Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

बाख्रापालक किसानलाई उन्नत जातको बोयर बोका उपहार

रासस

महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिकाका बाख्रापालक किसानले उन्नत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका पाएका छन् । 


नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशवृद्धि गर्न बर्दिबास नगरपालिकाले वडैपिच्छे बीउका लागि एक/एक वटा बोयर जातको बोका दिएको हो । 


सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी आइतबार जिम्मा लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिए ।


वरपर बाक्लै वनक्षेत्र रहेको बर्दिबास नगरक्षेत्रमा बाख्रापालन गर्ने किसानको सङ्ख्या उल्लेख्य छ । किसानलाई व्यावसायिकरुपमै बाख्रापालनतर्फ आकर्षित गराउन बीउको बोयर बोका वडैपिच्छे एक/एकवटा दिइएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । 

बोका पाल्ने किसानले पालेको व्यवस्थापकीय खर्च जुटाउन प्रतिबाख्रा प्रजननबापत बढीमा रु २५० लिन पाउने गरी नियम बाँधिएको जनाइएको छ । वडैपिच्छे एक/एकवटा  बीउ बोका पुर्‍याउन खरिददेखि ढुवानीसमेत १४ वटा बोकामा रु १४ लाख १० हजार खर्च भएको पराजुलीले जानकारी दिए ।

अब चार महिनापछि प्रजनन क्षमताका हुने बोयर बोकाले नगर क्षेत्रमा उन्नत जातका बाख्राको वंश वृद्धि हुने नगर कार्यपालिकाको कार्यालयको अपेक्षा छ । खँदिलो जिउडालको हुने बाख्रामा बोयर जात उन्नत र चाँडै मासु बढ्ने मानिएको छ । वडैपिच्छे वितरण गरिएका बोयर बोकाबाट एक वर्षभित्र बस्ती बस्तीमा उन्नत जातका पाठापाठी ह्वात्तै वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताए । बीउका लागि उन्नत जातको बोयर बोका आफ्नै बस्तीमा पाएपछि बाख्रापालक किसान उत्साहित भएका छन् ।
    
नगर कार्यपालिकाको कार्यालयले एक साता पहिलेमात्र नगरक्षेत्रका विभिन्न कृषक समूहमा आबद्ध किसानलाई सम्बन्धित वडा समितिको सिफारिसमा मासुजन्य पशु प्रवद्र्धन कार्यक्रमअन्तर्गत २५० राँगा र २५० वटा बाख्रा वितरण गरेको थियो । सो कार्यक्रम सङ्घीय सरकारको साझेदारीमा गरिएको पराजुलीले जानकारी िदए । यो कार्यक्रमबाट कृषक समूहमा आबद्ध १०० परिवार किसान लाभान्वित भएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE