झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रु १३ अर्ब तीन करोड राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ७ दशमलव ७७ प्रतिशत बढी हो ।
कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको बताउनुभयो । गत आर्थिक वर्षमा यो नाकाबाट सङ्कलन भएको राजश्वमा पेट्रोलियम पदार्थको हिस्सा ४८ प्रतिशत रहेको छ । कोभिड–१९ को जोखिममा समेत औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ, खाद्यान्न र तरकारीलगायत सामग्री आयात भइरहेका कारण राजश्व वृद्धि भएको कार्यालयले जनाएको छ ।
कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा लक्ष्यको ७३ प्रतिशत अर्थात् रु आठ अर्ब ३५ करोड राजश्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाट रु १३ अर्ब ६५ करोडको सामान निर्यात भएको छ । निर्यात हुने वस्तुमा सबैभन्दा बढी अलैंची रहेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा यो नाकाबाट रु छ अर्ब ९० लाख मूल्य बराबरको ८५ लाख ६६ केजी अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा रु चार अर्ब आठ लाख मूल्य बराबरको ५९ लाख ९० केजी अलैँची निर्यात भएको थियो ।
प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार अलैंचीपछि सबैभन्दा बढी चिया निर्यात भएको छ । गत आर्थिक वर्षमा रु तीन अर्ब ३१ लाख मूल्य बराबरको एक करोड १२ लाख ६७ हजार केजी चिया निर्यात भएको कार्यालयले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: