Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

इमाडोल–लामाटार सडक : अब ६० मिटर बनाउन बाँकी

रासस

काठमाडौँ । बिस्तारका क्रममा रहेको इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको चार वर्ष बित्न लाग्दा सात किमी लम्बाइको सो सडकमा झण्डै ६० मिटर मात्रै बनाउन बाँकी छ । गोदावरी खोला नजिकै रहेको एउटा घर भत्काउन ढिलाइ हुँदा सो सडक सम्पन्न हुन नसकेको काठमाडौँ चक्रपथ बिस्तार आयोजनाले जनाएको छ । 

केही समय अगाडि महालक्ष्मी नगरपालिकाले सो घर हटाएको थियो ।  अहिले सो क्षेत्रमा सडक निर्माणका लागि पर्खाल लगाउने काम जारी रहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । उनले भने, “अहिले अरु काम सकिएपछि वर्षापछि कालोपत्र गर्न सकिन्छ ।”

सो सडक २० मिटर चौडाइमा बिस्तार गर्ने गरी ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । 

सडकमा पैदलयात्रु मार्ग र ढलसमेत निर्माण गर्ने सम्झौतामा उल्लेख थियो । तोकिएको मापदण्डानुसार चौडाइमा सडक बिस्तार गर्ने निर्माणस्थल खाली गर्न नसकिएकाले लामो समयसम्म पनि निर्माण अघि बढ्न नसकेको हो ।  ठेक्का सम्झौता गरिएपछि नै निर्माणस्थल खाली गर्न थालिएको थियो । 

यसपछि निर्माणस्थलमा रहेका रुख, बिजुलीको खम्बालगायतका विभिन्न संरचना हटाउन नसकिएको आयोजनाले जनाएको छ । सर्बोच्च अदालतलले बिस्तारका सडकमा जतिजति सडक उपलब्ध हुन्छ त्यसैमा कालोपत्र गर्ने दुई वर्ष अगाडि आदेश दिएको थियो  । आयोजनाले यसैका आधारमा बिस्तार अघि बढाइरहेको प्रमुख अधिकारीले जानकारी दिए ।

यो सडक निर्माणको जिम्मेवारी डाँफे समानान्तर जेभी, आशिस सिएम ड्रागन जेभी र लामा समानान्तर जेभीले संयुक्तरुपमा पाएका थिए । आयोजनाले झण्डै पाँच वर्ष अगाडिदेखि काठमाडौँ उपत्यकाका १० सडक र दुई सडक पुलको विस्तारको काम शुरु गरेको थियो । तीमध्ये अधिकांश स्थानमा तोकिएको अवधिमा निर्माण सम्पन्न हुन सकेको थिएन । बिस्तारका सडकमध्ये त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक मात्रै सम्पन्न भएर डिभिजन सडक कार्यालयमा हस्तान्तरण भएको छ । बिस्तार शुरु भएका बिजुलीबजार र तीनकुने पुलमध्ये बिजुलीबजार पुल सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने तीनकुनेस्थित पुलको ठेक्का सम्झौता रद्द भएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending