Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

जसपामा को-को छन् मन्त्री बन्‍ने लाइनमा ? यी नेतालाई यादवले दिएका थिए मन्त्री बनाउने बचन

खबरडबली संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए। बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताए। बुधबार पुनः बैठक बोलाइएको छ।  

मन्त्री छान्नेबारेमा मापदण्ड बनाउन बैठक बोलाइएको थियो। बैठकमा बोल्ने अधिकांश कार्यकारिणी सदस्यहरूले समावेशी आधारमा मन्त्री छान्न पार्टी नेतृत्वलाई दबाब दिएको सिंहले बताए। समावेशी आधारमा मन्त्रीको सूची बनाए पनि आधारभूमि मधेसलाई बिर्सन हुन्न भन्ने सुझाव आएको अर्का कार्यकारिणी सदस्य रमेश यादवले बताए। ‘भूगोल, समुदाय तथा सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी मन्त्री छान्नुपर्छ तर हाम्रो मुख्य आधार भनेको मधेस हो। यसमा विचार गर्नुपर्छ भन्ने सुभाव आएको छ,’ यादवले भने।

आजको नागरिकमा खबर छ- स्रोतका अनुसार मन्त्री छान्न यादवलाई आफूनिकटबाट ठूलो दबाब आएको छ। मन्त्री हुनकै लागि ठाकुर पक्षका केही सांसदहरू कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन्। सुरुदेखि नै यादवलाई साथ दिएका नेताहरूलाई पनि मन्त्री बनाउन बाध्यता यादवलाई छ। मन्त्रीको लागि महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्रसिंह यादवले चाहना राखेका छन्। निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अन्तिम समयमा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिएका थिए। उनलाई पनि मन्त्री बनाउन उपेन्द्र यादवलाई दबाब परेको छ।

स्रोतका अनुसार, ठाकुर पक्षबाट कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका प्रमोद साहलाई ‘मन्त्री बनाउँछु’ भन्ने आश्वास अध्यक्ष यादव स्वयंले दिएका छन्। त्यसैले प्रमोदलाई मन्त्री बनाउन यादवलाई दबाब परेको छ। रेणुका गुरुङ मन्त्री हुनका लाागि कित्ता परिवर्तन गरेकी छन्। ओली सरकारमा पनि रेणुका मन्त्री भएकी थिइन्। फेरि मन्त्री हुन पाइन्छ कि भन्ने गुरुङलाई ठूलो आशा छ। मन्त्री हुनको लागि अमृता अग्रहरिले पनि कित्ता परिवर्तन गरेकी छन्। उनलाई पनि मन्त्री बनाउने आश्वासन यादवपक्षीय नेताहरूले दिएका छन्। पाएमा राज्यमन्त्री खान पाइन्छ कि भन्ने आशा लीला सिटौललाई छ। सिटौलाले सुरुदेखि नै यादवलाई साथ दिएकी छन्। डा. सूर्यनाराण यादव र सुरेन्द्र यादवले पनि मन्त्री हुनका लागि विभिन्न माध्यमबाट लबिङ गरिरहेका छन्। 

ओली प्रधानमन्त्री भएको बेला सुरेन्द्र सरकारबाट हटाइएका थिए।  सरकारमा अध्यक्ष यादव आफैँ सहभागी हुने कि नहुने भन्ने पनि टुंगो नलागेको कार्यकारिणी सदस्य रमेश यादवले बताए। ‘केही कार्यकारिणी सदस्यहरूले अहिलेको सरकार चुनावी सरकार भएकोले अध्यक्ष आफैं सरकरमा जानुपर्छ भन्ने सुझाव आएको छ,’ यादवले भने, ‘तर, केहीको सुझाव यसपटक अध्यक्ष सरकारमा जानुहुन्न  भन्ने रह्यो।’

ठाकुरको कानुन व्यावसायीसँग सल्लाह 

 निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो लागेका छन्। उनीहरूले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका थिए। यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताकोलागि निवेदन दिएका छन्।  

स्रोतका अनुसार, ठाकुर र महतोको चाहना पूरानो राजपा ब्युझाउँने हो तर उपेन्द्र यादवनिकट नेता हरिनारायण यादवले राजपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। यादवले आयोगमा निवेदन दिएको दुई दिनपछि मात्र ठाकुरनिकट एक नेताले राजपा दर्ताको लागि आयोगमा निवेदन दिएका थिए। 

पुरानो राजपा नाम पाउने सम्भावना कति रहन्छ भन्ने विषयमा पनि ठाकुरले कानुन व्यवसायीसँग सल्लाह गरेको स्रोतले बतायो। ठाकुरनिकट एक नेताले भने, ‘सकेसम्म पुरानो राजपा ब्युझाउँने प्रयास रहन्छ। त्यो नभए लोकतान्त्रिक समाजवादी पार्टी नाम गरेको पार्टी खोल्ने सम्भावना पनि छ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...

१२५ ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गरायो काठमाडौं महानगरले, सहभागीले भने– ‘मन हलुका भयो’

काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...

घरजग्गा व्यवसाय संकटमा, नीतिगत सहजीकरण गर्न व्यवसायीको माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...

भाडाका सवारी साधनमा करको भारी बोझ, वार्षिक कर २ हजार ५ सय रुपैयाँसम्म बढ्यो

काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...

साताभर देशभर वर्षाको सम्भावना, कोशी–बागमतीमा भारी वर्षा हुन सक्ने

काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...

घर भत्काउने निर्णयविरुद्ध संघर्ष समिति गठन, आन्दोलनका कार्यक्रम घोषणा

महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...

बजेट ‘गैरजिम्मेवार र हावादारी’ रहेको एमालेको निष्कर्ष, संसद् नियमावली संशोधनको प्रतिरोध गर्ने

काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...

राप्रपामा विभाजनको चर्चा बीच पूर्वअध्यक्षहरूको आह्वान– ‘पार्टी नछाडौँ, संगठन निर्माणमा जुटौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...

सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending