काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो ।
सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ती दुई जिल्लालाई आगामी असोज मसान्तसम्म विपद संकटग्रस्त जिल्ला घोषणा गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस्तै बैठकले कोरोना विरुद्धको खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका सबै मित्र राष्ट्रलाई धन्यवाद दिएको छ । कोरोना विरुद्धको लडाइँमा नेपाललाई विभिन्न मित्र राष्ट्रले स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएका छन् ।
त्यसैगरी, सरकारले खोप उत्पादक देशलाई अनुदान वा खरिदमार्फत कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेको सरकारका प्रवक्ता रहनुभएका मन्त्री कार्कीले जानकारी दिए । चीन सरकारले नेपालाई दुई चरणमा गरेर १८ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । यस्तै, थप परिमाण भने सरकारले खरिद गरेको छ । भारतबाट नेपाली सेनालाई गरी ११ लाख मात्रा खोप अनुदानमा प्राप्त भएको छ ।
अमेरिकाले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० मात्रा खोप उपलब्ध गराएको छ । ती देशबाट प्राप्त खोप निरन्तर लगाइ राखिएको छ ।
यस्तै,सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘बकर इद’ को अवसरमा यही साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीले आफूहरुको महत्वपूर्ण पर्वको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका थिए । सोही मागका आधारमा सरकारले बिदा दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।
सरकारले भारतमा साताको तीन उडान गर्ने निर्णय गरेको छ । कोरोनाका कारण नियमित उडान तालिका यसअघि तलमाथि भएको थियो । हाल भारतमा साताको दुई उडान भइरहेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि थप उडान हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - ०८:४०
काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...
माघ १६ गते, २०८२ - ०८:३१
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...
माघ १६ गते, २०८२ - ०८:२५
चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...
माघ १६ गते, २०८२ - ०७:५०
मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...
माघ १६ गते, २०८२ - ०७:४६
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...
माघ १६ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...
माघ १६ गते, २०८२ - ०७:२३
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...
माघ १६ गते, २०८२ - ०७:१८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...
माघ १६ गते, २०८२ - ०७:१४
कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...
माघ १६ गते, २०८२ - ०७:११
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...




प्रतिकृया लेख्नुहोस्: