Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

संघीयता खारेजी प्रकरण : रवीन्द्र मिश्रको प्रस्तावमाथि आदिवासी जनजाति महासंघको आपत्ति

खबरडबली संवाददाता

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ । महासंघले प्रेस वक्तव्य निकालेर संघीयता खारेज र धर्मनिरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्तावमाथि आपत्ति जनाएका हुन् । 

राष्ट्रियता र संविधान विरोधी अभिव्यक्ति दिने रविन्द्र मिश्रको प्रस्तावमाथि आपत्ति रहेको बरामको विज्ञप्तिमा उल्लेख छ ।

'१० वर्षे सशस्त्र जनयुद्ध, ०६२/६३ को जनआन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेश विद्रोह लगायतका नेपाली जनताको बलिदान र आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तलाई संस्थागत गरेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तले नेपालको राष्ट्रियतालाई मजबुत बनाउँछ, राष्ट्रविकासको लागि संघीयता कोशेढुड्ढा साबित भएको छ' अध्यक्ष जगत बराममगरले भने 'राजनैतिक दलका कतिपय नेताहरुको सशंकुचित सोचले संघीयता र धर्मनिरपेक्षताको मर्म र भावना विपरितका कामहरु भइरहेका छन् र संघीयतालाई बदनाम गर्ने गरी दुस्कार्यहरु भइरहेका छन् तर पनि संघीयताकै मूल मर्म र भावना अनुसार प्रदेश र स्थानीय तहहरुमा जनताका आकांक्षा अनुरुपका कामहरु भने भइरहेका छन् ।'


सोमबार विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा सार्वजनिक गरेको प्रस्तावको चौतर्फी आलोचना भइरहेको छ । 

 प्रेस वक्तव्य
संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धि अभिव्यक्तिप्रति नेपाल आदिवासी जनजाति महासंघ घोर निन्दासहित आपत्ति प्रकट गर्दछ । आज मिति २०७८ साउन ११ गतेका दिन विभिन्न सञ्चार माध्याम तथा सामाजिक सञ्जालमार्फत संघीयता खारेजी तथा धर्मनिरपेक्षताको सम्बन्धमा जनमत संग्रह गर्ने भन्ने अभिव्यक्तिप्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । मुलुकलाई अग्रगामी ढंगले आधुनिक नेपाल बनाउने परिकल्पना गर्ने भनिएको राजनैतिक दलको शीर्षस्थ नेतृत्वमा रहेर यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ । यस्ताखाले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्तिप्रति हामी निन्दा सहित घोर आपत्ति प्रकट गर्दछौं ।

१० वर्षे सशस्त्र जनयुद्ध, ०६२/६३ को जनआन्दोलन, आदिवासी जनजाति आन्दोलन, मधेश विद्रोह लगायतका नेपाली जनताको बलिदान र आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तलाई संस्थागत गरेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तले नेपालको राष्ट्रियतालाई मजबुत बनाउँछ, राष्ट्रविकासको लागि संघीयता कोशेढुड्ढा साबित भएको छ । राजनैतिक दलका कतिपय नेताहरुको सशंकुचित सोचले संघीयता र धर्मनिरपेक्षताको मर्म र भावना विपरितका कामहरु भइरहेका छन् र संघीयतालाई बदनाम गर्ने गरी दुस्कार्यहरु भइरहेका छन् तर पनि संघीयताकै मूल मर्म र भावना अनुसार प्रदेश र स्थानीय तहहरुमा जनताका आकांक्षा अनुरुपका कामहरु भने भइरहेका छन् ।

मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढिरहेकै सन्दर्भमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तको विरुद्धमा विभिन्न षडयन्त्र भइरहेका छन् । यस्ता खाले अभिव्यक्ति र षडयन्त्रको हामीले नजिकबाट नियालिरहेका छौं र यस्ता प्रवृत्ति बढ्दै गए नेपाली जनताले त्यस्तालाई कारवाही गर्ने चेतावनी दिन चाहन्छौं । संविधानमा आदिवासी जनजातिका पनि केही असहमति र असन्तुष्टिहरु छन् तर पनि यसलाई संवैधानिक ढंगले शान्तिपूर्ण वहस गरेर संविधान संशोधन गरी समस्या सुल्झाउनु पर्ने कुरामा सहमत हुँदै नेपाल सरकार र राजनैतिक दललाई आग्रह गर्दछौं । र, अन्त्यमा, संविधान, राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र नेपाली जनताको विरुद्धमा लाग्ने जो कसैलाई पनि कारवाहीको दायरामा ल्याउन नेपाल सरकारलाई नेपाल आदिवासी जनजाति महासंघ हार्दिक आग्रह गर्दछ, र अन्यथा भएमा नेपाली जनताले कारवाही गर्ने व्यहोरा व्यक्त गर्दछ ।

अध्यक्ष: जगत बराम

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आसन्न निर्वाचन र परिणाम !

अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा ४ जना घाइते

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...

निर्वाचनभरी न्यायालय बन्द, प्रधानन्यायाधीश राउतको भूमिका प्रश्नमा

काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...

झापा–५ मा कडा सुरक्षा व्यवस्था : चोक–चोकमा सवारी चेकिङ

झापा    । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष र...

बेरुतमा शक्तिशाली विस्फोट: राजधानी नै थर्कियो

काठमाडौं  ।  लेबनानको राजधानी बेरुतमा आज साँझ एक शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राती ८:०० बजे सुनिएको यो विस्फोटको आवाजले पूरा सहर थर्किए...

सोमबार त्रिभुवन विमानस्थलबाट हुने ३१ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...

राष्ट्रका नाममा राष्ट्रपतिकाे सम्बोधन (पूर्णपाठ)

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको या...

रामेछापमा श्यामकुमार श्रेष्ठको मत अपिल : ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह

रामेछाप । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा श्याम कुमार श्रेष्ठ (कुशल) ले मतदातासँग पुनः समर्थनको अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अप...

बागलुङमा युवा उम्मेदवारको उदय : पाँच अनुहारको अग्नी परीक्षा

बागलुङ  । बागलुङका दुई प्रतिनिधिसभा क्षेत्रमा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा ४० वर्षमुनिका पाँच युवा अनुहार विशेष चासोका केन्द्र बनेका छ...

हल्लाका कारण पेट्रोल पम्पमा चाप, अभाव नभएको निगमकाेे स्पष्टोक्ति

काठमाडौं। नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नरहेको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न पेट्रोल पम्पहरूमा देखिएको लामो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE