Life insurence
Khabar Dabali १४ श्रावण २०७८ बिहीबार | 29th July, 2021 Thu
Himalayan Golden detail page

ओली प्रधानमन्त्री हुँदा नै देशभरका तुइन विस्थापन गर्ने निर्णय भयपनि अझै तुइनकै भर

खबरडबली संवाददाता
दार्चुला । दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ । 
 
वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो । 
 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए । घोषणाअनुसार २०७४ असोजभित्रै तुइन विस्थापन हुनुपर्नेमा दार्चुलाको महाकाली नदीमाथि लगाइएका आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन् । बर्खाको उर्लंदो महाकालीमा स्थानीयवासीले ज्यानकै बाजी थापेर आवतजावत गर्नुपरेको छ ।
 
यहाँका बासिन्दालाई किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्रीवितरण मात्रै होइन, औषधि उपचारका लागि अस्पताल जानसमेत तुइनको मात्रै भर छ । पुल नबन्दा सबैभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ । बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनैपर्ने बाध्यता छ । “तुइनको डोरीलाई तान्ने बल सबैलाई नपुगेर र आत्तिँदा धेरै जना लड्ने गरेका छन्”, व्याँस गाउँपालिका–२ का मुकेश बुढाथोकीले भने, “तुइन बन्छ भनेर सुनेको वर्षौं भएको छ यहाँका नागरिकले । तर पुल बन्ने सपना जस्तै लाग्न थालेको छ, दार्चुलाका व्याँसवासीलाई । ” 
 
उनका अनुसार डोरी चँुडियो भने सामान डुब्यो मान्छेको ज्यान पनि गयो । कैयौँ महाकालीमा बेपत्ता पनि भएका छन् । फलामे तार खोलावारिपारि लगाइएको हुन्छ । फलामे तारमाथि रसी अर्थात् स्थानीय भाषामा ताङ्लोको प्रयोग गरिएको हुन्छ । कैयौँले यही तुइनमा अड्क्याएको ताङ्लो चुँडिएर ज्यान गुमाउँछन् । 
 
यस क्षेत्रमा हरेकको घरघरमा व्यक्तिगत रुपमा ताङ्लो बनाइएको हुन्छ । खलङ्गा आउँदा झोलामा लिएर आउनुपर्छ । आउँदा जाँदा नदीवारपार गर्ने साधन नै ताङ्लो हो । व्यासको दुम्लिङमा नेपाल भारत गर्न दुई वर्षअघिसम्म काठेपुल थियो । तर जब कोरोना कहर शुरु भयो, भारतले काठेपुल भत्काइदियो । त्यसयता यहाँका नागरिकले तुइनकै सहारामा वारपार गर्नुपरेको छ ।
 
“पटकपटक नेताका आश्वासन आए, पञ्चायती बहुदल हुँदै गणतन्त्रमा देश पुग्यो, नेताका भाषण परिवर्तन भएका छैनन्, पुल बनाउँछौँ भनेकै छन् तर पुल कहिले बन्ने हो थाहा छैन”, स्थानीयवासी कल्यानसिंह धामीले भने । उनले घरमा चाहिने नून, चामल, साबुन तेलदेखि घर निर्माणमा प्रयोग गरिने जस्तापाता सरिया सिमेन्ट यही तुइनको सहारामा ल्याउनुपरेको बताए  । “मैले यही तुइनमार्फत मान्छे र समान ओसारपसार गरेको पनि वर्षौं भइसक्यो”, उनले भने । 
 
उनले बर्खाको समयमा नदीवारपार गर्न निकै डर छ । ज्यानकै बाजी राखेर वारपार गर्नुपर्ने बाध्यता छ । तुइन नभए खानलाई अन्न हुँदैन । चामल त्यही भारत गएर ल्याउने हो भने । दुम्लिङका बुढाथोकीले भने, “नेपालतिरबाट खच्चड आउने बाटोसमेत भत्किसक्यो । व्यासको सुनसेराको तुसरपानीमा पहिराले बाटो अवरुद्ध भएको छ । गाउँमा चामल पाउँदैन । तुइन लगाएर पारिपट्टिबाट ल्याउन पनि निकै समस्या छ ।” उनका अनुसार भारतीय एसएसबीले देख्नेबित्तिकै समातिहाल्छन् । उनीहरुको आँखा छलेरै ओसारपसार गर्नुपर्ने बाध्यता छ । अहिले बर्खाको समयमा त निकै सास्ती खेप्नुपरेको छ । 
 
अहिले पनि व्याँस गाउँपालिका–२ को दुम्लिङ, रिठान मालघाट, बर्ती, डोकट लगायतका ठाउँमा तुइन सञ्चालनमा छ । यहाँका झोलुङ्गे पुल निर्माण हुन नसक्दा नागरिकले तुइनको सहारामा वारपार गर्नुपरेको हो । 
 
झोलुङ्गे पुल निर्माणमा ढिलाइ
 
महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्शन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुङ्गे पुल निर्माण गरिरहेको छ । मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तिघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको हो । 
 
चारवटै ठाउँमा तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ । ब्याँस गाउँपालिका–२ को माल र ३ र ४ को बर्तिघाटमा झोलुङ्गे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । गत वर्ष कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कार्य अहिले पनि अघि बढेको छैन । 
 
यी दुवै ठाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणका लागि कूल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो ।
 
ब्याँस गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको ढिलाइले स्थानीयवासीले हिउँद र बर्खायाम दुवै समय महाकाली नदीमाथि जोखिम मोलेर हिँड्नु परेको व्यास–२ का रवीन्द्रसिंह धामीले बताउनुभयो  । मुख्य नाकामा झोलुङ्गे पुलका लागि फाउन्डेशन खनियो तर त्योभन्दा अघि काम बढेको देखिएन । “नेपालकै बाटो भएर जान पनि गाउँसम्म सडक पुगेको छैन”, उनले भने, “निषेधाज्ञा होस् जे भए पनि त्यही भारतीय बाटो भएर हिँड्नुपर्छ । नेपालतिर हिँडेरै जान एक दिनमा मुस्किलले गाउँ पुगिन्छ ।” नदी तरेर जाने हो भने एक घण्टामै सदरमुकाम खलङ्गा पुगिने भएपछि सबैको सहारा त्यही तुइन बनेको उनको भनाइ छ । 
 
अहिले बाकू र बडुगाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सस्पेन्शन ब्रिज डिभिजनका इन्जिनीयर अजय यादवले भने, “निषेधाज्ञाका कारण निर्माणमा केही ढिलाइ भएको छ । समयमै समान पाउन नसक्दा निर्माण केही ढिला भएको हो ।” माल र बर्तिघाटमा भने पुल निर्माणमा ढिलाइ भएको छ । निर्माणमा चाहिने लट्ठा, ग्रिपलगायत सामग्री सस्पेन्शन ब्रिजले नै उपलब्ध गराउनुपर्ने हुन्छ । निर्माण व्यवसायी धनबहादुर कँुवरले ब्रिज डिभिजनले नै निर्माण सामग्री उपलब्ध गराउन नसक्दा निर्माण कार्य रोकिएको बताए । उनले भने, “हामीले ०७६ मङ्सिर ६ र पछिल्लो समय ०७८ वैशाख १५ गते समान उपलब्ध गराउन आयोजना प्रमुखलाई निवेदन दिएका छौँ । तर अहिलेसम्म सामान नै नदिँदा तीनचार महिनामा सकिने काम अघि बढेको छैन ।”
 
व्यवसायी कुँवरका अनुसार नेपाल भारत दुवैतर्फ पुल निर्माणका लागि चाहिने सामग्री जम्मा गरेको हराउन थालिसकेको छ । फाउन्डेशन पनि पुरिनथालेको छ । तर अझै समान नआउँदा काम गर्न समस्या भएको छ । बाकु र बडुगाउँमा भने असोजभित्रै निर्माण सक्ने गरी काम भइरहेको निर्माण व्यवसायी दीपक साउँदको भनाइ छ । कोरोनाका कारण समयमै सामान नआउँदा केही काम रोकिएको उनले बताए । “धेरैजसो काम सकिएर आवतजावत गर्न मिल्ने भएको छ”, उनले भने, “पूरै पुल हस्तान्तरण गर्ने गरी असोजभित्र सकिन्छ ।”
 
यसअघि दार्चुलाकै व्यास गाउँपालिकाको तिगरम, लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा झोलुङ्गे पुल निर्माण भइसकेको छ । रासस
Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसकाे क्रियाशील सदस्यताको विवाद मिलाउन एक दिनको समय थप

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको...

पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  मन्त्रालयले जनाएकाे छ । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै ने...

समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति भण्डारी

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्‍याउने बताएका छिन् ।   ...

विभिन्न बहानामा शुल्क असुल्दै सामुदायिक विद्यालय

सर्लाही । केही सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीसँग शुल्क असुल्ने गरेका पाइएको छ । नि:शुल्क पढाउनुपर्नेमा अधिकांशले  विभिन्न बहानामा शुल...

‘सङ्घीय निजामती सेवा विधेयक’ पारित गर्न माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदले ‘सङ्घीय निजामति सेवा विधेयक’ जतिसक्दो चाँडो संसद्बाट पारित गरी जनतालाई सुशासनको अनुभूति दिन माग गरेका छन् ।  राष्...

भारतमा थप ४३ हजार ६५४ जना कोरोना भाइरसबाट सङ्क्रमित

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यहाँ दैनिक कोरोना भ...

चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण ७३ जनाको मृत्यु

झेङझाओ । मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व...

बालुवाटारमा भएको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने गठबन्धनको सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकम...

महामारीमा भारात जानु रहर नभई बाध्यता, युवाहरु भन्छन्- 'रोगभन्दा भोकको चिन्ता भयो'

महेन्द्रनगर । शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय...

कछुवा बेच्न लागेको अवस्थामा ३ जना पक्राउ

काठमाडौँ । संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy