काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षमा प्रा श्रीकृष्ण अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिस्तरको यही असार २२ गतेको निर्णयानुसार नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिष विषयमा लामो समय प्राध्यापन गर्नुभएका अधिकारीलाई समितिको गठन आदेश २०७७ को दफा ३ अनुसार नियुक्त गरिएको हो । यसैगरी मन्त्रालयको संस्कृति शाखा प्रमुख समितिको पदेन सदस्य रहने व्यवस्था गठन आदेशमा गरिएको छ ।
समितिका सदस्यमा संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई, डा वासुदेव कोइराला, तनुजा दाहाल, ज्योतिष पण्डित पद्मनाभ त्रिपाठी र सदस्य सचिवमा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेल रहनुभएको मन्त्रालयका संस्कृति महाशाखा प्रमुख लक्ष्मीकुमारी बस्नेतले जानकारी दिए । सदस्य सचिव ढुङ्गेललाई समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।
गत वर्ष पुस २० गते मन्त्रिपरिषद्ले पारित गरेको गठन आदेशका आधारमा यो पहिलो समिति गठन गरिएको हो । यसअघि समितिका अध्यक्षका रुपमा मङ्गलराज जोशी, प्रा डा माधव भट्टराई र प्रा डा रामचन्द्र गौतमले काम गरिसकेका छन् । तीनै अध्यक्ष नेतृत्वको समितिले मन्त्रालयले दिएको पत्रका आधारमा काम गरेका थिए । समितिका सम्बन्धमा गठन आदेश पारित भएर गठन भएको यो पहिलो समूह हो ।
समितिलाई पञ्चाङ्गको स्वीकृति दिने, चाडपर्वसम्बन्धी निर्णय गर्ने, ज्योतिष, कर्मकाण्ड क्षेत्रलाई व्यवस्थित गर्दै तालीम, प्रशिक्षण सञ्चालन गर्ने गरी गठन आदेशमा व्यवस्था गरिएको सदस्य सचिव ढुङ्गेलले जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: