काठमाडौँ । दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ ।
केही दिनअगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । कार्यविधि पारित भएसँगै नेपालमा फाइजी सञ्चालनको बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले फाइभजी परीक्षणका लागि कार्यविधि तयार भएको बताए । उनका अनुसार उक्त कार्यविधि तयार भएसँगै अब सबै सेवा प्रदायकले परीक्षणका लागि आवेदन दिन सक्नेछन् ।
कार्यविधिअनुसार फाइभजी तथा सम्भावित नयाँ प्रविधि परीक्षण गर्न चाहने सेवा प्रदायकले अब परीक्षण मोडालिटी, नयाँ प्रविधिबारे जानकारी, परीक्षण गरिने स्थान, उपलब्ध गराउने सेवा तथा प्रक्रिया, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी विवरण, नेवटर्क जडान तथा सञ्चालनको समय तालिकासहितको कार्ययोजना निवेदन प्राधिकरणमा पेश गर्नुपर्नेछ ।
परीक्षणका लागि प्राधिकरणले अधिकतम १ वर्षका लागि नि:शुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने र सम्पन्न भएपछि पुन: फिर्ता लिनेछ । सेवाप्रदायकले पनि परीक्षणकालभरि सेवाग्राहीबाट कुनै शुल्क उठाउन पाउनेछैन । यस्ता प्रविधि परीक्षण गर्दा सेवा प्रदायकले ग्रामीण र शहरी दुवै क्षेत्र समेट्नु पर्नेछ । स्वीकृति लिई परीक्षण शुरु गर्दा आवश्यक पर्ने हार्डवेयर तथा सफ्टवेयर आयात तथा जडान कार्य सम्पन्न गरी प्राधिकरणलाई अनिवार्य जानकारी गराउनुपर्नेछ ।
स्वीकृत भएको तीन महिनासम्म पनि आवश्यक उपकरण आयात तथा जडानसम्बन्धी कार्यमा प्रगति नदेखिएमा प्राधिकरणले रद्द गर्ने कार्यविधिमा उल्लेख छ ।
परीक्षणकालमा प्रयोग भएका उपकरणलाई सेवाप्रदायकले प्राधिकरणको अनुमति लिएर फोरजीका लागि पुन: प्रयोग गर्नसक्नेछ । प्रयोग नभएको खण्डमा प्राधिकरणकै रोहोवरमा त्यसलाई सिल गरेर राख्नु वा सम्बन्धित बिक्रेतालाई फिर्ता दिई नियामकलाई जानकारी गराउनुपर्नेछ ।
यसअघि नेपाल टेलिकमले फाइभजी परीक्षणका लागि प्राधिकरणमा आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेको छ । फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण नभएकाले टेलिकमले फाइभजीको परीक्षण गर्न पाएको छैन । गत फागुनमा प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको थियो । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसँगै फाइभजी सेवा विस्तारको बाटो खुलेको थियो ।
प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिएको थियो तर उक्त समितिले स्वीकृत गरिसकेको छैन । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: