म्याग्दी । आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल भएका छन् । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।
उनले करिब ६ वर्ष खाडी मुलुकमा विताएर तीन वर्ष अघि स्वदेश फर्किए । शुरुमा अष्ट्रेलिया जाने सोचेपनि त्यसलाई त्यागेर यही बाख्रापालन थाले । बुबाले रहरले पालेका स्थानीय जातका बाख्रामा मल्लको ध्यान गयो ।
अहिले भने बोयर जातका बाख्रापालन गरेका छन् । ‘‘विदेश जाने सोच त्यागेर बाख्रापालन गरेको छु, जेठसम्म रु १२ लाखका बोका बिक्री गरेर त्यसलाई बाख्रापालनमा नै थपेको छु’’, मल्लले भने ।
करिब रु ११ लाखबाट शुरु भएको व्यवसायमा लगानी ३० लाख पुगेको छ । खोरमा अहिले २८ वटा बोएर छन् । ठूलो क्षेत्रफलमा उन्नतजातको घाँस समेत लगाइएको छ । बाख्रा र बोका बिक्रीबाट वार्षिक रु २० लाखसम्म कमाइ गर्ने लक्ष्य छ । उनको फार्ममा तीन लाखसम्म पर्ने बोयर बोका छन् ।‘‘यहाँको कमाईले म पूर्णरुपमा सन्तुष्ट छु,आम्दानीलाई दोब्बर बनाउने गरी थप खोर विस्तार गदैंछु’’,नेपाल व्यावसायिक बाख्रापालन महासंघ म्याग्दीका अध्यक्ष समेत रहनुभएका मल्लले भने ।
अष्ट्रेलियाबाट आयात गरिएको बोयर जातको बोका र एक माउबाट शुरु भएको बाख्रापालन यसै वर्ष ५० पु७थभलसयाउँने लक्ष्य छ । थप बोयर मगाइएको छ । खोरमा एक वर्षमा दोब्बर हुने गरी माउ राखिएको छ ।
मल्लले यूवापुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए । कृष्ण बहुउद्देश्य कृषि तथा पशुपालन फार्म दर्ता गरेर मासुको प्रयोजनका लागि नभइ शुद्व बोयर एवम् स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नतजातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना मल्लको रहेको छ ।
छिमेकीको बाँझो जमिन भाँडामा लिएर घाँस खेतीसमेत विस्तार गरिएको छ । उता बेनपा ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले वडालाई कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा विकास गर्ने ध्येयले पशुपालक कृषकलाई आवश्यक सहयोग गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...
श्रावण २८ गते, २०८३ - १६:५६
दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...
श्रावण २८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...
श्रावण २८ गते, २०८३ - १५:५३
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...
श्रावण २८ गते, २०८३ - १५:४९
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...
श्रावण २८ गते, २०८३ - १५:४३
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...



प्रतिकृया लेख्नुहोस्: