Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

संविधानको काम छाडेर गगन थापा जर्मनीमा मस्ती गर्दै

[caption id=\"attachment_31277\" align=\"alignnone\" width=\"750\"]\"gagan राताे घेराभित्र गगन थापा[/caption] १३ साउन, काठमाडौं ।  नेपालीमा एउटा चर्चित उखान छ ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ । ठिक त्यही उखान कांग्रेस नेता गगन थापाको हकमा चरितार्थ हुन्छ । देश यतिबेला संविधान निर्माणको निर्णायक छलफलमा छ । तर थापा भने जर्मनीको बर्लिनतिर मस्ती गर्दैछन् । उनै थापा हुन् जसले कांग्रेसबाट  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा वकालत गर्दै आएका थिए । तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको निर्णायक छलफल गर्ने बेला थापा, तीन दिन अघि नै जर्मनी उडे । \"germany-750\"कांग्रेस निकट जनसम्पर्क समिति जर्मनीको अधिवेशन उद्घाटनको लागि गएका उनी जर्मनीको बर्लीनमा छन् ।  संविधानको सुझाव संकलनका बेला उनले राजधानीमै बसेर सुझाव संकलन गरे । सुझाव संकलनको क्रममा अधिकांशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा सुझाव दिए । जनताको तिनै सुझावलाई  संविधानमा लिपिवद्ध गर्नुपर्ने बेला उनी जर्मनी लागेका हुन् । \"gaganप्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेका कांग्रेस कार्यकर्ता थापाको भ्रमणप्रति असन्तुष्ट छन् । ‘यतिबेला जनमतको कदर गर्नुपर्नेे बेला हो । प्रत्यक्ष निर्वाचित  कार्यकारी प्रणालीको पक्षमा गगन दाइले व्यक्त गर्नुभएको धारणा ठिक थियो ।’ विद्यार्थी फाँटका ती नेताले भने ‘तर हाम्रा नेताहरु कुरा ठूला गर्छन्, काम गर्ने बेला आएपछि लाखापाखा लाग्छन् ।’ \"gaganती नेताका अनुसार कांग्रेसमा ठूलो जमात प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ । गगनले त्यस्तो जमातको नेतृत्व गर्दै आएका थिए । नेपालको राजनीतिक छलफलमा उठाउनुपर्ने एजेण्डा थापाले बुधबार बर्लिनको बुद्ध गेष्ट हाउस रेस्टुरेन्टमा उठाए । ‘मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता छ ।’ जनसम्पर्क समितिको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘ पार्टीको लाईन मान्छु तर मेरो व्यक्तिगत धारणामा नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय प्रणालीमा जानुपर्छ भन्ने मेरो मत छ ।’ थापाको यस्तो भनाईलाई कांग्रेस कार्यकर्ताले नै गफको संज्ञा दिन्छन् । ‘गगनजीले जुन कुरा जर्मनीमा भन्नुभयो, त्यहि कुरा यतिबेला नेपालको राजनीतिक दलबीचको छलफलमा भन्नुपर्ने थियो ।’ कांग्रेसका एक विद्यार्थी नेता भन्छन्, ‘जर्मनमा गएर हल्ला गरेर के हुन्छ र ?’ \"gagan
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending