Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार

खबरडबली संवाददाता

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रमअनुसारको पुस्तक छपाइ गरेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गराउन लागिएको हो । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकतानुसार लागू गर्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन । 

गाउँ शिक्षा ऐनअनुसार पाठ्यक्रमको मस्यौदा कार्यपालिका बैठकबाट पारित गरी पुस्तक छपाएर लागु गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए । “मौलिक विषयवस्तुमा आधारित कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम तयार भएको छ”, उनले भने, “स्थानीय पाठ्यक्रमअनुसार कक्षा १ को पुस्तक बनाई छापेर विद्यालयहरुलाई वितरण गर्दैछौँ ।” एक सय पूर्णाङ्कको पुस्तकमा १४ वटा एकाइ छन् । 

पुस्तकमा गाउँपालिकाको परिचय, सामाजिक संस्कार, संस्कृति, धार्मिक स्थलहरु, विकासका पूर्वाधार र हरित विद्यालय, प्राकृतिक स्रोत र सम्पदा, प्राकृतिक प्रकोप, पर्यटन, परम्परागत प्रविधि, पेशा, उद्यमशीलता र सुखी जीवन, ट्राफिक र सडक रेखासम्बन्धी शिक्षालाई समावेश गरिएको छ । 

यसैगरी नैतिकतासहितको जीवनोपयोगी शिक्षा, स्थानीय खेलकुद, स्थानीय आदर्श व्यक्तिहरु र समसामयिक विषयवस्तुलाई समेटिएको पुस्तकको पाठ्यभार घण्टा १६० घण्टा छ । पुस्तकमा सत्तरी प्रतिशत चित्र र ३० प्रतिशत शब्द राखिएको छ । ट्राफिक नियमलाई पनि पुस्तकमा राखिएको छ । 

‘हाम्रो गाउँपालिका’ नाम राखिएको कक्षा १ को एक हजार प्रति पुस्तक छपाइ भएको छ । पालिकाभरका ३६ वटा सामुदायिक विद्यालयका कक्षा १ मा २५० जनाको हाराहारीमा विद्यार्थी छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा पाठ्यक्रम निर्माणका लागि रु तीन लाख र पुस्तक छपाइ गर्न रु चार लाख ९८ हजार बजेट विनियोजन गरेको थियो । 

गाउँपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति भरत पुनले पाठ्यक्रम निर्माणका लागि विनियोजन भएको सबै बजेट खर्च नभएको बताउनुभयो । उहाँले आगामी वर्षका लागि पनि आवश्यक पर्ने कक्षा १ को पुस्तक यसै वर्ष छपाइ गरेको बताए । आगामी वर्ष कक्षा २ र ३ को पनि पुस्तक तयार पारेर लागु गर्ने गाउँपालिकाले जनाएको छ । शिक्षा शाखाका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा सरोकारवालाहरुको सहभागितामा पाठ्यक्रम र पुस्तक निर्माण भएको हो । 

शिक्षा अधिकृत कटुवालको संयोजकत्वमा विषय समिति र स्रोत व्यक्ति पुनको संयोजकत्वमा पाठ्यक्रम निर्माण तथा मस्यौदा समिति गठन भएको थियो । गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओम फगामीले संविधानले दिएको अधिकार प्रयोगसँगै बालबालिकाले आफ्नो पालिकाको बारेमा जान्ने र बुझ्ने अवसर पाउने बताए । 

“स्थानीय पाठ्यक्रम लागु भएपछि पालिकको मौलिकपन पनि बढ्ने छ”, उनले भने, “धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्रका बारेमा बालबालिकाले जान्ने र बुझ्ने अवसर पाउनेछन् ।” यसअघि बेनी नगरपालिकाले गत वर्ष जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम र पुस्तक तयार पारेर लागु गरेको थियो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनमोहन अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएपछि तनाव

काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको ...

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दा प्रेसर कुकरभित्र गोबर र माटो

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय ...

गहना लुटापाट गर्न खोज्ने दुई युवा प्रहरीको नियन्त्रणमा, एक जना फरार

काठमाडौं । लुटपाट गर्न खोज्ने दुई जना युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका  ९ स्थित चिल्मिलिया २१ ...

इरानको आक्रमणबाट बहराइनस्थित अमेरिकी सैन्य अखडा ध्वस्त

काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख ...

इरानसँगको युद्ध अमेरिकालाई कति महँगो पर्ला?

एजेन्सी  । युुनाइटेड  स्टेट्स र इरानबीचको द्वन्द्व खुला सैन्य चरणमा प्रवेश गरेपछि यसको आर्थिक, सामरिक र रणनीतिक लागतबारे बहस तीव्र बनेको छ। अमेरिकी रा...

सुन तोलामा २५ सय बढ्यो, चाँदी कतिमा हुुँदै छ कारोेबार ?

काठमाडौं । नेपाली बजारमा सुनको  भाउ मंगलबार पनि उकालो लागेको छ । सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज मंगलबार पनि २ हजार ५ सय रुपैयाँ बढेको ...

६ दिनका लागि बजारबाट एक खर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।  राष्ट्र बैंकले ६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ ...

आसन्न निर्वाचन र परिणाम !

अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा ४ जना घाइते

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...

निर्वाचनभरी न्यायालय बन्द, प्रधानन्यायाधीश राउतको भूमिका प्रश्नमा

काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE