बुधबार देउवालाई विश्वासको मत दिएका आफूपक्षीय सांसदलाई बोलाएर उनीहरूको धारणा बुझ्नुका साथै पछिल्लो समसामयिक राजनीति र पार्टीको आन्तरिक विवाद समाधानका विषयमा भएका प्रयत्नबारे छलफल गरेका थिए । छलफलमा सहभागी अधिकांश सांसदले सरकारमा जानुपर्ने सुझाव राखेका थिए । सांसद विरोध खतिवडाका अनुसार नेता नेपालले एकताको प्रयास भइरहेकाले तत्काल सरकारमा जान सम्भव नभएको बताएका थिए । ‘विभिन्न कारणले सरकारमा हामी तत्काल जाँदैनौं । एकताको प्रयास पनि भएको छ,’ खतिवडाले भने । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा नेता नेपालका तर्फबाट प्रतिनिधित्व गरेका एमाले केन्द्रीय सदस्य विजय पौडेलले पनि तत्काल सरकारमा सहभागी हुन विभिन्न कठिनाइ भएको बताएका थिए ।

आजको कान्तिपुरमा खबर छ- सांसदहरूसँगको छलफलमा नेता नेपालले ओलीका तर्फबाट र आफ्नै समूहका नेताहरूबाट दोस्रो अध्यक्ष बन्न दबाब आएको तर आफूले अस्वीकार गरेको जानकारी गराएका थिए । ‘म पदको लोभी हैन, दोस्रो अध्यक्षमा जान्नँ । म पार्टीको विधि, पद्धति र केपीले बिगारेका काम सुधार्ने पक्षमा छु । केपी सुध्रेर आउने या हट्ने स्थितिमा मात्रै अध्यक्षमा जाने हो । अन्यथा म जान्नँ,’ नेपालले भनेका थिए, ‘मलाई हाम्रै साथीहरूले कुनै हालतमा दोस्रो अध्यक्षमा जानुपर्छ भनेर दबाब दिएका छन् । तर म केपीको जालझेलमा पर्नेवाला छैन ।’

नेपालले पार्टी सञ्चालनका लागि संयन्त्र बनाए आफ्नो सहयोग रहने बताएका थिए । ‘बरु तीन सदस्यीय संयन्त्र बनाए हुन्छ । केपी ओली, झलनाथ खनाल, वामदेव गौतमको संयन्त्र भए हुन्छ अथवा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल वा अरू कोहीको संयन्त्र बनाउने र पार्टीलाई अगाडि बढाउने हुन सक्छ,’ नेपालले भनेका थिए, ‘तर, त्यो संयन्त्रमा पनि म बस्दिनँ, वरिष्ठ नेतामा नै बसेर सहयोग गर्छु । महाधिवेशनपछि एकल अध्यक्षमा जाने ।’ सांसद खतिवडाका अनुसार नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा पनि यस्तो अभ्यास भएको उल्लेख गर्दै नेता नेपालले एमालेमा पनि तत्काल संयन्त्र बनाएर जान सकिने प्रस्ताव अगाडि सारेका हुन् ।

तर एकताका लागि ओलीको नियत राम्रो नरहेको नेपालको भनाइ थियो । ‘ओलीको नियत, आचरण अहिले पनि जालझेल, छल गर्ने नै देखिन्छ । शुद्ध आत्माले पार्टी एकतामा आउने मनसाय देखिँदैन,’ उनको भनाइ उद्धृत गर्दै खतिवडाले भने, ‘उनका दूत र हाम्रै साथीहरूले पनि केपी यो–यो कुरामा सहमत छन् भन्ने गर्नुभएको छ । सहमत भएको कुरा तपाईंहरूले भन्ने हैन, उनको मुखबाट नै बोल्न लगाउनुस् न भनेको छु ।’

लिखित सम्झौता र पार्टी बैठकबाट भएका निर्णय पनि ओलीले नमानेको उल्लेख गर्दै नेपालले सबै विषयमा प्याकेजमा सहमति हुनुपर्ने बताएका थिए । ‘केपीले सच्चा मनले एकता चाहेका छैनन् । जालीझेली गरेर फसाउने र घाइते भएको साँपले दूध खाएर तङ्ग्रिएपछि डस्ने नै हो भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ खतिवडाले भने ।

सम्मानजनक एकता सुनिश्चित नभएसम्म कुनै भ्रममा नपर्न सांसदहरूले नेपाललाई सुझाव दिएका थिए । ‘सम्मानजनक एकता नहुने हो भने नयाँ पार्टी गठनका लागि हाम्रो साथ रहन्छ, जे गर्नुपर्ने हो, तपाईंले निर्णय लिनुस् भनेर अधिकांश कमरेडले भन्नुभएको छ,’ अर्का एक सांसदले भने, ‘तर, माधव कमरेड केही बोल्नु भएन ।’ छलफलमा पार्टी एकता समाधानका लागि गठन भएको कार्यदलका सदस्यहरू बोलाइए पनि सहभागी नभएको ती सांसदले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...

१२५ ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गरायो काठमाडौं महानगरले, सहभागीले भने– ‘मन हलुका भयो’

काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...

घरजग्गा व्यवसाय संकटमा, नीतिगत सहजीकरण गर्न व्यवसायीको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...

भाडाका सवारी साधनमा करको भारी बोझ, वार्षिक कर २ हजार ५ सय रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...

साताभर देशभर वर्षाको सम्भावना, कोशी–बागमतीमा भारी वर्षा हुन सक्ने

काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...

घर भत्काउने निर्णयविरुद्ध संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...

बजेट ‘गैरजिम्मेवार र हावादारी’ रहेको एमालेको निष्कर्ष, संसद् नियमावली संशोधनको प्रतिरोध गर्ने

काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...

राप्रपामा विभाजनको चर्चा बीच पूर्वअध्यक्षहरूको आह्वान– ‘पार्टी नछाडौँ, संगठन निर्माणमा जुटौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...

सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending