Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

प्रदेशका प्रमुखमा नियुक्त दिव्यनगरका दुई 'भाइ' : चुनावमा शेरचनले हराएका थिए गुरुङलाई

खबरडबली संवाददाता

चितवन । फरक विचारको राजनीति जीवनयात्रामा रहेका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुन । सरकारले मङ्गलबार उनीहरू दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो । शेरचन लुम्बिनी र गुरूङ गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।  
 
दुवै जना भरतपुर महानगरपालिका-२६ दिव्यनगर गाउँका हुन । भरतपुर-मेघौली सडकमा पर्ने थकाली चोकमा शेरचनको र धर्मभकारी चोकमा गुरूङको घर पर्दछ । वामपन्थी राजनीतिबाट अघि बढेका शेरचन र कांग्रेसको राजनीतिमा अघि बढेका गुरुङ दुवैले इमान्दार नेताको छवि बनाएका छन् । विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट दुवै जना उम्मेदवार थिए । त्यतिबेला शेरचनले जिते भने गुरुङ निकटतम प्रतिद्वन्द्वी बने ।
 
को हुन् शेरचन ?
इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्छन् शेरचन  । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताउनुभएका उनी निर्भीक, निडर र इमान्दार  मानिन्छन् । विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी-९ मा बडिबहादुर र उमादेवीका पुत्रका रूपमा जन्मिएका उनी हाल भरतपुर महानगरपालिका-२६ का स्थायी बासिन्दा हुन  । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन)को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए । तत्कालीन समयमा पञ्चायतविरोधी अभियानमा सक्रिय उनले विभिन्‍न समयमा कारागार जीवन बिताएका छन् ।
 
विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य थिए । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रूपमा घोषणा गरिएको वामपन्थी नेता साध्यबहादुर भण्डारीले जानकारी दिए ।
 
नेता भण्डारीका अनुसार पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको थियो । शेरचन विसं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भए । त्यसको केन्द्रीय अध्यक्षमा डा बाबुराम भट्टराई थिए । नेता भण्डारीका अनुसार विसं २०५१ मा संयुक्त जनमोर्चाबाट डा भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।
 
एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नं ३ बाट निर्वाचित थिए । विसं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी  विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी)मा समाहित भएको थियो  । उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए । यससँगै उनले पार्टीको अनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरे । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत बनेका थिए ।
 
विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नं ५ बाट विजयी भए । राज्य विद्रोहको मुद्दा लागेर पटकपटक हिरासतमा रहँदा त्यहीँ प्रहरीलाई समेत कुटपिट गरेका शेरचन कम्युनिष्ट नेताहरूमध्येका साहसी नेता भएको उनीसँग निकट रहेर राजनीति गरेका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले बताए । शेरचन नेकपा (एमाले) र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य थिए । यसअघि उनी गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँको ठाउँमा चितवनकै सीता पौडेललाई नियुक्त गरेको थियो ।
 
को हुन् गुरुङ ?
विसं २००६ माघ २५ गते कास्कीको घलेल गाउँमा जन्मिएका गुरुङले प्राथमिक शिक्षा त्यहीँको घलेल गाउँमा अध्ययन गरे । विसं २०१८ मा चितवन झरेका गुरुङले विसं २०२४ मा जुद्धोजय हाइस्कूल काठमाडौँबाट एसएलसी उत्तीर्ण गरे । उनले अमृत साइन्स कलेजबाट आइएस्सी, त्रिचन्द्र कलेजबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गरे ।
 
विसं २०३४ मा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापकमा नियुक्त भएका उनी त्यसको एक वर्षपछि राजनीतिक मुद्दा लागेर बर्खास्तमा परे । विसं २०३६ को जनमतसङ्ग्रहमा कास्कीको निर्वाचनमा सक्रियरूपमा लागेका गुरुङ त्यसपछिका केही वर्ष काठमाडौँमा गैरसरकारी संस्थामा काम गरे ।
 
विसं २०४२ मा चितवन फर्किनुभएका उहाँ नेपाली कांग्रेस चितवनको सहसचिवमा नियुक्त भए । विसं २०४६ को जनआन्दोलनमा सङ्घर्ष समितिका पाँच सदस्यमध्ये एक गुरुङ विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट शेरचनसँगै चुनावी प्रतिस्पर्धा गरे । निर्वाचनमा पराजयपछि विसं २०४९ मा उनी सुकुम्बासी आयोगको केन्द्रीय सदस्यभए । त्यतिबेला उनी नवलपरासीको इन्चार्ज थिए ।

नेपाली कांग्रेसको विभाजनसँगै विसं २०६१ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) चितवनको सभापति बने । पार्टी एकता भएपछि सहसभापति बनेका गुरुङ त्यसयता कांग्रेस चितवनको सल्लाहकारका रूपमा क्रियाशील छन् । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ गुरुङ विद्वान र इमान्दार नेता भएको बताउँछन् । कांग्रेसलाई सशक्त बनाउन उनी आफ्नो जीवनभर लागिपरेको श्रेष्ठको भनाइ छ । अन्य प्रशस्त अवसर भएर पनि सबै त्यागेर पूर्णकालीनरूपमा कांग्रेसमा प्रतिबद्ध भएका गुरुङमाथि सरकारले न्याय गरेको श्रेष्ठले बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending