डोटी । सुदूरपश्चिम प्रदेशमा आज साउने सङ्क्रान्ति पर्व धुमधामका साथ मनाइँदै छ । यहाँका नौवटै जिल्ला बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा आज साउन महिनाको पहिलो दिन अर्थात साउन १ गते विभिन्न कार्यक्रम गरी यहाँका नागरिक साउने सङ्क्रान्ति पर्व मनाउँदै छन् ।
असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आजको दिन ठाउँअनुसार सबै एकै ठाउँमा जम्मा भई भोज खाएर सङ्क्रान्ति पर्व मनाउने परम्परा रहेको दिपायल सिलगढी नगरपालिका–५ का किरण भण्डारीले जानकारी दिए ।
उनका अनुसार विशेषगरी यहाँका पहाडी जिल्लामा आजको दिन रोगव्याधि नलागोस् भनेर लुतो फाल्ने चलन छ । आजकै दिन सुदूरपश्चिममा परम्परानुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन रहेको शिखर नगरपालिका–१ कपल्लेकीका पण्डित गुणकर जोशीले बताए । उनले भने, “आजको दिन लुतो सम्झेर बलेको अगुल्टो चारै दिशामा सबै रोगव्याधि लुतो लैजा भनी फयाँक्ने गरिन्छ ।” साउन महिनामा सूर्य कर्कट राशिमा रहने भएकाले गर्मी अत्यधिक हुनुका साथै निरन्तर झरी पर्ने भएकाले मान्छे आवतजावत गर्दा पानीमा रुझ्नसक्ने सम्भावना हुन्छ । त्यसमाथि कृषि अनि कृषि कार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्यझैँ हो ।
गर्मी र बर्खायामको असरले वर्षाको महिनामा छालासँग सम्बन्धित रोगजस्तै लुतो, दाद, घमौरा या खटिरा आउनसक्ने सम्भावना अत्यधिक हुने भएकाले साउने सङ्क्रान्तिलाई सुदूरपश्चिममा लुतो फाल्ने दिनका रूपमा पनि लिइने गरिएको अर्का स्थानीयवासी मानबहादुर धामीले बताए । उनका अनुसार लुतो फाल्ने आ–आफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ । आजको दिन यहाँका नदी किनारमा गई शरीरमा लेसिलो पहेँलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ । कसैले भान्टालाई दुलो पारेर चारबाटोमा फालेर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको जोरायल गाउँपालिका–५ का लीलाधर विष्टले बताए ।
सायल गाउँपालिकाका स्थानीयवासी तथा ज्योतिष चेतराज उपाध्यायका अनुसार उत्तरायणको बेला मृत्यु भएका मानिसले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायनको बेला मृत्यु भएका मानिसले पुन:जन्म लिनुपर्छ, यसैकारण पनि सूर्यका यी दुई स्थितिलाई मानिसको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको छ । दक्षिणायनको बेला रात लामो र दिन छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभकार्य गर्नु उचित मानिँदैन तर यो समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखोनितो गरेर लिइएको व्रत एवं गरेको पूजा आराधनाले रोग र शोक मेटिने विश्वास छ ।
साउन १ गतेबाट रङ्गीन अर्थात हरियाली महिनाको शुरुआत हुने भएकाले यसलाई कर्कट सङ्क्रान्ति भन्ने गरिएको प्रसिद्ध देवी शैलेश्वरीका पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिए । उनका अनुसार हरियो रङमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्षा र यसका साथै परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि महिलाले यो महिनामा रङ्गीन हरिया चुरा लाउने चलन रहेको उनको भनाइ छ । साउन महिनामा बारीका मकै पनि ठूलै घोगा भइसकेका हुन्छन्, साउने झरीमा पोलेको या उसिनेको मकैको खाजा खानु स्वास्थ्यका लागि निकै उपयोगी हुने शैलेश्वरी अस्पतालका डा ललित लिम्बूले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: