Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने

खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन् ।

सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भने । 

उनले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उनले बताए । अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत  सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उनले उल्लेख गरे । सबै विषयमा मन्त्रालय गम्भीर छलफल गरी समाधानको उपाय खोजी गरिरहेकोसमेत उहाँले जानकारी गराए । 

अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै निर्णय गर्ने उनले बताए । उनले आफूले जिम्मेवारी पाइसकेपछि दैनिक गर्नुपर्ने काम मात्रै गरिरहेको र समग्र विषयमा महाशाखाका अधिकारीसँगको छलफललाई तीव्र पारिरहेको उनले बताए । 

मन्त्री शर्माले भने, “सबै क्षेत्रका आआफ्ना माग छन्, समावेश गर्नुपर्ने कुरा पनि आएका छन्, सबै कुरा छलफलकै क्रममा छ, त्यसैको आधारमा मुलुकको आर्थिक मानचित्र तयार पारिनेछ ।” उनले पुँजी बजारलगायतका समस्या रहेको जानकारी गराउँदै त्यसलाई सर्वसाधारण जनताको हितमा हुने गरी कसरी काम गर्न सकिन्छ भनेर योजना निर्माण गरिनसमेत आश्वासन दिए । उनका अनुसार पुँजीबजारले रु १४ अर्बको राजस्व योगदान गर्दै आएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शैक्षिक गुणस्तर सुधार्न पर्वतका स्थानीयतह सक्रिय

पर्वत । पर्वतका सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको छ । विद्यार्थी दिनप्रतिदिन सामुदायिक विद्यालय छाडेर निजी विद्यालयतर्फ आकर्षित भएका छन् । यस...

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने कांग्रेसकाे अडान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।प्रतिनिधिसभाको बैठक शुरु भएपछि सभामुखले आफ्नो धारणा राखेपछि कांग्रेसले सं...

कांग्रेसकाे अवराेधपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अबरोधका कारण १५ मिनेटका लागी बैठक स्थगित भएको हो । सहकारी ठगी प...

महान्यायाधिवक्ता कार्यालय गृहमन्त्रीसामु लम्पसार परेको गगन थापाको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महान्त्री गगन थापाले महान्यायाधिवक्ता कार्यालय गृहमन्त्री रविलाछिनेसामु लम्पसार परेको आरोप लगाएका छन् ।...

प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले अवरोध गरेको छ। संसदमा कोग्रेस महामन्त्री गगन थाले बोलेपछि  कांग्रेस सांसदहरूले...

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमान्‌सँग ...

प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरू (प्रत्यक्ष प्रसारण)

काठमाडौं । बजेट अधिवेशनको पहिलो बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरू भएको छ ।...

सिरहामा एकै समयमा दुईठाउँ हाजिरी गरी शिक्षकहरुले दोहोरो सेवा सुविधा लिने गरेको खुल्लासा

सिरहा । सिरहामा केही शिक्षकहरुले राजनितिक पहुचकको भरमा एकै समयमा दुइठाँउमा हाजिरी गरी राज्यको दोहोरो सेवा सुविधा वुझने गरेको पाइएको छ । समुदायीक विद्य...

भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन...

रौतहटमा लाखौं मूल्यका सुँगुर चोरी

रौतहट  । रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने  सुँगुर चोरी भएको छ । गएराती अज्ञात चोर समुहले स्थानिय बदरी धनखारको छोर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies