Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

सत्तारूढ गठबन्धनको बैठक सकियो, मन्त्री छान्‍ने जिम्मा दलका शीर्ष नेतालाई

खबरडबली संवाददाता

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक सुरु भएको सकिएको हो ।

बैठकमा मन्त्रिमण्डल बिस्तार छिटो गर्ने विषयमा छलफल भए पनि कहिले बिस्तार गर्ने भन्ने निष्कर्ष निस्किएन ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदलाई छिटो पूर्णता दिनेलगायत विषयमा छलफल भएको बताए । ‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा भयो। मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिनेबारे पनि कुराकानी भएको छ,’ बैठकपछि महामन्त्री खड्काले भने, ‘मन्त्रिमण्डल कहिले बिस्तार गर्ने भन्ने ठोस निर्णय भएको छैन । छिट्टै गर्ने भन्नेछ ।’ बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ । 

गठबन्धनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत थिए ।

एमालेका माधवकुमार नेपाल समूहलाई मन्त्रालय बाँकी राखेर काँग्रेस, माओवादी र जसपा सम्मिलित मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । 

देउवा नेतृत्व सरकारमा यसअघि कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । त्यस्तै माओवादीबाट दुई जना मन्त्री छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आसन्न निर्वाचन र परिणाम !

अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा ४ जना घाइते

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...

निर्वाचनभरी न्यायालय बन्द, प्रधानन्यायाधीश राउतको भूमिका प्रश्नमा

काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...

झापा–५ मा कडा सुरक्षा व्यवस्था : चोक–चोकमा सवारी चेकिङ

झापा    । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष र...

बेरुतमा शक्तिशाली विस्फोट: राजधानी नै थर्कियो

काठमाडौं  ।  लेबनानको राजधानी बेरुतमा आज साँझ एक शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राती ८:०० बजे सुनिएको यो विस्फोटको आवाजले पूरा सहर थर्किए...

सोमबार त्रिभुवन विमानस्थलबाट हुने ३१ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...

राष्ट्रका नाममा राष्ट्रपतिकाे सम्बोधन (पूर्णपाठ)

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको या...

रामेछापमा श्यामकुमार श्रेष्ठको मत अपिल : ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह

रामेछाप । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा श्याम कुमार श्रेष्ठ (कुशल) ले मतदातासँग पुनः समर्थनको अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अप...

बागलुङमा युवा उम्मेदवारको उदय : पाँच अनुहारको अग्नी परीक्षा

बागलुङ  । बागलुङका दुई प्रतिनिधिसभा क्षेत्रमा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा ४० वर्षमुनिका पाँच युवा अनुहार विशेष चासोका केन्द्र बनेका छ...

हल्लाका कारण पेट्रोल पम्पमा चाप, अभाव नभएको निगमकाेे स्पष्टोक्ति

काठमाडौं। नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नरहेको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न पेट्रोल पम्पहरूमा देखिएको लामो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE