काठमाडौँ । शेयर कारोवार हुने साताको अन्तिम दिन आज कारोवार मापक नेप्से परिसूचक तीन हजार बिन्दुपार गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.७५ बिन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ बिन्दुले बढेर ५६२.२४ मा पुगेको छ । कूल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर रु ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ बराबरको कारोवार भएको छ । बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोवार भएका १३ उपसमूह मध्ये आठ उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३५.६४, जलविद्युत् २६.६, वित्त ३८.२५, निर्जीवन बीमा ३८.७ र सामूहिक लगानी कोष ०.९२ बिन्दुले बढेको छ । यस्तै, व्यापार ८२.४६, होटल तथा पर्यटन १५.२३, विकास बैंक १५.९३, उत्पादन २१.६५, अन्य ११.४१, लघुवित्त १२.७३, जीवन बीमा ३८.७९ र लगानी ०.३ बिन्दुले ओरालो लागेको छ ।
कारोवारका आधारमा आज कृषि विकाास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४६ करोड २७ लाख ६४ हजार ६४० बराबरको कारोवार भयो । यस्तै, नेपाल बैंक रु ३६ करोड पाँच लाख ८० हजार ७२८, एनआइसि एशिया बैंक रु ३६ करोड चार लाख ४८ हजार ४४६, ङादी ग्रुप अफ पावर रु ३४ करोड ३४ लाख ५१ हजार ७०० र सिद्धार्थ बैंक रु ३२ करोड आठ लाख ५२ हजार ७२८ बराबरको कारोवार भई शीर्ष स्थानमा छ ।
लक्ष्मी उन्नती कोष १०.०४, सिइडिबी आइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९.९५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाएका छन् ।
यस्तै, हिमालयन पावर पार्टनर ४.०७, बरुण हाइड्रोपावर ३.९३, विशाल बजार कम्पनी ३.१०, सारथी नेपाल लघुवित्त २.८४ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.८३ प्रतिशतले गुमाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: