Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

शिखर पूजन जात्राको अवसरमा दुई स्थानीय तहले दिए सार्वजनिक बिदा

खबरडबली संवाददाता

दार्चुला । दुई स्थानीय तहले शिखर पूजन  जात्राका अवसरमा सार्वजनिक बिदा दिएका छन् । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन  जात्राका अवसरमा मालिकार्जुन र शैल्यशिखर नगरपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।

जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पूजन  जात्रा लाग्ने गर्दछ । हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ । शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी बताउँछन् ।

शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको यहाँका स्थानीयवासी बताउँछन् । मालिकार्जुन–३ मडस्थित भण्डारी घरदेखि आज शुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ । यस वर्षको शिखर धामको दर्शन गर्न श्रद्धालु मालिकार्जुन पुगेर शिखर लागेका छन् ।

शिखर धामको दर्शन गर्न बिहीबारदेखि नै अधिकांश जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु मालिकार्जुन गएका छन् । बर्सेनि हजारौँ श्रद्धालु भक्तजनले पूजन  जात्रामा शिखर धामको दर्शन गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् । यो जात्रा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा मनाइन्छ । मालिकार्जुनबाट शुरु हुने जात्रा बिहानै शिखर धुरा पुगेर पूजापाठ गर्ने चलन छ । पूजापाठपछि उनीहरु पुनः मालिकार्जुन मन्दिरमा पुगेर जात्रा विर्सजन गर्ने गर्छन् ।

यस्तै शिखर जात्राको अवसरमा लटिनाथ उमावि चौपाताले निःशुल्क गाडीको व्यवस्थापन गर्ने भएको छ । लटिनाथ मावि चौपाकाका प्राचार्य केशव विष्टले शैल्यशिखरको ग्वानीदेखि मालिकार्जुन क्षेत्रका विभिन्न ठाउँमा विद्यालयको स्कारपिओमार्फत भक्तजनलाई निःशुल्क गाडीको व्यवस्था गरिएको जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट पूर्ण खड्का सहभागी

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending