Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

खबरडबली संवाददाता
कैलाली । धनगढी उपमहानगरपालिका-३ मा जमेको पानी मोहना-अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् । 
 
केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्‍न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका टोललगायतका क्षेत्र डुबानमा परेका हुन् । मङ्गलबारदेखि वडा नं ३ को डुबान क्षेत्रको पानी वडा नं २ मा निकास गर्दा कतिपय वडावासीका घरभित्र पानी पसी खाद्यान्‍न, लत्ताकपडालगायतका सामग्री खराब भएको वडा नं २ का स्थानीयवासी राम भट्टले बताए । उनले भने, 'केही स्थानीयवासीले त घर तथा भान्सामा पानी पसी खानासमेत पकाउन पाएका छैनन् ।'
 
शिखर टोल र मालिका टोलका स्थानीयवासीका घरका भुइँतला पूरै डुबानमा परेका छन् । डुबान भएपछि आवतजावतमा समेत समस्या भएको स्थानीयवासी कमला मल्लले बताउनुभयो । गाई बस्तुभाउ समेतलाई कता लैजाने भन्‍ने समस्या भएको उहाँले बताउनुभयो । यता प्रत्येक वर्ष बर्सातमा डुबानमा पर्ने गरेको वडा नं ३ मा पानी निकासको समस्या हुने भएका कारण उक्त पानी मोहनापुल-अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट भई वडा नं २ बाट निकास दिनुपर्ने बाध्यता पनि छ ।
 
वडा नं ३ बाट वडा नं २ मा निकास गरिएको पानीलाई पनि निकासा दिनुपर्ने वडा नं २ वासीको भनाइ छ । दुवै वडामा डुबान नहुने गरी समस्या समाधान हुनुपर्ने माग गर्दै आएको वडा नं २ का स्थानीयवासीले बताएका छन् । लगातारको वर्षापछि वडा नं ३ का विभिन्‍न क्षेत्र जलमग्न भई नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र, हाटबजारलगायत क्षेत्र डुबानमा परी समस्या हुन थालेपछि प्रहरीले मङ्गलबार मोहनापुुल-अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोली निकास गर्न खोज्दा वडा नं २ का स्थानीयवासी र प्रहरीबीच झडपसमेत भएको थियो । 
 
झडप हुँदा सशस्त्र प्रहरीका छ र नेपाल प्रहरीका सात गरी १३ प्रहरी घाइते भएका थिए । त्यस्तै केही स्थानीयवासी पनि घाइते भएका थिए । लामो समय उक्त क्षेत्र तनावग्रस्त भई प्रहरी र स्थानीयवासीबीच मुठभेड हुन थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले ५७ राउण्ड अश्रुग्यास हवाई फायर गरेको थियो । रासस
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी ठेक्का प्रकरणमा अख्तियारको घेरा : नारायणकाजीसँग बयान, आरजुलाई पर्खाइ

काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...

तालीभन्दा चेतावनी धेरै : रास्वपा मञ्चबाट गगनले सुनाएको इतिहास, अहंकार र लोकतन्त्रको कथा

काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन उत्सवको माहोलमा चलिरहेको थियो। मञ्चमा नयाँ राजनीतिक शक्तिको आत्मविश्वास थियो। हलभरि निलो झण्डा फहराइरहेका थिए। का...

चितवनमा सुकीला–मुकीलाहरूको जमघट !

चितवन । नेपाली राजनीतिक कार्यक्रमहरूमा सामान्यतया देखिने दृश्य फरक हुन्छ—खादा, दौरा–सुरुवाल, पुराना अनुहार र औपचारिक भाषण। तर चितवनमा जारी राष्ट्रिय स...

रास्वपाको महाधिवेशनमा दुई अनुहार : परिवर्तनको आवेग र परिपक्वताको सन्देश

काठमाडौँ । चितवनको गेष्टहाउस चौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन भइरहँदा मञ्चमा केवल एउटा राजनीतिक कार्यक्...

आगामी चुनावमा नेकपा पुनः शक्तिशाली बन्छ : वर्षमान पुन

काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...

जापानको उत्कृष्ट प्रदर्शन, दुई गोलको अग्रता कायम

काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...

बाजुरामा एकाबिहानै बस दुर्घटना, २४ जना घाइते

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...

जलवायु संकटको अग्रपंक्तिमा नेपाल, हिमनदी पग्लिँदा बढ्दै बाढी–खडेरीको जोखिम

काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...

प्रधानमन्त्री बालेन चितवन जाँदै, पार्टी महाधिवशेनमा सम्बोधन गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...

रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending