Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

सरकारमा सहभागी हुन् माधव नेपाललाई को-कसले दिए दबाब ?

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् ।

बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका थिए ।

नेपाल समाचारपत्रमा खबर छ- छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए । उनले भने– ‘हामी सरकारमा जान्छौं, केही कानुनी कुरामा केही समय लागेको मात्र हो, सरकारमा सहभागी हुने विषयमा कानुनविद्सँग पनि परामर्श भइरहेको छ ।’ संविधान र संसद् बचाउनका लागि देउवालाई प्रधानमन्त्री बनाइसकेका अवस्थामा आफूहरू सरकारमा सहभागी नहुने भन्ने प्रश्न नै नभएको उल्लेख गर्दै चौधरीले भने– ‘हामी सरकारमा जान्छौं, सरकारमा सहभागी हुने विषयमा २२ सांसदको एउटै मत छ ।’

वरिष्ठ नेता नेपाल भने पार्टीभित्र एकताको प्रयास जारी रहेकाले तत्काल सरकारमा सहभागी नहुने अडानमा रहेका छन् । तर, नेपाल पक्षीय कतिपय सांसद भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । सांसद चौधरीका अनुसार बैठकमा एमाले संसदीय दलको नेतासमेत फेर्नुपर्ने माग उठेको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बूढानीलकण्ठमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहभागी नेपाल समूहका नेता विजय पौडेलले तत्काल सरकारमा सहभागी नहुने जानकारी गराएका थिए । नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब दिँदै आएका छन् ।

सत्तारूढ गठबन्धनले नेपाल समूहकै पर्खाइमा सरकार बनेको दुई साता बितिसक्दा समेत मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन । देउवा नेतृत्वको सरकार बनाउने निर्णायक भूमिका निर्वाह गरेको नेपाल समूहले प्रतिनिधिसभामा फ्लोरक्रस गर्दै २२ जना सांसदले विश्वासको मत दिएका थिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुने/नहुने विषयमा नेपाल समूहले ठोस निर्णय गर्न सकेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...

१२५ ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गरायो काठमाडौं महानगरले, सहभागीले भने– ‘मन हलुका भयो’

काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...

घरजग्गा व्यवसाय संकटमा, नीतिगत सहजीकरण गर्न व्यवसायीको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...

भाडाका सवारी साधनमा करको भारी बोझ, वार्षिक कर २ हजार ५ सय रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...

साताभर देशभर वर्षाको सम्भावना, कोशी–बागमतीमा भारी वर्षा हुन सक्ने

काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...

घर भत्काउने निर्णयविरुद्ध संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...

बजेट ‘गैरजिम्मेवार र हावादारी’ रहेको एमालेको निष्कर्ष, संसद् नियमावली संशोधनको प्रतिरोध गर्ने

काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...

राप्रपामा विभाजनको चर्चा बीच पूर्वअध्यक्षहरूको आह्वान– ‘पार्टी नछाडौँ, संगठन निर्माणमा जुटौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...

सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending