Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

इजरायल जाने कामदारको आवेदन खुल्यो, को-को जान पाउँछन् ?

खबरडबली संवाददाता

काठमाडौँ । आजदेखि इजरायल जाने नेपाली कामदारको लागि आवेदन खुलेको छ । इजरायल र नेपाल सरकारको अन्तिम चरणको सम्झौता भएसँगै आजदेखि केयरगीभरमा जान चाहने नेपाली कामदारको आवेदन लिन लागेको हो ।

योग्य कामदारको आवेदन लिन सकिने  वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए । जान चाहनेले अनलाइनबाट निवेदन सक्नेछन् ।

‘सूचना जारी गरेको २१ दिनपछि परीक्षा सञ्चालन गरिन्छ,’ निर्देशक सुनुवारले भने । योग्यता पुगेका २५ देखि ४५ वर्षसम्मकाले आवेदन सकिने उनले जानकारी दिए ।

इजरायललाई नेपालीका लागि आकर्षक रोजगार गन्तव्य मुलुक मानिन्छ । एक हजार कामदारको माग आएको सुनुवारले बताए । ७० प्रतिशत महिला र ३० पुरुषलाई लैजाने गरी  इजरायलबाट माग आएको उनको भनाइ छ ।

सरकार-सरकार (जीटूजी) मार्फत कामदार इजरायल जान पाउनेछन् । इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ । 'प्लस टु' पास गरेर तीन महिनाको 'केयर-गिभर' तालिम लिएकाहरू प्राथमिकतामा पर्नेछन् । 

४.९ फिट र ४५ केजीभन्दा बढी तौल भएका व्यक्ति मात्रै इजरायल जान पाउने छन् । शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्ने बताइएको छ । 

विभागले आवेदकको उचाइ र तौल परीक्षण गरी अनलाइनमा प्रविष्ट गर्छ । त्यसपछि मात्रै अंग्रेजी भाषा परीक्षणमा सामेल हुन पाइन्छ । भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्‍त गरेको अंक अनलाइन प्रोफाइलमा प्रविष्ट हुन्छ । 

छनोट समितिले २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्छ । उक्त नामावली इजरायलको पीआईबीएलाई पठाइ सोको विवरण विभागको वेबसाइटमा राख्‍नुपर्नेछ । विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ ।

 न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाउनेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आसन्न निर्वाचन र परिणाम !

अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा ४ जना घाइते

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...

निर्वाचनभरी न्यायालय बन्द, प्रधानन्यायाधीश राउतको भूमिका प्रश्नमा

काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...

झापा–५ मा कडा सुरक्षा व्यवस्था : चोक–चोकमा सवारी चेकिङ

झापा    । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष र...

बेरुतमा शक्तिशाली विस्फोट: राजधानी नै थर्कियो

काठमाडौं  ।  लेबनानको राजधानी बेरुतमा आज साँझ एक शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राती ८:०० बजे सुनिएको यो विस्फोटको आवाजले पूरा सहर थर्किए...

सोमबार त्रिभुवन विमानस्थलबाट हुने ३१ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...

राष्ट्रका नाममा राष्ट्रपतिकाे सम्बोधन (पूर्णपाठ)

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको या...

रामेछापमा श्यामकुमार श्रेष्ठको मत अपिल : ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह

रामेछाप । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा श्याम कुमार श्रेष्ठ (कुशल) ले मतदातासँग पुनः समर्थनको अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अप...

बागलुङमा युवा उम्मेदवारको उदय : पाँच अनुहारको अग्नी परीक्षा

बागलुङ  । बागलुङका दुई प्रतिनिधिसभा क्षेत्रमा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा ४० वर्षमुनिका पाँच युवा अनुहार विशेष चासोका केन्द्र बनेका छ...

हल्लाका कारण पेट्रोल पम्पमा चाप, अभाव नभएको निगमकाेे स्पष्टोक्ति

काठमाडौं। नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नरहेको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न पेट्रोल पम्पहरूमा देखिएको लामो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE