Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

राजधानीकै अस्पतालअघिको सडक एक दशकदेखि जीर्ण, ठेक्काको छ वर्षमा पनि भएन काम

खबरडबली संवाददाता

काठमाडौं । कोरोना महामारीले एम्बुलेन्समा बिरामी ओसार्नुपर्ने अवस्थामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नेपाल मेडिकल कलेजअघिको मूल सडक जीर्ण हुँदा बिरामी प्रभावित हुने गरेका छन् । जोरपाटी–सुन्दरीजल सडकखण्डको यो भाग एक दशकदेखि जीर्ण छ । छ वर्षअघि ठेक्का लागेको जोरपाटी–सुन्दरीजल सडकको काम अहिले पनि सुस्त छ । अन्यत्र सडक बन्ने क्रम शुरु भएर केही भागमा कालोपत्र हुँदासमेत यस क्षेत्रका मात्र नभई छिमेकी नुवाकोट र सिन्धुपाल्चोकका मानिससमेत उपचार गर्न आउने मेडिकल कलेजअघिको सडक भने निर्माण हुन नसक्दा गम्भीर बिरामी बोकेका एम्बुलेन्स खाडलमा जाकिने गरेका छन् ।

सडक जीर्ण भएकै कारण उपचारका लागि आउँदा दु:ख भोग्नुपरेको नुवाकोट शिवपुरी गाउँपालिकाका स्थानीयवासी सोमबहादुर तामाङले गुनासो गरे । अस्पतालअघिको भागमा ठूलाठूला खाडल छन् । वर्षा भएका बेला खाल्डामा पानी जमेर पोखरी बन्छ । हप्तौँ सडकमा गुड्ने सवारीले पोखरीको पानी छचल्कँदा पैदलयात्री र सडक किनारका सटर भाडामा लिई व्यवसाय गर्ने मानिस प्रभावित हुने गरेका छन् । साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुले दिनमै चारपटक कपडा फेर्नुपरेको दुखेसो पोखेका छन् ।

सडक किनारको सटर भाडामा लिई एक दशक अघिदेखि मासु पसल चलाउँदै आउनुभएका कृष्ण खड्गी विवाद भएर अस्पतालअघिको सडकको काम हुन नसकेको सुनाउछन् । विवाद समाधानका लागि नगरपालिकालगायतका सरोकार भएका निकायले पहल नगर्दा सडकको काम अस्पतालअघि नै अलपत्र भएको स्थानीय व्यवसायीको बुझाइ छ । त्यसअघि भगवतीस्थानअघिको सडक कालोपत्र भइसक्दा पनि अस्पतालअघिको सडक भने दिनानुदिन जीर्ण बन्दै गएको छ । 
 
जीर्ण सडकमा बर्सातमा बढ्दै गएको खाडलमा पानी जम्दा सवारी हिँड्दा पसलभित्र पानी छिरेर व्यापारमा प्रभाव परेको किनारको सटर भाडामा लिएर किराना पसल चलाउँदै आउनुभएकी दीपा श्रेष्ठको गुनासो छ । ठेक्काको छ वर्ष बितिसक्दा पनि जोरपाटी–सुन्दरीजल सडकको सात किमीको काम सकिएको छैन ।
 
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना निर्माण व्यवसायीले काम नगर्दा अस्पतालअघिको सडक अलपत्र बनेको बताउछन् । सङ्घीय सरकारले लगाएको ठेक्का स्थानीय सरकारले के गर्न सक्छ र भनी निर्माण व्यवसायीले धेरै काममा समन्वय गर्दासमेत हेपेकाले बिरामी तथा स्थानीयवासीले सास्ती बेहोर्नुपरेको उनको भनाइ छ । 

अन्य स्थानमा ग्राभेल हालेर सडक सम्याइए पनि अस्पतालअघिकै भागमा भने काम अलपत्र छोडिएको छ । कामका विषयमा स्थानीय सरकारले सम्पर्क गर्दा निर्माण व्यवसायीले फोनसमेत नउठाउने गरेको प्रवक्ता ढुङ्गानाको गुनासो छ । निर्माण व्यवसायी नगरवासी नै भए पनि काम किन नभएको भनी सोध्न फोन गर्दा नउठाउने गरेको अत्तरखेलका स्थानीयवासीको गुनासो छ । यस सम्बन्धमा प्रतिक्रिया लिन सम्पर्क गर्दा पनि निर्माण व्यवसायी सन्तवीर श्रेष्ठले फोन उठाएनन् । 

करोडौँ योजनाको यो सडकमा कतै पनि सूचना पाटीसमेत राखिएको छैन । सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको व्यवस्थासमेत उल्लङ्घन हुँदासमेत काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले निर्माण व्यवसायीलाई केही नभन्ने गरेको स्थानीवासी रमा श्रेष्ठ बताउछिन् । आयोजनाका अधिकारीसमेत स्थानीय सरकार र पीडित जनाताका फोन उठाउँदैनन् । कार्यालयले नै सुविधामा दिएको फोन बोेकेर हिँड्ने गरेका अधिकारीहरु त्यही नम्बर स्वीच अफ गरेर बस्ने गरेका छन् ।

निर्माण व्यवसायी स्थानीयवासी भएकाले आफ्नो टोलअघिको सडक क्षेत्रमा केन्द्रित भई पहिले जोरपाटी–सुन्दरीजल सडकको भैरवचौर–भूमिस्थली क्षेत्रमा मात्र कालोपत्र गरेर अन्यत्रको काममा ढिलाइ गरेको नगरवासी गुनासो गर्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र मृतक रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महा...

नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टिकरण: समन्वयमै करिडोर विस्तारको काम भएको हो

काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हट...

ओली निवासमा गला अवरुद्ध भएका जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन्। थपलियाका छोरा सुरज थप...

मेहताको शव बुझ्न अस्वीकार गरेपछि गृहमन्त्री त्रिवि शिक्षण अस्पताल जाने

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेक...

बैंकिङ क्षेत्रसँग सहकार्य बढाएर अर्थतन्त्र चलायमान बनाइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीको वातावरण सुधार गर्न सरकारले बैंकिङ...

ग्यासको कालोबजारी रोक्न 'ट्र्याकिङ' प्रणाली लागू गर्न सांसद अन्सारीको माग

काठमाडौँ। एलपी ग्यासको कालोबजारी रोक्न र आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सांसद रहबर अन्सारीले माग गरेक...

सुकुमवासी समस्या समाधानमा सरकारलाई सहयोग गर्न एमाले तयार : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। मंगलबार प...

‘म्याच फिक्सिङ’ आरोपमा अमेरिकी क्रिकेटर रेड्डीमाथि आठ वर्ष प्रतिबन्ध

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आ...

आर्थिक समृद्धिका लागि सहायता र व्यापार विस्तारमा जोड दिनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending